Wednesday, April 29News That Matters

Banner News 2

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आइतबार आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा दुई पूर्व अध्यक्षलाई सम्मान गरेको छ । चौतारीको खोटाङ शाखाका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरीबोल आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । पत्रकारिता छाडेर राजनीतिमा लाग्नु भएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित अर्का पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकको सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाल संगठनलाई जिल्लामा स्थापीत गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ । बिहान जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामीला...
ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो । पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका न...
बृहत पम्पिङ खानेपानीको काम सम्पन्न गर्न मन्त्रालयका सचिवसँग छलफल

बृहत पम्पिङ खानेपानीको काम सम्पन्न गर्न मन्त्रालयका सचिवसँग छलफल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न नगरपालिकाले खानेपानी मन्त्रालयका सचिवसँग छलफल गरेको छ । मेयर विमला राई, उपमेयर रमेशकुमार राउत लगायतको समुहले सोमबार (आज) हलेसी आउनुभएका मन्त्रालयका सचिव मनिराम गेलालसँग छलफल गरेको हो । छलफलका क्रममा बृहत पम्पिङ खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न अनुरोध गरिएको मेयर राईले बताउनुभयो । सबैले आवश्यक सहयोग गरेर आयोजना सम्पन्न गरी हलेसी क्षेत्रका नागरिकको घरमा चाडै खानेपानी पुर्‍र्‍याउने छलफलको निष्कर्ष रहेको मेयर राईले बताउनुभयो । नगरपालिकाको अर्खौले, सल्ले र धितुङ तीन वडामा दोस्रो चरणको कामको लागि थप रु २० करोड बजेटसमेत व्यवस्था गर्ने सचिव गेलालले प्रतिवद्धता जनाउनु भएको मेयर राईले जानकारी दिनुभयो । ‘पटक पटक ताकेता गर्दा पनि आयोजनाको काम सम्पन्न हुन सकेको छैन । जसरी हुन्छ चा...
हलेसी मन्दिरमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट

हलेसी मन्दिरमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ५ । त्रि–धार्मिक स्थल हलेसीमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट प्रदान गरिएको छ । मन्दिरका पुजारी, सरसफाइ गर्ने ब्यक्ति, मन्दिरमा बस्ने योगी लगायत २५ जनालाई बिहिबार न्यानो ज्याकेट प्रदान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं हलेसी तुवाचुङ नगर कार्यपालिका सदस्य राकेश परियारको पहलमा बिराटनगरका रामकाजी थापाले ज्याकेट प्रदान गर्नुभएको हो । थापा स्नेहा अप्परेल्स प्रा.लि.का प्रमुखसमेत हुनुहुन्छ । देश तथा विदेशबाट पर्यटकहरु आउने हलेसीमा रात दिन खटिने ब्यक्तिहरुलाई चिसो मौसममा केही सहज होस भनेर ज्याकेट प्रदान गरिएको परियारले बताउनुभयो ।...
खोटाङमा छायाँकंन गरिएको ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने

खोटाङमा छायाँकंन गरिएको ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
माघ ३ । चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने भएको छ । गाउँले कथा बस्तुमा आधारित खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंको मण्डला नाटकघरमा प्रदर्शन गर्न लागिएको हो । ‘सँघार’ मा पारिवारिक र गाउँले प्रेम कथाको मनोरञ्जन लिन सकिने लेखक एवं निर्देशन प्रयाश दुमी राईले बताए । चलचित्रमा अस्मिता राई, प्रयाश दुमी राई, शुष्मा राई, अरुण राई, मनोज राई, दुर्गा बान्तावा, बिबेक दुमी, अनिसा चाम्लिङ, सम्झना राई लगायतको अभिनय रहेको छ । चलचित्रको छायाँकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । यस्तै भिडियो सम्पादन र पोस्टर डिजाइन मनोज राईले गरेका हुनु भने ड्रोनमा दुर्गा बान्तावा रहेका छन् । यसैगरी चलचित्रको गीतमा राजेश पायल राई र शुष्मा राईको स्वर, प्रयास दुमी राईको शब्द, पदम राजन मगरको संगीत तथा संयोजन रहेको छ । यसअघि चलचित्र ‘सँघार’को भोजपुर, ख...
हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत नगरपालिकाका २१ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ महादेवस्थानमा १० दिनसम्म सञ्चालन भएको तालिमको सोमबार मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले समापन गर्नुभएको छ । ब्यवसायिकरण र परिवारको आत्मनिर्भरताको लागि अचार बनाउने तालिम प्रदान गरिएको उपमेयर राउतले बताउनुभयो । ‘हलेसीमा सय भन्दा धेरै होटल छन्, जहाँ बाहिरबाट अचार आयत हुने गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपचलाई अचार बनाउन सकियो भने राम्रो कमाइ हुने देखिन्छ । त्यसैले हामीले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेका छौँ ।’ उपमेयर राउतले भन्नुभयो । अचार बनाउन र आवश्यक कृषि उपज उत्पादन गर्न समहु बनाएर प्रस्ताव आए नगरपालिकाले त्...
वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

वडामा योजना सम्झौतादेखि सामाजिक सुरक्षा भत्ता, घरमै पुगेर अपाङगता कार्ड

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडामै पुगेर योजना सम्झौता देखि सामाजिक सुरक्षा भत्ता वितरणसम्मको सेवा प्रदान गरेको छ । नागरिकको सहजताका लागि नगरपालिकाले सोमबार वडा नम्बर ११ राजापानीको वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको हो । नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितीमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्त्रण र ज्येष्ठ नागरिक तथा अपाङगता परिचयपत्र वितरण गरिएको छ । वंैकसँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता पनि वडामै वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता अन्तरगत बृद्ध भत्ता लिन बृद्धबृद्धाहरु लट्ठीको सहारामा वडा कार्यालयसम्म आएका थिए । सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुक्र्न बैंकसम्म पुग्नु पर्ने बाध्यता छ । राजापानीदेखि हलेसीसम्म पुगेर फर्किदा भत्ताको आधा रकम सकिएको सुनाउदै हाल...
छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन

छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । छत्र पुरीको अध्यक्षतामा नेपाल दशनामी खोटाङको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल दशनामी जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशनले आइतबार पुरीको अध्यक्षतामा सर्वसम्मत ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमोद कुमार गिरी, सचिवमा भक्त बहादुर गिरी, कोषाध्यक्षमा रत्न बहादुर पुरी चयन हुनुभएको हो । सदस्यहरुमा नम्रता गिरी, सविता गिरी, समसेर गिरी, कमल पुरी र ज्ञान बहादुर पुरी चयन हुनुभएको छ । हलेसीमा सम्पन्न तेस्रो अधिवेशनमा केन्द्रबाट केन्द्रीय अध्यक्ष रुद्र गिरि, महासचिव तुलसिराज गिरि लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा खोटाङ जिल्लामा दशनामीबाट निर्वाचित जनप्रतिनिधि हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरी, १० अर्खौलेका वडाध्यक्ष अर्जुन कुमार पुरीलाई सम्मान गरिएको छ । यस्तै विभिन्न वडामा निर्वाचित वडा सदस्यहरु रत्न बहादुर पुरी, नन्दी के...
अनुप स्मृति गोल्डकपको उपाधि लगातार नेर्पाको पोल्टामा

अनुप स्मृति गोल्डकपको उपाधि लगातार नेर्पाको पोल्टामा

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २३ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भएको फाइनल खेलमा आयोजकसमेत रहेको दिक्तेल फुटबल क्लब (डिएफसी) लाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक नेर्पाले उपाधि जितेको हो । यस अघि दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरु देखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको थियो । विजेता नेर्पाले २ लाख ५१ हजार नगदको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता (डिएफसी)ले १ लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय महासचिव किरण राईले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ ...
अनुप स्मृति गोल्डकपको सेमिफाइनल समिकरण पुरा, इलाम र नेर्पा, डिएफसी र ओखलढुंगा खेल्ने

अनुप स्मृति गोल्डकपको सेमिफाइनल समिकरण पुरा, इलाम र नेर्पा, डिएफसी र ओखलढुंगा खेल्ने

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, पुस २० । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा, चियावारी फुटवल क्लव इलाम, नेर्पा स्पोर्टस क्लव नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) पुगेका छन् । माटिकोरे खेल मैदानमा बुधबार भएको पहिलो खेलमा साकेला गाउँपालिका खोटाङलाई ४–० गोल अन्तरतले हराउदै नेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । नेर्पाका लागि विकी राईले २ तथा बिजु भुजेल र सुरज मगरले १\१ गोल गरे । यस्तै दोस्रो खेलमा मितेरी युवा क्लव मोरङलाई २–० गोल अन्तरले हराउदै आयोजक (डिएफसी) सेमिफाइनल प्रवेश गरेको हो । (डिएफसी)का लागि प्रितम लिम्बु र मनिस लिम्बुले १\१ गोल गरे । सेमिफाइनलका खेल भोली हुनेछन् । फाइनल प्रवेशका लागि पहिलो खेल दिउँसो १ बजे इलामका बिरुद्ध नेर्पा मैदान उत्रिने छ । यस्तै दोस्रो खेलमा आयोजक (डिएफसी) र मानेभन्ञ्याङ ओखलढुंगा प्रतिस...