खोटाङ : फागुन २२ भित्र निवदेन दिएर मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
खोटाङ, फागुुन १९ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावलीमा भएको त्रुटि सच्याउने प्रयोजनका लागि निवेदन माग गरेको छ । मतदाता नामावलीमा नाम दर्ता भई विवरणमा त्रुटि भएका मतदाताले निर्वाचन कार्यालयमा निवेदन दिएर सच्याउन निवेदन आह्वान गरिएको हो ।
नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन फागुन २० गतेदेखि २२ गतेसम्म निवेदन दिन सकिने कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली फागुन २० गते सम्बन्धित पालिकाको वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिनेछ ।
त्रुटि सच्याउन निवेदन दिँदा जिल्ला निर्वाचन कार्यालयमा स्वयम् उपस्थित भएर वा जिल्ला निर्वाचनको इमेल deodikt...








