Wednesday, April 29News That Matters

Banner News 1

महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

महामारीमा पनि युुवा बिदेसिने क्रम घटेन, खोटाङमा ५ महिनामा ४ सय ८७ जनाले लिए राहदानी 

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का/असोज ०६, खोटाङ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरकाबीच पनि युवाहरू बिदेसिने क्रम बढेको छ । स्वास्थ्यका हिसाबले नेपालबाहिरका मुलुक अति जोखिमयुक्त रहेको भनिए पनि रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्नुको सट्टा बढ्दो अवस्थामा रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्यांकअनुसार राहदानी बनाएर बिदेसिने युवाको लहर घटेको छैन । जिल्लामा पछिल्लो पाँच महिनामा ४ सय ८७ जनाले राहदानी लिएका छन् । चालु वर्षको वैशाखदेख भदौ मसान्तसम्म जिल्लाभित्रबाट सिफारिस भई आएका र जिल्ला प्रशासनबाट सिफारिस लिएर द्रूूत सेवामार्फत राजधानी पुुगेर १३२ महिला र ३५५ पुुरुषले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुुभयो । उहाँका अनुसार कोरोना कहरकाबीच पनि रोजगारीका लागि बिदेसिने बाध्यताले राहदानी बनाएको सेवाग्राह...
संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

संविधान दिवसमा खोटाङका चार कैदीबन्दी रिहा

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज ३ : संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट चार कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा चार पुरुष कैद मिनाहा भएको कारागार शाखा प्रमुख कृष्ण आचार्यले जानकारी दिनुुभयो । आचार्यका अनुसार रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका दुुई जना, नकवजनी चोरी मुद्दाका एक जना र सवारी ज्यान मुुद्दामा कैद भुक्तान गरिहेका एक जना छन् । हाल जिल्ला कारागारमा तीन महिला र १३४ पुरुष गरी जम्मा १३७ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।...
हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

हलेसी तुवाचुङले लगातार तीन दिन संविधान दिवस मनाउने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले संविधान दिवस २०७८ लाई लगातार तीन दिन मनाउने निर्णय गरेको छ । नगर प्रमुख इवन राईको अध्यक्षतामा भदौ ३० गते बसेको नगरकार्यपालिकाको बैठकले यो बर्षको संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई नेपालमा संविधान दिवस मनाउने गरिन्छ । सोहि अवसरमा यो बर्षको संविधान दिवस हलेसी तुवाचुङ नगरपालिकाले असोज २,३ र ४ गते लगातार तिन दिन मनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी रवि किरण आचर्यले जानकारी दिनुभयो । नगरपालिका भीत्रका वडा कार्यलय, स्वास्थ्य संघसंस्थाहरु, सामुदायिक तथा संस्थागत बिद्यालयहरु, सरकारी तथा गैरसरकारी निकायहरु, वित्तिय तथा सहकारी संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको कार्यलयमा ३ दिन दिप प्रज्ज्वलन गरेर संविधान दिवस भब...
सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २९ गते : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन । वडा कार्यलयको भवन अपायक पर्ने ठाउँमा निर्माण गरेको भन्दै स्थानीयले ताला लगाएका हुन । जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा सोमबार गएका स्थानीयले कर्मचारीलाई वडा कार्यलय बाहिर निकालेर ताला लगाएको बताईएको छ । वडा कार्यलय अपायक पर्ने ठाउँमा निर्माण गरेको, एउटा प्लट जग्गा वडाको नाममा देखाएर अन्य दुई ठाउँको जग्गा वडा कार्यलयको नाममा पास गरेको लगाएतका बिषयमा नागरिकलाई सधै ढाँट्ने काम भएको कारण ताला लगाउँन बाध्य भएको जिल्ला सदस्य नछुङले बताउनु भयो । सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको न...
नगर सभापतिमा युवा नेता रमेश राउतको उम्मेदवारी घोषणा

नगर सभापतिमा युवा नेता रमेश राउतको उम्मेदवारी घोषणा

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिमा युवा नेता रमेश कुमार राउतले उम्मेदवारी घोषणा गर्नु भएको छ । असोज ९ गते हुने नेपाली कांग्रेसको नगर अधिबेसनको लागि आफुले उम्मेदवारी घोषणा गरेको राउतले जानकारी दिनु भएको छ । २०६२\०६३ को जनआन्दोलनमा सहभागी भई पाटन संयुक्त क्याम्पसबाट औपचारिक रुपमा राजीनीतिक यात्रा सुरु गर्नु भएका राउत हाल हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारको निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । राउतको राजनितिक पृष्ठभुमी नेविसंघ इकाई सदस्य, सह–सचिव, सचिव र क्षेत्रिय सदस्य सम्मको रहेको छ । नगर सभापतीमा राउतसँगै उहाँको समुह पनि तयार भएको छ । जसमा उपसभापतिमा नेविसंघ दिक्तेल क्याम्पस हुंदै स्ववियु सदस्यका उम्मेद्वार, तत्कालिन डिकुवा गाबिसको १५ वर्षे लामो सहायक सचिवको अनुभव बटुल्नु भएका दिनेश राई र कांग्रेसका क्रियाशिल नेता राजापानीका धन बहादुर खड्का रहनु भएको छ । यस्तै सचिवमा पु...
खोटाङमा करेण्ट लागेर ट्याक्टर चालकको ज्यान गयो

खोटाङमा करेण्ट लागेर ट्याक्टर चालकको ज्यान गयो

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा करेण्ट लागेर एक ट्याक्टर चालकको ज्यान गएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित (बृहत पम्पिङ) खानेपानी आयोजनाका ट्याक्टर चालकको करेण्ट लागेर हिजो साँझ ज्यान गएको हो । नगरपालिकाको वडा नम्बर ७ काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी ल्याएर खसाउने क्रममा करेन्ट लाग्दा चालकको ज्यान गएको बताईएको छ । १९ बर्षीय चालक पुष्प परियारको घर नगरपालिका ६ मंगलटार रहेको वडाध्यक्ष रमेश राउतले जानकारी दिनुभयो । डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पु¥याएपछि पानी खसाल्नका लागि ट्यांकीमा चढेर पाईप जोड्नलाई उभिँदा माथि उनले झुण्डिएको विद्युतको तार छुन पुगेका थिए । हाइटेन्सन लाईन छुदा गम्भीर घाईते भएका चालकलाई उपचारको लागि दुर्छिम स्वास्थ्यचौकी लगिएको थियो । तर स्वास्थ्य चौकी पु¥याउँने बित्तिकै चालक परियारलाई मृत घोषणा गरिएको थियो ।...
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गर्यो उत्कृष्ट कर्मचारीलाई पुरस्कृत

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले गर्यो उत्कृष्ट कर्मचारीलाई पुरस्कृत

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ भदौ २२ गते : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । १८ औँ निजामती सेवा दिवसको अवसरमा आज एक कार्यक्रमका बिच गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । २०७५ साल मंसिर १७ गते देखि निरन्तर रूपमा प्रमुख प्रशासकीय अधिकृत पदमा रहेर गाउँपालिकाको समृद्धि र विकासको लागि महत्वपुर्ण योगदान गर्ने भीम प्रसाद दाहाललाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनुभयो । यस्तै स्वर्गिय नारायण प्रसाद श्रेष्ठ स्मृति पुरस्कार अन्तर्गत अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याव असिस्टेन्ट सविना तामाङ र वडा सचिव सञ्जिब आचार्यलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा रु १० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको अध्यक्ष राईले बताउँनु भयो ।...
खोटाङका छ स्थानीयतहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङ्ख्या शुन्य

खोटाङका छ स्थानीयतहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङ्ख्या शुन्य

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ २१ गते : खोटाङका ६ वटा स्थानीय तहमा कोरोना भाईरसका सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको छ । दुई नगरपालिका र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लामा ६ वटा स्थानीय तहमा सक्रिय संक्रिमतको सङख्या शुन्यमा झरेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकामा हाल कोरोना भाईरसका एक जना पनि सक्रिय संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो । आज (सोमबार) जिल्लाको बिभिन्न ठाउँमा ६६ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । परिक्षण गरिएका मध्ये ६ दशमलब ०६ प्रतिशतमा पुष्टि भएको हो । यस्तै आज १६ जना संक्रमणमुक्त भएसँगै जिल्लामा अहिले सक्रिय संक्रमितको सङख्या ५५ रहेको उहाँको...
भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

भरुवा बन्दुक सहित खोटाङमा दुई ब्यक्ति पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अबैध हातहतियार सहित दुई ब्यक्ति पक्राउ परेका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका ४९ बर्षिय दिलसेर राई र सोहि ठाउँका ५५ बर्षिय खडग सिंह राईलाई १÷१ नाल भरुवा बन्दुक सहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । घरमा अबैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय खोटाङबाट खटिएको प्रहरी निरिक्षकको टोलीले निजहरुको घर र गोठबाट भरुवा बन्दुक सहित उनिहरुलाई कानुन बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
खोटाङका ७८ वडाले पायो कांग्रेसको नेतृत्व, ६९ वडामा सर्वसहमत ९ वडामा चुनाव

खोटाङका ७८ वडाले पायो कांग्रेसको नेतृत्व, ६९ वडामा सर्वसहमत ९ वडामा चुनाव

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङका ७८ वडामा नेपाली कांग्रेसको वडा अधिबेसन सकिएको छ । ७९ वडा रहेको जिल्लामा ६९ वडामा सर्वसहमत र ९ वडामा चुनावबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । सचिव जोसीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेसन विवादका कारण स्थगीत छ । सर्वसहमत नेतृत्व चयन नहुँदा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ, याम्खा र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल र हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा निर्वाचचनबाट नेतृत्व चयन भएको सचिव जोसीले बताउँनु भयो ।...