Saturday, October 24News That Matters

ट्रेन्डिङ

थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २९ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती भएको छ । सडकको बीचबाट बाहिर कटाएको ढल फुट्दा सवारी साधन वारपार गर्न र हिड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजाल बताउनुहुन्छ । ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जना...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज २७ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् । भ्वाइस ...
तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी

तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, संघर्षको कथा, समाचार, स्थानीय
खोटाङ, असोज २३ । खोटाङबाट दुई पटक चुनाव जितिसकेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । दुई पटक जिल्लाबाट उदाएका भट्टराईले तेस्रो पटक उदाउने चाहानाकासाथ उम्मेद्वारी दर्ता गराएका हुन् । पहिलो पटक २०५६ सालको चुनावमा भाग लिएका भट्टराई पराजित भएका थिए । दोस्रो पटक २०६४ सालको चुनावमा पनि एमालेबाट टिकट ल्याएर चुनावी मैदानमा आएका भट्टराई पुनः पराजित भए । सोही क्षेत्र, खोटाङ क्षेत्र नम्बर दुईबाट ०७० सालमा भने पहिलो पटक भट्टराई उदाएका हुन् । नेपाली कांग्रेस र नेकपा मओवादीका उम्मेद्वारलाई पराजित गर्दै भट्टराई पहिलो पटक सांसद बनेका हुन् । ०७४ सालमा भएको चुनावमा बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराईले सानदार जीत हात पारेका थिए । दुई पटक सांसद भइसेका भट्टराईले पुनः तेस्रो पटक सांसद बन्न नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गर...
भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर पत्रको कुनै वास्ता नभएपछि जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा पुर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन...
खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २१ । एक मात्र प्रतिनिधि सभा रहेको खोटाङमा विशाल भट्टराईलाई एमालेले टिकट दिएको छ । २०७४ को चुनावमा एमालेबाट बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराई भारी मत पाएर विजयी भएका थिए । पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत बनेका भट्टराईलाई पुनः चुनाव लड्न एमालेले टिकट दिएको एमालेका एक नेताले बताए । यस्तै, प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पि.के) लाई पार्टीले टिकट दिएको छ । ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो । प्रदेश सभा ‘ख’ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका राम दंगालले टिकट पाएका छन् । जिल्लाबाट एकल सिफारिस भएका दंगाललाई टिकट दिने फाइनल भएको एमालेका एक नेताले बताए ।...
पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अघि सारेको हो । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पर्यटकहरुलाई हलेसीको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाकासाथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइए...
खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ६ । चलचित्र ‘संघार’ खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ । लेखक तथा साहित्यकार प्रयास दुमी राईनिर्देशित संघार दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको बताइएको छ । चलचित्र दशैंलाई छेको पारेर खोटाङ, उदयपुर र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको माक्पा, नोरूङ, जलेस्वरी लगायत आसपासका विद्यालयमा, खोटाङकै जन्तेढुंगा गाउँपालिकामा प्रदर्शन गरिने निर्देशक दुमीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टार बसाहा र भोजपुरको अन्नपूर्ण पानधारे दावा, भोजपुर पाङ्खाङ, चखेवा लगायतका स्थानहरुमा प्रदर्शन गरिने उहाँको भनाइ छ । पुर्वका विभिन्न स्थानमा प्रदर्शन पश्चात चलचित्र संघीय राजधानी काठमाडौँ साथै अन्य देशशरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनिशा...
६ महिना अघि तामझामकासाथ उद्घाटन गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

६ महिना अघि तामझामकासाथ उद्घाटन गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ५ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार)का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेनको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दापनि सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या रहेको भन्दै चिस्यान केन्द्र उद्घाटनमा सबैले खुशी व्यक्त गरेका थिए । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको प्रतिनिधिसभा सांसद विशाल भट्टराई, तत्कालिन नगर प्रमुख दिप नारायण रिजाल, उपप...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, स्थानीय
खोटाङ, भदौ २८ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राईले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म टप ९ घोषणा हुँदा राई पनि पर्न सफल भएका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको टप ८ कालागि भोटिङ खुल्ला भइसकेको छ । राईलाई टप ८ मा पु¥याउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । टप ८ कालागि आगामी आइतबार राती १२ बजेसम्म भोट गर्न मिल्नेगरी गत आइतबारबाट भोटिङ लाइन खुल्ला भइसकेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–८ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा ...
जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

जथाभावी तारैतारले कुरुप बन्यो दिक्तेल बजार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २६ । जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार कुरुप बन्दै गएको छ । जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरुप देखिन थालेको हो । बजारको बिचमा विद्युतका पोलहरु गाडिएका छन् । सोही पोलबाट विद्युतको तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरु छरपस्ट तरिकाले टागिएका छन् । जसले गर्दा दिक्तेल बजारको रुप हराउदै गएको छ । बजार क्षेत्र रत्नपार्क (किराँत चोक) देखि हाडडाँडा सम्म नै जथाभावी तारहरु टागिएका छन् । कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारी साधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ । ‘यता हेर्यो तार, उता हेर्यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ । यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ अर्का स्थानीय गुनराज सैजुले भन्नुभयो । छरपस्ट तारको बोझले कतिपय विद्युतका पोलहरु बांगि...