खोटाङको एक प्रहरी चौकीको बिजोग, १२ वर्षदेखि आमा समुहको जीर्ण भवनमा
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख २३ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरीचौकी आमा समहुको जीर्ण भवनबाट सञ्चालन भइरहेको छ । बिगत २६ वर्षदेखि वाप्लुखामा स्थापना भएको प्रहरीचौकीको अहिलेसम्म आफ्नै भवन नभएकोे हो ।
भवन बिहिन भएपछि वाप्लुखाका आमा समुहले प्रहरीचौकीलाई भवन दिएका छन् । तर पुरानो भवन जीर्ण भएपछि अहिले आफ्नै ज्यान जोखिममा राखेर प्रहरीहरु शान्ति सुरक्षा सम्वन्धी कार्यसम्पादन गर्न बाध्य बनेका हुन् । भोजपुर सिमाना भएको खोटेहाङ गाउँपालिकाको वाप्लुखा, लिकुवापोखरी र सावाकटरे क्षेत्रभित्र सुरक्षा प्रदान गर्नेगरी वाप्लुखाको कानढाकामा २०५४ सालमा सामान्य भवन निर्माण गरेर प्रहरीचौकी स्थापना गरिएको थियो । शसस्त्र द्धन्द्धको समयमा २०५७ साल चैतमा प्रहरीचौकी जलेर ध्वस्त भएको हो ।
द्धन्द्धको समयमा वाप्लुखाबाट उठेको प्रहरीचौकी २०६८ सालमा पुःर्नस्थापना गरिएको हो । अभिभाबकको छलफल अनुसा...









