खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिए
खोटाङ, भदौ ३० । खोटाङमा स्वास्थ्यकर्मी सुतेकै ठाउँमा मृत भेटिएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित सामुदायिक स्वाथ्य सेवा इकाइ केन्द्र किवामा कार्यरत अहेव मणि घिमिरे मृत भेटिएका हुन् ।
शनिबार राती सुतेका अहेव घिमिरे आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा घर भएका २९ वर्षका घिमिरे डेढ वर्ष अघिदेखि साकेला गाउँपालिकामा कार्यरत थिए । साकेला गाउँपालिका–५ मात्तिममा साथीको घरमा सुतेको अवस्थामा अहेव घिमिरे मृत भेटिएको डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।
सुतेको ठाउँमा मृत भेटिएका अहेव घिमिरे दीर्घरोगी रहेको बताइएको छ । मुटु सम्बन्धि समस्या भएका घिमिरेले नियमित औषधी सेवन गर्दै आएका थिए । कोल्टे परेर सुतेको अवस्थामा उनी मृत भेटिएपछि उक्त घरका ब्यक्तिले प्रहरीलाई खबर गरेको डिएसपी खड्काको भनाइ छ । कानुनी प्रक्रियाका लागि जिल्लाबाट ...








