Sunday, October 25News That Matters

Banner News 2

हलेसीका २८ जना महिलाको पाठेघर शल्यक्रियाका लागि निःशूल्क अस्पताल लगियो

हलेसीका २८ जना महिलाको पाठेघर शल्यक्रियाका लागि निःशूल्क अस्पताल लगियो

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका २८ जना महिलाको शल्यक्रियामार्फत उपचार गर्न निःशूल्क अस्पताल लगेको छ । शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएका ३२ जना मध्ये २८ जनालाई सोमबार भक्तपुरको बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको हो । अन्य ४ जना नगएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । पाठेघरको रोग पहिचान र उपचारका लागि माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जसमा ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको संयोजक घिमिरेले बताउनुभयो । उहाँहरुलाई सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको सहयोगमा निःशूल्क उपचार गर्न लगिएको हो । अस्पताल पुगेका २८ जना मध्ये १० जनाको सोमबार बाट उपचार प्रक्रिया सुरु भएको छ । त्यसपछि अन्यको उपचार प्रक्रिया सुरु हुने घिमिरेको भनाइ छ । उपचा...
पिपलडाँडा माविले उचाल्यो उपाधि, सरस्वती मावि दोस्रो हुँदा ज्योति मावि तेस्रो

पिपलडाँडा माविले उचाल्यो उपाधि, सरस्वती मावि दोस्रो हुँदा ज्योति मावि तेस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २८ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले जितेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदकसहित मंगलटारस्थित पिपलडाँडा देवीस्थान माध्यमिक विद्यालयले उपाधि जितेको हो । प्रतियोगितामा अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालय ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो भएको छ । राजापानीस्थित ज्योति माध्यमिक विद्यालय ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, महेन्द्रोय माध्यमिक विद्यालयले ५ स्वर्ण र ३ कास्य पदक हात पार्दा च्यास्मिटार माध्यमिक विद्यालयले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रज...
अनेरास्ववियु खोटाङले सम्झियो स्वर्गीय मिलन राईलाई

अनेरास्ववियु खोटाङले सम्झियो स्वर्गीय मिलन राईलाई

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २७ । अनेरास्ववियु खोटाङका पूर्व अध्यक्ष तथा तत्कालिन केन्द्रीय सदस्य स्वर्गीय मिलन राईको छैटौँ स्मृति दिवस मनाइएको छ । नेकपा एमाले खोटाङको पार्टी कार्यालयमा स्वर्गीय राईको फोटोमा माल्यार्पण गरेर दिवस मनाइएको हो । छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मारेका स्वर्गीय राईलाई कुशल नेतृत्वको रुपमा विद्यार्थी नेताहरुले सम्झने गरेका छन् । संगठनकै काममा काठमाडौँबाट घर फर्कदा भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा राई गम्भीर घाइते बन्नु भएको थियो । घाइते राईको २०७३ साल माघ २७ गते उपचारको क्रममा अस्पतालमा निधन भएको थियो । अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेलको अध्यक्षतामा भएको माल्यार्पण कार्यक्रममा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार प्रसाद आचार्य, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज राई, नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य दिपक ठटाल र रमेश परियार, जिल...
हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हलेसी तुवाचुङमा ३० स्वर्ण पदकका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २५। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो संस्करणको अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको ३ नम्बर वडा च्यास्मिटारको खेलमैदानमा बुधबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३/१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक÷एक र छात्राछात्र कबड्डीमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ । स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ ल...
प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

प्रेस चौतारीको स्थापना दिवसमा पूर्व अध्यक्षद्वय पौडेल र आचार्य सम्मानित

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २२ । प्रेस चौतारी नेपाल खोटाङले आइतबार आफ्नो २५ औँ स्थापना दिवसका अवसरमा दुई पूर्व अध्यक्षलाई सम्मान गरेको छ । चौतारीको खोटाङ शाखाका संस्थापन अध्यक्ष रमेश पौडेल र पूर्व अध्यक्ष हरीबोल आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो । पत्रकारिता छाडेर राजनीतिमा लाग्नु भएका संस्थापन अध्यक्ष पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित अर्का पूर्व अध्यक्ष आचार्य प्रेस चौतारीको केन्द्रीय सदस्य तथा प्रदेश नम्बर एकको सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ । पूर्व अध्यक्षद्वयले प्रेस चौतारी नेपाल संगठनलाई जिल्लामा स्थापीत गर्न दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव दिवस रिजालले बताउनुभयो । कार्यक्रममा उपस्थित हुन असम्भव रहेकाले अन्य पूर्व अध्यक्षहरुलाई सम्मान गर्न नसकिएको उहाँको भनाइ छ । बिहान जिल्ला अस्पतालमा उपचाररत ८ जना बिरामीला...
ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

ठेक्का तोडिन लागेपछि ठेकेदारले सुरु गर्यो चखेवाभञ्ज्याङ–सेखुवा सडकको काम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २१ । ठेक्का तोड्न सिफारिस गरेपछि चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्डको काम बल्ल सुरु गरिएको छ । खोटाङस्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको काम लामो समय अलपत्र पर्यो । पटक पटक म्याद थप्दा पनि काम पुरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरेको छ । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले काम गर्न सुरु गरेको छ । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । रु ३२ करोडमा कालोपत्रेको जिम्मा लिएका न...
बृहत पम्पिङ खानेपानीको काम सम्पन्न गर्न मन्त्रालयका सचिवसँग छलफल

बृहत पम्पिङ खानेपानीको काम सम्पन्न गर्न मन्त्रालयका सचिवसँग छलफल

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न नगरपालिकाले खानेपानी मन्त्रालयका सचिवसँग छलफल गरेको छ । मेयर विमला राई, उपमेयर रमेशकुमार राउत लगायतको समुहले सोमबार (आज) हलेसी आउनुभएका मन्त्रालयका सचिव मनिराम गेलालसँग छलफल गरेको हो । छलफलका क्रममा बृहत पम्पिङ खानेपानी आयोजनाको काम चाडै सम्पन्न गर्न अनुरोध गरिएको मेयर राईले बताउनुभयो । सबैले आवश्यक सहयोग गरेर आयोजना सम्पन्न गरी हलेसी क्षेत्रका नागरिकको घरमा चाडै खानेपानी पुर्‍र्‍याउने छलफलको निष्कर्ष रहेको मेयर राईले बताउनुभयो । नगरपालिकाको अर्खौले, सल्ले र धितुङ तीन वडामा दोस्रो चरणको कामको लागि थप रु २० करोड बजेटसमेत व्यवस्था गर्ने सचिव गेलालले प्रतिवद्धता जनाउनु भएको मेयर राईले जानकारी दिनुभयो । ‘पटक पटक ताकेता गर्दा पनि आयोजनाको काम सम्पन्न हुन सकेको छैन । जसरी हुन्छ चा...
हलेसी मन्दिरमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट

हलेसी मन्दिरमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ५ । त्रि–धार्मिक स्थल हलेसीमा कार्यरत कर्मचारी लगायतलाई न्यानो ज्याकेट प्रदान गरिएको छ । मन्दिरका पुजारी, सरसफाइ गर्ने ब्यक्ति, मन्दिरमा बस्ने योगी लगायत २५ जनालाई बिहिबार न्यानो ज्याकेट प्रदान गरिएको हो । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं हलेसी तुवाचुङ नगर कार्यपालिका सदस्य राकेश परियारको पहलमा बिराटनगरका रामकाजी थापाले ज्याकेट प्रदान गर्नुभएको हो । थापा स्नेहा अप्परेल्स प्रा.लि.का प्रमुखसमेत हुनुहुन्छ । देश तथा विदेशबाट पर्यटकहरु आउने हलेसीमा रात दिन खटिने ब्यक्तिहरुलाई चिसो मौसममा केही सहज होस भनेर ज्याकेट प्रदान गरिएको परियारले बताउनुभयो ।...
खोटाङमा छायाँकंन गरिएको ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने

खोटाङमा छायाँकंन गरिएको ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
माघ ३ । चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंमा प्रदर्शन हुने भएको छ । गाउँले कथा बस्तुमा आधारित खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंको मण्डला नाटकघरमा प्रदर्शन गर्न लागिएको हो । ‘सँघार’ मा पारिवारिक र गाउँले प्रेम कथाको मनोरञ्जन लिन सकिने लेखक एवं निर्देशन प्रयाश दुमी राईले बताए । चलचित्रमा अस्मिता राई, प्रयाश दुमी राई, शुष्मा राई, अरुण राई, मनोज राई, दुर्गा बान्तावा, बिबेक दुमी, अनिसा चाम्लिङ, सम्झना राई लगायतको अभिनय रहेको छ । चलचित्रको छायाँकन दुर्गा बान्तावा र मनोज राईले गरेका हुन् । यस्तै भिडियो सम्पादन र पोस्टर डिजाइन मनोज राईले गरेका हुनु भने ड्रोनमा दुर्गा बान्तावा रहेका छन् । यसैगरी चलचित्रको गीतमा राजेश पायल राई र शुष्मा राईको स्वर, प्रयास दुमी राईको शब्द, पदम राजन मगरको संगीत तथा संयोजन रहेको छ । यसअघि चलचित्र ‘सँघार’को भोजपुर, ख...
हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

हलेसीका महिलाहरुलाई अचार बनाउने तालिम

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत नगरपालिकाका २१ जना महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर ७ महादेवस्थानमा १० दिनसम्म सञ्चालन भएको तालिमको सोमबार मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले समापन गर्नुभएको छ । ब्यवसायिकरण र परिवारको आत्मनिर्भरताको लागि अचार बनाउने तालिम प्रदान गरिएको उपमेयर राउतले बताउनुभयो । ‘हलेसीमा सय भन्दा धेरै होटल छन्, जहाँ बाहिरबाट अचार आयत हुने गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपचलाई अचार बनाउन सकियो भने राम्रो कमाइ हुने देखिन्छ । त्यसैले हामीले महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरेका छौँ ।’ उपमेयर राउतले भन्नुभयो । अचार बनाउन र आवश्यक कृषि उपज उत्पादन गर्न समहु बनाएर प्रस्ताव आए नगरपालिकाले त्...