Friday, September 25News That Matters

Banner News 3

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष श्रेष्ठको निधन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १३ । खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ६४ बर्षको उमेरमा राती १२ बजे घरमै निधन भएको कार्यबाहक वडाध्यक्ष धन बहादुर राईले जानकारी दिनुभयो । मुटु रोगबाट पीडित श्रेष्ठको अघिलो बर्ष मुटुको भल्भ फेरिएको र अहिले औषधी सेवन गर्दै आउनु भएको पारिवारीक श्रेतले जनाएको छ । २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा उहाँ साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो । २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति , २०६२ मा जिल्ला सदस्य तथा २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको थियो । यस्तै श्रेष्ठ २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट चिसापानीको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । श्रेष्ठको निधनबाट सिंगो नेपाली कांग्रेस पार्टी शोकमग्न बन्न पुगेको जिल्ला सभापति बिष्णु क...
यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

यस्ता छन् एमाले खोटाङको १३औँ पूर्ण बैठकका निर्णय

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ११ । नेकपा एमाले खोटाङको १३ औँ पूर्ण बैठकका निर्णय सार्वजनिक भएको छ । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा शनिबार बसेको बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । बैठकले पार्टीको यही पुस २३ गते हुने जिल्ला अधिवेशन लक्षित विभिन्न निर्णयहरू गरेको छ । बैठकले २३ औँ जिल्ला अधिवेशनको नारा ‘सत्तालिप्साले जन्माएको गठबन्धन विरुद्ध एक होऔँ : विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले बनौँ’ भन्ने तय गरेको छ । जिल्ला अधिवेशन स्थल जिल्ला खेलकुद विकास समितको कभर्ड हल, माटिकोरे तोकेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमिति पनि गठन गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएको छ भने मूल व्यवस्थापन समिति संयोजकको जिम्मा देवविक्रम राईलाई दिइएको छ । यस्तै सांगठानिक प्रतिवेदन लेखन उपसमितिको...
रावाबेसीका कृषकलाई आधुनिक कृषि औजार प्रयोग सम्बन्धि तालिम

रावाबेसीका कृषकलाई आधुनिक कृषि औजार प्रयोग सम्बन्धि तालिम

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ९ । जिल्लाको रावाबेसी गाउँपालिकाले कृषकलाई आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धि दुई दिने आधारभूत तालिम प्रदान गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा हिजो र आज कृषि औजार उपकरण वितरण गरिएका २२ कृषक समुहका ३५ जना कृषक सहभागी गराई तालिम प्रदान गरिएको हो । तालिमको हिजो रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गर्नुभएको थियो । कृषिमा व्यावसायीकरणका लागि आधुनिक कृषि औजार उपकरणको उपयोग अपरिहार्य भएकाले तालिम आयोजना गरिएको गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख मुगाधन राईले जानकारी दिनुभयो । तालिममा खोटाङ एग्रोट्रेड एण्ड सप्लायर्सका प्रबन्धक धर्मराज राई, कृषि औजार प्राविधिकहरू दीपक राई र नेत्र राइले सहजीकरण गर्नुभएको थियो । आधुनिक कृषि औजार उपकरण सञ्चालन तथा व्यवस्थापनबारे जानकारी गराई कृषि उपकरणको प्रभावकारी प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले...
“मुक्तक लहर” का उत्कृष्ट १५ मुक्तक

“मुक्तक लहर” का उत्कृष्ट १५ मुक्तक

Banner News 3, कला, साहित्य, ताजा अपडेट
पुस ८ । कार्यक्रम “मुक्तक लहर” तीन वटा रेडियोबाट एकैसाथ प्रसारण हुँदै आएको छ । खोटाङ जिल्लाबाट सञ्चालित रेडियो खोटाङ १०३.३ मेगाहर्ज, सामुदायिक रेडियो हलेसी एफ.एम १०२.४ मेगाहर्ज र सोलुखुम्बु जिल्लाबाट सञ्चालित पुर्वि क्षेत्रको पहिलो सामुदायिक रेडियो सोलु एफ.एम १०१.२ मेगाहर्जबाट हरेक मंगलबार राती ९ः१५ देखि १० बजे सम्म कार्यक्रम “मुक्तक लहर” सुन्न सकिनेछ । साहित्यको मुक्तक विद्याको रेडियो कार्यक्रम “मुक्तक लहर”मा मुक्तक लहरको फेसबुक पेजबाट सहभागिता जनाउन सकिनेछ । पुस ६ गतेको अंकमा प्रसारण भएका उत्कृष्ट १५ मुक्तकहरु १, तिम्ले नफकाए अर्कोले फकाउछ भन्दै हिड्ने र खुट्टाले जुत्ता छानीछानी पाउछ भन्दै हिड्ने अक्सर प्रेमको परिभाषा नबुझ्ने हरुले नै हुन् कालो गए गोरो फर्किएर आउँछ भन्दै हिड्ने मिलन क्षेत्री बादल डोटि हाल साउदी अरेबिया २, साततले महल राजधानीमा घर कसरी हुन्छ जताततै हेलिकप्टर...
दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारमा आर्थिक अभाव, परिवारद्वारा सहयोगको अपिल

दुवै मिर्गौला फेल भएकी बालिकाको उपचारमा आर्थिक अभाव, परिवारद्वारा सहयोगको अपिल

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ७ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियाले, नौलाकी दुवै मिर्गौला फेल भएकी १४ वर्षीया बालिका कविता विश्वकर्माको उपचारका लागि परिवारले सहयोगको याचाना गरेका छन् । दुवै मिर्गौला फेल भएर गत मंसिर ९ गतेदेखि शिक्षण अस्पताल महारागञ्ज, काठमाडौँमा भर्ना गरिएकी कविताको अहिले पेडियाट्रिक विभागका डा. सीताराम न्यौपाने नेतृत्वको चिकित्सकको टोलीले मिर्गौलाको डायलासिस गरिरहेको छ । उपचारका क्रममा डाक्टरबाट होमोडायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुुझाव आएकाले थप आर्थिक समस्या भएको कविताको उपचारका लागि अस्पतालमा सँगै रहनुभएका उहाँका काका चन्द्रबहादुर विश्वकर्माले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परिवारले इच्छुकलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन् । सहयोग गर्न चाहने व्यक्तिले बिरामी बालिका कविताका बुुबा श्यामकुमार विश्वकर्मालाई ९८६०५५४४२४ मा सम्पर्क गर्न वा ...
आमाको मृत्यु भयो, वुबाले वास्ता गरेनन्, सुसन ९ बर्ष सम्म जन्मदर्ता विहिन बने

आमाको मृत्यु भयो, वुबाले वास्ता गरेनन्, सुसन ९ बर्ष सम्म जन्मदर्ता विहिन बने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, पुस ६ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाका सुसन श्रेष्ठले ९ बर्षको उमेरमा जन्मदर्ता प्रमाणपत्र पाएका छन । सुसन आमाको मृत्यु पश्चात हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा मामाघरमा बस्दै आएका छन । ९ बर्ष पुग्दा समेत जन्मदर्ता नभएपछि विद्यालयमा अध्यान गर्न समेत उनलाई समस्या भएको थियो । नाताले सुसनको क्षमा (सानीआमा) पर्ने नम्रता राईले चन्द्र सुर्य साझा बाल मञ्चलाई आग्रह गरेपछि बालमञ्चको पहलमा सुसनले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेका छन । सुसनकी आमा र सुसनको बुवाले भागेर अन्तरजातिय बिहे गरेका थिए । आमाको मृत्यु पश्चात वुबाले वास्ता नगरेपछि सुसन मामाघरमा बस्दै आएका छन । जन्मदर्ताको लागि पटक पटक सुसनको वुबा गोबिन्द श्रेष्ठलाई आग्रह गरिएपनि व्यवास्ता गरेपछि सुसनकि कोकु (हजुरआमा) कृष्ण कुमारी श्रेष्ठको सहयोगमा वडाकार्यलयले सुसनलाई जन्मदर्ताको प्रमाणपत्र प्रदान गरेको बाल मञ्...
हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

हरमटारमा पहिलो पटक बैंक पुग्यो, स्थानीय भन्छन आनन्दको सास फेरियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई(सरगम) खोटाङ, पुस ६ गते । खोटाङको रावाबेसी गाउँपालिकामा पहिलो पटक बैंक पुगेको छ । गाउँपालिकाको केन्द्र कुभिण्डे, हरम्टारमा राष्ट्रिय वाणिज्य बैंकको पाँचौ शाखा विस्तार भएको हो । शाखाको आज (मंगलवार) एक कार्यक्रमका बिच लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको हाम्रा पालिका सहकर्मी युवराज भट्टराईले जानकारी दिनुभयो । जिल्लाका अन्य सबै पालिकामा विभिन्न बैंकका शाखा विस्तार भइसक्दा पनि रावाबेसीमा भने यस अघिसम्म कुनै पनि बैंकको शाखा पुगेको थिएन । लामो समयको पहलपछि गाउँपालिका केन्द्र हरम्टार कुभिण्डेमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनु भयो । बैंकको लागि भवन निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउन रा.वा.बैंक १ नं. प्रदेश कार्यालय विराटनगर, रा.वा. बैंक शाखा कार्यालय दिक्तेल र गाउँपालिकाबीच गत मंसिर ९ गत...
खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका  लागि ट्राफिक सप्ताह सुरु

खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस ४ । खोटाङमा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह सुरु भएको छ । खोटाङसहित प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह विभिन्न कार्यक्रम गरी सुरु भएको हो । खोटाङमा सुरु सप्ताहको आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले रिबन काटेपछि एक बालिकालाई हेल्मेट लगाइदिएर उद्घाटन गर्नुभएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ र १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्य र समन्वयमा आयोजित ट्राफिक सप्ताह एक हप्तासम्म विभिन्न ट्राफिक सचेतनामूलक कार्यक्रम गरी मनाइने जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिलबहादुर खत्रीले बताउनुभयो । सप्ताहको पहिलो दिन आज जिल्ला सदमुकाम दिक्तेलस्थित रत्नपार्कबाट हाटडाँडासम्म प्रभातफेरी निकालिएको थियो...
नेकपा एमालेको खोटाङ इञ्चार्जमा पुनः बिशाल भट्टराई, सह–इञ्चार्जमा उषाकला राई

नेकपा एमालेको खोटाङ इञ्चार्जमा पुनः बिशाल भट्टराई, सह–इञ्चार्जमा उषाकला राई

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, पुष २ । नेकपा एमालेको खोटाङ जिल्ला इञ्चार्जको जिम्मेवारी पुनः बिशाल भट्टराईले पाउनु भएको छ । खोटाङको संघिय सांसद, एमालेको संसदियदलको प्रमुख सचेतक र पोलिटब्युरो सदस्य समेत रहनु भएका भट्टराईलाई पार्टीले जिल्ला इञ्चार्ज र संसदिय बिभागको उपप्रमुखको जिम्मेवारी तोकेको छ । यस्तै जिल्ला सह–इञ्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य एवं पुर्व मन्त्री उषाकला राईले पाउनु भएको छ । रमेश पौडेललाई नेपाल खेलकुद महासंघ सह–इञ्चार्ज तोकिएको छ । यस्तै जिल्लाका अर्का नेता एमालेका केन्द्रिय सदस्य खगेन्द्र राईलाई पार्टीले राष्ट्रिय जनसाँस्कृतिक महासंघ तथा सम्बद्ध संघठनहरुको इञ्चार्जको जिम्मेवारी दिएको छ । एमालेको बैठकको निर्णय अनुसार ३०१ जना पदाधिकारी सहितको केन्द्रिय सदस्यहरुको कार्य बिभाजन अन्तरगत खोटाङबाट ४ नेताहरुले उक्त जिम्मेवारी पाउनु भएको हो ।...
किसानलाई बीमामा आकर्षित गर्न खोटाङमा तालिम सञ्चालन

किसानलाई बीमामा आकर्षित गर्न खोटाङमा तालिम सञ्चालन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पौष ०१, खोटाङ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले खोटाङमा दुई दिने बिमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ता सम्बन्धी तालिम सञ्चालन गरेको छ । किसानलाई बाली तथा पशु बीमामा आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङका बाबुराम आचार्यले जानकारी दिनुभयो । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा हिजो र आज सञ्चालन भएको तालिममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौँको सहायक महाप्रबन्धक नवराज तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालकाको प्रमुख आतिथ्यता रहेको तालिममा पहिलो दिन हिजो ४० र दोस्रो दिन आज ३८ जना सहभागी भएका थिए । तालिमको अन्तिम दिन आज सहभागी विभिन्न पालिकाका पशुु तथा कृषि शाखामा कार्यरत कर्मचारी र स्थानीय कृषि पेशामा आबद्ध किसानमध्येक...