हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन
खोटाङ, पुस १८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हलेसी मन्दिरमा १७ दिनको अवधिमा ३ लाख ८१ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ ।
दर्शनार्थी तथा पर्यटकबाट मंसिर २३ गतेदेखि पुस ११ गतेसम्ममा ३ लाख ८१ हजार ५ सय ९० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव मन्दिरको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६ सय ६५ रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ४७ हजार ९ सय २५ रुपैयाँ संकलन भएको हो ।
साथै बिजुली, पानी, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रङरोगन, गणेश मन्दिर रङरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रङरोगन तथा लेखन, भेटी गणना, अतिथि सत्कार, खाजा, विभिन्न आर्थिक सहयोग ल...









