Tuesday, August 25News That Matters

ताजा अपडेट

खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन बने स्थायी शिक्षक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाचार, समाज
खोटाङ, चैत २७ । खोटाङमा एक दम्पतीसहित तीन दृष्टिविहिन ब्यक्तिहरु स्थायी शिक्षक हुनुभएको छ । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको सम्पुर्ण परीक्षामा सफल भएर सोमबार तीनै जनाले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय खोटाङबाट नियुक्ती पत्र बुझ्नुभएको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहिन उमेश राई र उहाँकी श्रीमती सुर्यमायाँ लिम्बूले प्राशि स्थायीमा नाम निकाल्नु भएको हो । जन्मजात दृष्टिविहिन दम्पत्तीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नु भएको छ । । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित माबिमा र लिम्बू केपिलासगढी गाउँपालिका–३ बासपानीको मनोकामना आधारभुत विद्यालयमा सिफारिस हुनुभएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय दृष्टिविहिन भक्तबहादुर बिश्वकर्माले पनि प्राशि स्थायीमा नाम निकाल्नु भएको छ । ८...
एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

एकै दिन आगलागीबाट खोटाङमा तीन घर खरानी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २७ । एकै दिन आगलागीबाट खोटाङमा तीन घर जलेर खरानी भएका छन् । वनमा लागेको डढेलो गाउँ पस्दा सोमबार हलेसी तुवाचुङ नगरपालिका एक घर जलेर खरानी भएको छ । विद्युत सर्टहुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावा बेसी गाउँपालिकामा एक÷एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अरअरे सामुदायीक वनबाट सुरु भएको डढेलोले वडा नम्बर ३ च्यास्मीटार दाल्फुका वशन्त राईको घर जलेर खरानी भएको छ । डढेलोले राईको बसोबास नभएको रित्तो घर जलेको हो । आगलागीबाट राईको एक लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । अन्य घरहरुलाई भने छानामा पानी छेपेर जोगाइएको छ । सोही डढेलोले आइतबार साँझ बाहुनीडाँडा मैतुङको नाम्नाखु सिरानका लम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा दाल्फुका भलाराज राईको तीन वटा...
कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

कुभिण्डेमा नयाँ वर्षको अवसरमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २४ । नयाँ वर्ष २०८१ को अवसरमा रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा खेलकुदसँगै सांस्कृतिक मनोरञ्जनको रौनक हुने भएको छ । नयाँ वर्षको अवसरमा चैत २९ गतेदेखि वैशाख २ गतेसम्म सञ्लान हुने गरी विभिन्न कार्यक्रम आयोजना गरिएको हो । रावा बेसी गाउँपालिका र कुभिण्डे वडा कार्यालयको आर्थिक सहयोगमा कुभिण्डे युवा, खेलकुद तथा सांस्कृतिक विकास समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई बाहिरबाट विभिन्न ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय पुरुष डोरी तान प्रतियोगिता आयोजना गरिएको छ । यस्तै, वडा स्तरीय सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा रावा बेसी गाउँपालिका भित्रका विभिन्न जातजातीले आफ्नो मौलिक झाँकी प्रदर्शन पनि गर्ने कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । वडा स...
खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

खोटाङमा १२ वर्षीया बालिका बलात्कृत, ३५ वर्षीय परियार पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ । खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरमा कोही नभएको बेला १२ वर्षीया बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर परियारले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीले अभियुक्त परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । मावली घरमा बस्दैआएकी १२ वर्षीया बालिकालाई परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।...
खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

खोटाङ एसईई काण्ड २ : म्यासेन्जर ग्रुप बनाएर चिट चोर्ने तीन विद्यार्थी प्रहरीको नियन्त्रणमा

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २३ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम दिन खोटाङमा मोबाइलबाट चिट चोर्दै गरेका तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनकामना मावि परीक्षा केन्द्रबाट मोबाइलसहित शुक्रबार तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीको नियन्त्रणमा पर्ने दुई जना छात्र र एक जना छात्रा रहेका छन् । उनीहरु अन्नपूर्ण मावि दोर्पाचिउरीडाँडा बुवालुङका विद्यार्थी रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की र डिएसपी पुरुषोत्तम खड्काको टोली अनुगमन गर्न जादा तीन जना विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । फेसबुक मेसेन्जर ग्रुप बनाएर प्रश्नपत्र पठाउने र उत्तर सार्ने गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताउनुभयो । ‘चिट चोर्नको लागि उनीहरुले “कक्ष...
खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

खोटाङमा एसईई परीक्षामा चिट चोराउन विद्यार्थी र शिक्षकको मेसेन्जर ग्रुप

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि परीक्षा केन्द्रमा मोबाइलसहित भेटिएका तीन जना विद्यार्थीलाई परीक्षाबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । इकाईका निमित्त प्रमुख नन्द बहादुर विश्वकर्माको टोली बिहिबार परीक्षाको अनुगमन गर्न पुग्दा विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको भेटिएको हो । मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तत्काल तीन जना विद्यार्थीको बिहिबारको परीक्षा रद्द गरिएको निमित्त प्रमुख विश्वकर्माले बताउनुभयो । उक्त तीन जना विद्यार्थी रहेको २ वटै कक्षाका निरीक्षकलाईसमेत हटाइएको छ । एउटा कोठमा एक जना सरस्वति मावि पाथेका र अर्को कोठामा कालिका मावि खार्मीका दुई जना विद्यार्थीसँग मोब...
जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए तलब भत्ता रोक्का हुने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २० । खोटाङको खोटेहाङ गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट तलब, भत्ता लगायतका आर्थिक सुविधा लिएका ब्यक्तिहरुले छोराछोरी सामुदायिक विद्यालयमा नपढाए कारबाही गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो निर्णय शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । गाउँपालिकाको नीति अनुसार आगामि वैशाखबाट जनप्रतिनिधि, कर्मचारी र शिक्षकले अनिवार्य सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्नु पर्ने छ । चालू आर्थिक वर्ष २०८०/०८१ को गाउँपालिकाको नीति तथा कार्यक्रममा यो नीति उल्लेख गरिएको थियो । सोही अनुसार चैत ८ गते गाउँकार्यापालिकाको बैठक बसेर नीति कार्यक्रम लागू गर्ने गरी निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जनाकारी दिएको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर...
खोटाङका दिदिबहिनीलाई सैलुङ अल्ट्रा म्याराथनको उपाधि

खोटाङका दिदिबहिनीलाई सैलुङ अल्ट्रा म्याराथनको उपाधि

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
खोटाङ, चैत १९ । रामेछापमा सम्पन्न सैलुङ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि खोटाङका दिदिबहिनीले जितेका छन् । दिदि निर्मला राईले ५५ किलोमिटर दूरीको र बहिनी प्रियाले २५ किलोमिटर दूरीको उपाधि जितेका हुन् । उपाधिसँगै निर्मलाले रु ८० हजार र प्रियाले रु ४५ हजार नगद पाएका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल स्थायी घर भएका उनीहरु नेपालमा आयोजना भएको म्याराथन प्रतियोगिताको प्राय उपाधि जितिरहेका हुन्छन् । केही समय अगाडि ओखलढुंगामा सम्पन्न म्यारथनमा पनि प्रिया प्रथम र निर्मला दोस्रो भएका थिए । प्रिया राईले नेपालको प्रतिनिधित्व गर्दै केही अन्तराष्ट्रिय म्याराथनकोसमेत उपाधि जितेकी छिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ५५, २५ र ५ किलोमिटर दूरीको...
खोटाङमा एउटाको परीक्षा अर्कैलाई दिन लगाउने केन्द्राध्यक्षलाई कारबाही

खोटाङमा एउटाको परीक्षा अर्कैलाई दिन लगाउने केन्द्राध्यक्षलाई कारबाही

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १५ । खोटाङमा एक जना केन्द्र अध्यक्ष कारबाहीमा परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियम विपरीत गर्ने विश्वज्यति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारबाहीमा परेका हुन् । उनले नियम विपरीत परीक्षर्थीलाई सहभागी गराएकाले केन्द्र अध्यक्षबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख नन्द बहादुर विश्वकर्माले बताउनुभयो । केन्द्र अध्यक्ष तथा विश्वज्यति मावि लामिडाँडाका प्रधानाध्यापक ठाकुरले एक जना परीक्षार्थी बिरामी भएर अस्पतालमा भएकाले सट्टामा अर्को ब्यक्तिलाई परीक्षामा सहभागि गराएका थिए । माध्यमिक शिक्षा परीक्षा सञ्चालन समबन्धि ऐन २०६८ अनुसार अपाङ्गाता भएका ब्यक्तिको सट्टामा मात्र अर्को ब्यक्ति राख्न पाइने नियम छ । तर, नियम विपरीत अस्पतालमा भएको भन्दै सट्टा परीक्षार्थी राखिएकाले ठाकुरलाई केन्द्र अध्यक्षबाट हटाइएको हो बताइएको छ । ठाकुरलाई हटाएर साहयक प्रधानाध्...
खोटाङ : एसईई परीक्षामा ३४ छात्रा, ७ छात्र अनुपस्थित

खोटाङ : एसईई परीक्षामा ३४ छात्रा, ७ छात्र अनुपस्थित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत १५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारबाट देशभर सुरु भएको छ । पहिलो दिन खोटाङबाट नियमित २ हजार ८५६ जना विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार नियमिततर्फ ४१ जना विद्यार्थी परीक्षामा उपस्थित भएनन् । उपस्थित नहुनेमा ३४ जना छात्रा र ७ जना छात्र रहेका छन् । परीक्षामा अनुपस्थित धेरै जसो छात्राहरुको बिबाह भइसेको स्रोतले जनाएको छ । यता अनुपस्थित छात्रहरु कतिपय बैदेशिक रोजगारीको लागि बिदेश गइसकेका छन् । (एसईई) परीक्षामा नियमिततर्फ जिल्लाबाट १ हजार ४४७ जना छात्रा र १ हजार ४०९ जना छात्र उपस्थित छन् । जसमा छात्र भन्दा छात्रा ३८ जना बढी रहेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कले देखाएको छ । जिल्लाभर २४ वटा परीक्षा केन्द्र तोकिएको छ । १०० वटा सादुदायिक र ४ वटा संस्थागत गरी १०४ वटा माध्यमिक विद्यालयबाट परीक्षार्थी सहभागि छन् । सबै भन्दा धेर...