दिक्तेलमा भोलीबाट भेट्रान फुटबल प्रतियोगिता
खोटाङ, असोज ६ । जिल्ला सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सोबारबाट भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै छ । तेस्रो केएफए अन्तर संस्थागत तथा भेट्रान फुटबल प्रतियोगिता सोमबार बिहान १०ः३० बजे उद्घाटन हुनेछ ।
खोटाङ फुटबल एकेडेमी मुख्य आयोजक एवं मनोज स्मृति प्रतिष्ठान सह–आयोजक रहेको यस प्रतियोगिताको तेस्रो संस्करणमा १० टिमले सहभागि जनाएका छन् । सोमबार भोली हुने उद्घाटन खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान ११ बजे सुरु हुने आयोजक संस्था केएफएका मुख्य प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो १ बजे आयोजक केएफए र भुगर्व वेस्ट मेनेजमेन्ट प्रालि दिक्तेलबीच पतिस्पर्धा हुने छ । तेस्रो खेलमा दिउँसो ३ बजे नेर्पा स्पोर्टस क्लब र नुनथला स्पोर्टस क्लब भिड्ने छन् । पहिलो चरणको चौथो खेलमा मंगलब...








