सबै सङ्गठनलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्कन एमालेको निर्देशन
नेकपा एमालेले सबै सङ्गठनलाई २०७५ सालको जेठ २ गते पूर्वकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । ललितपुरमा आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि भन्दै केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै सङ्गठन र कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्था र जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरेको हो ।
पार्टीको विवाद मिलाउन गठन भएको कार्यदलले गरेको सहमतिअनुसार नै आजको बैठकले यस्ताे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति पालना गर्दै एमालेका सङ्गठन र नेताको जिम्मेवारी २०७५ सालको जेठ २ गते अघिकै अवस्थामा फर्काउने वाचा गरेपछि माधव नेपाल पक्षमा गएका स्थायी कमिटी सदस्यहरु पनि एमालेमै फर्किएका छन् ।
आजको बैठकमा माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण व...









