Thursday, April 30News That Matters

Banner News 2

किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका र सचिवमा विविचन

किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका र सचिवमा विविचन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज ६ । किरात राई यायोक्खा निकट किरात राई विद्यार्थी संघ खोटाङको नयाँ कार्य समिति चयन गरिएको छ । किरात राई विद्यार्थी संघको बुधबार दिक्तेलमा सम्पन्न ७ औं जिल्ला अधिवेशनले नयाँ कार्या समिति चयन गरेको हो । अधिवेशनले विद्यार्थी संघको अध्यक्षमा भूमीका राईलाई चयन गरेको छ । उपाध्यक्षमा उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतिक्षा राई सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा युनिसा राई, कल्पना राई, सञ्जिव राई, निलम राई, ध्रुब राई र बशन्त राई चयन भएका हुनुभएको छ ।...
११ दिन पछि खुल्यो वडाकार्यालय

११ दिन पछि खुल्यो वडाकार्यालय

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज ४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय ११ दिन पछि खुलेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले भदौ २५ गते शुक्रबार अनिश्चितकालकालागि काम रोक्दै वडा कार्यालयमा ताला लगाएका थिए । लामो समय बन्द रहेको वडा कार्यालय नगरपालिका र वडाका जनप्रतिनिधि बिच सहमति भएपछि मंगलबारबाट खुलेको छ । विभिन्न मागसहित भदौ २५ मा वडा कार्यालय बन्द गरिएपनि नगरले कुनै वास्ता नगरेहको भन्दै भदौ ३१ गते वडाध्यक्ष चौहानले प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेललाई वडाको चाबी बुझाउनु भएको थियो । मंगलबार नगरपालिकाको कार्यालयमा नगर प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विसन राई र वडाका पाँचै जना जनप्रतिनिधि बिच भएको छलफल पश्चात वडाध्यक्ष चौहानलाई प्रमुख प्रशासकीय अधिकृत पौडेलले चाबी बुझाउनु भएको छ । चाबी बुझेसँगै...
तीन वर्षमा खोटाङका १८३ जनाले आत्महत्या गरे, कसरी रोक्न सकिन्छ आत्महत्या ?

तीन वर्षमा खोटाङका १८३ जनाले आत्महत्या गरे, कसरी रोक्न सकिन्छ आत्महत्या ?

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २ । तीन वर्ष भित्रमा खोटाङमा १ सय ८३ जनाले आत्महत्या गरेका छन् । आर्थीक वर्ष २०७६/७७ देखि ०७८/७९ भित्रमा जिल्लाका १ सय ८३ जनाले विभिन्न कारणले आत्महत्या गरेर ज्यान गुमाएका छन् । चालु आर्थीक वर्ष ०७९/८० को दुई महिनामै ९ जनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम बालक रायले आत्महत्या सम्बन्धी तथ्याङक प्रस्तुत गर्दै जिल्लाको तीन वर्षको अवस्था बताउनुभएको हो । रायका अनुसार तीन वर्षमा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र आत्महत्या भएको छ । यस नगरपालिकामा ४१ जनाले आत्महत्या गर्दा सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा ८ जनाले आत्महत्या गरेका छन् । जन्तेढुंगा, साकेला र केपिलासगढी गाउँपालिकामा ११/११ जनाले आत्महत्या गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २३, दिप...
समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबलाई

समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबलाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज १ । खोटाङको दिक्तेलमा सम्पन्न समता खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि बाम्राङ फुटबल क्लबले जीतेको छ । शनिबार सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिका फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउदै बाम्राङले उपाधि आफ्नो पोल्टामा पारेको हो । उपाधिसँगै बाम्राङले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुने साकेला गाउँपालिका फुटबल क्लबले नगद २७ हजार ७ सय ७७ र तेश्रो हुने हलेसी तुवाचुङ फुटबल क्लबले नगद १२ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानकालागि शुक्रबार भएको खेलमा हलेसीले युवा जागरण क्लबलाई २–१ गोल अन्तरले पराजीत गरेको थियो । खेलको सर्वाधिक गोलकर्ता बाम्राङका हरी खवास भएका छन् । यस्तै, साकेलाका जोर्डन राई उत्कृष्ट खेलाडी, बाम्राङका सुजन खड्का सर्वोत्कृष्ट किपर, साकेलाका रामसुर राई उत्कृष्...
वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो, दिक्तेल दोस्रो र रावा बेसी तेस्रो

वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो, दिक्तेल दोस्रो र रावा बेसी तेस्रो

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ ३१ । आर्थीक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको आधारमा हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । वर्ष भरीमा पालिकामा सञ्चालित तथा सम्पादित स्वास्थ्य कार्यक्रमको आधारमा जिल्लाका दश पालिका मध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । अघिल्लो आर्थीक वर्षमा पनि हलेसी तुवाचुङ पहिलो बनेको थियो । जिल्लाको अर्को नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोस्रो र रावा बेसी गाउँपालिका तेस्रो बनेको छ । प्रगतीका आधारमा जिल्लाका अन्य पालिकाहरु त्यसपछि क्रमस रहेका छन् । वर्षभरी जिल्ला एवं पालिकामा सञ्चालित स्वास्थ्य सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षा गर्दै स्वास्थ्य कार्यालयले शुक्रबार कार्यक्रमको आयोजना गरेर पहिलो दोस्रो र तेस्रो हुने पालिकाहरुलाई भिक्ते घडी र प्रमाणपत्रले सम्मान गरेको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईले जान...
ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने

ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार
दावा जाङबु शेर्पा  ओखलढुंगा, भदौ २९ । ओखलढुंगामा एक महिने स्याब्रु प्रशिक्षण तथा तालिम सञ्चालन हुने भएको छ । नेपाल शेर्पा संघ ओखलढुंगाको आयोजनामा जिल्लाको सदरमुकाम तथा सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडामा स्याब्रु सम्बन्धि प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने तयारी भएको संघले जनाएको छ । गाउँको विकास निर्माणदेखि संस्कार तथा संस्कृति संरक्षणको क्षेत्रमा काम गर्दै आएकोे नेपाल शेर्पा संघले शेर्पा जातिको भाषा धर्म कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागेको बताइएको छ । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो कला संस्कृतिलाई भुल्दै गएका कारण स्याब्रु नाँचलाई जोगाइराख्न तालिमको आयोजना गरिएको संघका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो । असोज ९ गतेदेखि सदरमुकाममा सुरुहुने प्रशिक्षण तथा तालिमको सहजिकरण हिमालयन शेर्पा साँस्कृतिक संघका केन्द्रीय सदस्य आङ पुटी शेर्पाले गर्नुहुने अध्यक्ष...
सोलुखुम्बुमा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कामलाई गति दिन माग

सोलुखुम्बुमा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कामलाई गति दिन माग

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज
सुबास दर्नाल सोलुखुम्बु, भदौ २९ । सोलुखुम्बुको गार्मामा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कार्यलाई गति दिन माग गर्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानको ध्यानार्कषण गराएको छ । बजेट अभावमा वर्षौदेखि निर्माण कार्यले गतिलिन नसकेको तथा गुरुयोजना अनुसार काम नभएकाले बजेट व्यवस्थापन गरि गुरुयोजना अनुरुप अघि बढाउन मन्त्रालयलाई ४ बुँदे माग पत्र पेस गरिएको हो । सोमबार वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा जनप्रतिनिधि र सरोकारवालाहरुसँग बसेको बैठकले काममा अत्यन्तै ढिला सुस्ती भएकाले कामको गतिलाई बढाई पर्वतिय कलेज गार्मामा नै सञ्चालन गर्न माग गर्दै माग सहितको ध्यानार्कषण पत्र नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चौलागाईलाई ध्यानाकर्षणपत्र पेस गरिएको छ । माग पत्रमा नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान स्थापना पश्चात प्रतिष्ठानस...
११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ २७ । किरात राई पत्रकार संघ खोटाङको नयाँ कार्य समिति चयन भएको २ दिनमै उपाध्यक्ष र सचिवसहित ७ जनाले सामुहिक राजीनामा दिएका छन् । संघले बिहिबार दिक्तेलमा पाँचौं अधिवेशन गर्दै ११ जनाको नयाँ कार्य समिति चयन गरेको थियो । समिति चयन भएको २ दिन नबित्दै व्यक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले विज्ञप्ती मार्फत शनिबार सामुहिक राजीनामा दिएका छन् । बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिवेशनबाट असल चरित्रलाई किरात राई पत्रकार संघको अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका थिए । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएको बताइएको थियो । त्यसको २ दिनमै उपाध्यक्ष कृष्णकला राई, सचिव योगीन राई, सहसचिव रेमन राई, सदस्यहरु ए...
खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लागेर २४ घण्टा भित्रमा दुई जनाको ज्यान गएको छ । शनिबार राती विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको थियो । २४ घण्टा नबित्दै आइतबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अर्का एक जनाको करेण्ट लागेर ज्यान गएको छ । बुईपास्थित ३३ के.भीको हाइटेन्शन लाइनमा करेण्ट लाग्दा डाँडाखर्कका करीब ३५ वर्षका नगिन्द्र राईको ज्यान गएको छ । बुईपामा विद्युत मर्मत कार्य सकेर फर्कनेक्रममा भर्‍याङ गाडिमा राख्न लिएर जाँदा हाइटेन्शन लाइनको तारमा भर्‍याङले छुएर राईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते राईलाई उपचारकालागि नजिकै रहेको बुईपा स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । मृतक राई दैनिक ज्यालादारीमा ...
करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ । हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।...