खार्मीलाई हराउदै ओखलढुंगा सेमिफाइनलमा प्रवेश
खोटाङ, पुस १९ । अनुप स्मृति आमन्त्रित गोल्डकपको तेश्रो संस्करणको मंगलबार भएको एक मात्र खेलमा मानेभन्ञ्याङ स्पोर्टस क्लव ओखलढुंगा विजयी भएको छ । खारम्बु स्पोर्टस क्लव खार्मी खोटाङलाई १–० गोलले पराजित गर्दै ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेको हो ।
दुवै टिमले केही सुन्दर अवसर पाए पनि निर्धारित समयमा गोल हुन सकेन । गोलरहित बराबरी पश्चात १० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा ओखलढुंगाका जर्सी नम्बर १५ मनकृष्ण राईले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्ति गरे । उनी खेलको म्यान आफ द म्याच पनि घोषित भए ।
ओखलढुंगाले अब सेमिफाइनलमा भोली हुने दिक्तेल फुटवल क्लब खोटाङ र मितेरी युवा क्लव मोरङ बिचको विजेतासँग खेल्ने छ । उक्त खेल भोली दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । सेमिफाइनल पुग्न भोली दिउँसो १ बजे नेर्पा स्पोर्टस क्लव नेर्पा खोटाङ र साकेला गाउँपालिका खोटाङ प्रतिस्पर्धा गर्दै छन् । यी दुई टिमको बि...








