Sunday, October 25News That Matters

Banner News 2

सोलुखुम्बुमा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कामलाई गति दिन माग

सोलुखुम्बुमा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कामलाई गति दिन माग

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, समाज
सुबास दर्नाल सोलुखुम्बु, भदौ २९ । सोलुखुम्बुको गार्मामा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कार्यलाई गति दिन माग गर्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानको ध्यानार्कषण गराएको छ । बजेट अभावमा वर्षौदेखि निर्माण कार्यले गतिलिन नसकेको तथा गुरुयोजना अनुसार काम नभएकाले बजेट व्यवस्थापन गरि गुरुयोजना अनुरुप अघि बढाउन मन्त्रालयलाई ४ बुँदे माग पत्र पेस गरिएको हो । सोमबार वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा जनप्रतिनिधि र सरोकारवालाहरुसँग बसेको बैठकले काममा अत्यन्तै ढिला सुस्ती भएकाले कामको गतिलाई बढाई पर्वतिय कलेज गार्मामा नै सञ्चालन गर्न माग गर्दै माग सहितको ध्यानार्कषण पत्र नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चौलागाईलाई ध्यानाकर्षणपत्र पेस गरिएको छ । माग पत्रमा नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान स्थापना पश्चात प्रतिष्ठानस...
११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

११ जनाको समिति बनेको दुई दिनमै ७ जनाले दिए राजीनामा

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, भदौ २७ । किरात राई पत्रकार संघ खोटाङको नयाँ कार्य समिति चयन भएको २ दिनमै उपाध्यक्ष र सचिवसहित ७ जनाले सामुहिक राजीनामा दिएका छन् । संघले बिहिबार दिक्तेलमा पाँचौं अधिवेशन गर्दै ११ जनाको नयाँ कार्य समिति चयन गरेको थियो । समिति चयन भएको २ दिन नबित्दै व्यक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले विज्ञप्ती मार्फत शनिबार सामुहिक राजीनामा दिएका छन् । बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिवेशनबाट असल चरित्रलाई किरात राई पत्रकार संघको अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका थिए । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएको बताइएको थियो । त्यसको २ दिनमै उपाध्यक्ष कृष्णकला राई, सचिव योगीन राई, सहसचिव रेमन राई, सदस्यहरु ए...
खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

खोटाङमा २४ घण्टा भित्रमा करेण्ट लागेर दुई जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लागेर २४ घण्टा भित्रमा दुई जनाको ज्यान गएको छ । शनिबार राती विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको थियो । २४ घण्टा नबित्दै आइतबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अर्का एक जनाको करेण्ट लागेर ज्यान गएको छ । बुईपास्थित ३३ के.भीको हाइटेन्शन लाइनमा करेण्ट लाग्दा डाँडाखर्कका करीब ३५ वर्षका नगिन्द्र राईको ज्यान गएको छ । बुईपामा विद्युत मर्मत कार्य सकेर फर्कनेक्रममा भर्‍याङ गाडिमा राख्न लिएर जाँदा हाइटेन्शन लाइनको तारमा भर्‍याङले छुएर राईलाई करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भिर घाइते राईलाई उपचारकालागि नजिकै रहेको बुईपा स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । मृतक राई दैनिक ज्यालादारीमा ...
करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

करेण्ट लाग्दा पाथेकाका एक व्यक्तिको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । खोटाङमा करेण्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ । विद्युत मर्मत गर्ने क्रममा करेण्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३७ वर्षीय प्रकाश राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । स्थानीय नाखम खोला हाइड्रोपावर विद्युतको जम्पर जोड्न शनिबार करीब साँझ ६ बजे पोलमा चड्दा करेण्ट लागेर राई घाइते भएका थिए । घाईते राईलाई राती उपचारका लागि फेमिली केयर अस्पताल दिक्तेलमा ल्याउदै गर्दा बाटैमा उनको मृत्यु भईसकेको फेमिली केयर अस्पतालले जनाएको छ । हाल मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । मृतक राईको श्रीमती र चार जना सन्तान रहेका छन् ।...
खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

खोटाङ प्रदेश ‘ख’ मा कांग्रेसबाट प्रत्यक्षमा ६ र समानुपातिकमा १२ जनाको नाम सिफारिस

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १८ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय कार्य समितिले आसन्न निर्वाचनकालागि उम्मेद्वारका आकंक्षीहरुको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको समितिको बैठकले आज खोटाङ प्रदेशसभा ‘ख’ का लागि प्रत्येक्षमा ६ जना र समानुपातिकमा १२ जनाको नाम सिफारिस गरेको हो । प्रत्येक्षतर्फ बिष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शक्भु कार्की र पुर्णबहादुर खड्काको नाम सिफारिस भएको छ । यस्तै, समानुपातिकतमा खुल्ला पुरुषतर्फ शहरमान राई र महिलातर्फ कमला राईको नाम सिफारिस गर्दै अन्य आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता के.सी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम पनि समावेश गरेर जिल्ला कार्य समितिलाई पठाएको कांग्रेस प्रदेश ‘ख’ क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । प्रदेशसभा ‘क’ क...
खोटाङका डा. राई लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय सदस्यमा मनोनित

खोटाङका डा. राई लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय सदस्यमा मनोनित

Banner News 2, राजनीति, समाचार
खोटाङ, भदौ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमाको केन्द्रिय सदस्यमा खोटाङका डा. राजकुमार राईलाई मनोनित गर्नुभएको छ । आइतबार ४८ जना सदस्य मनोनयन गर्दा डा. राईको पनि नाम समावेस भएको हो । यसअघि ओमबहादुर घर्तीमगरलाई महासंघको अध्यक्ष मनोनित गर्नुभएका देउवाले आइतबार सदस्यहरु मनोनित गर्नुभएको हो । विधान अनुसार अब १९ जना सदस्यहरु मनोनयन गर्न बाँकी छ। वादी आदिवासी जनजाति महासंघको केन्द्रीय समिति ६८ सदस्यीय रहने व्यवस्था छ । मनोनयन हुनेहरुको सूची १.विश्वदिप लिङदेन, झापा २.जगत बराम, गोरखा ३.तीर्थ लामा, सिन्धुपाल्चोक ४.डा. राजकुमार राई, खोटाङ ५.राम बहादुर लामा, चितवन ६.सुनिल गुरुङ, कास्की ७.कर्म व्यञ्जनकार, ललितपुर ८.धनादेवी थापा मगर, कैलाली ९ .रामजी कङ्रेन, धनकुटा १० .रेनुका काउचा मगर, बागलुङ ११ .शेरबहादुर तामा...
‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन

‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, भदौ १० । नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम खोटाङमा आजबाट औपचारिकरुपमा सुरु भएको छ । कांग्रेसको जिल्ला कार्य समिति खोटाङले पार्टी कार्यालयमा बैठक राखेर कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम लिएर केन्द्रिय प्रतिनिधिहरु प्रत्येक जिल्लामा पुगेका छन् । खोटाङमा केन्द्रबाट प्रतिनिधिकोरुपमा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री तारामान गुरुङ आउनुभएको छ । प्रदेशबाट प्रदेश सभा ‘क’ मा कमला गुरुङ र प्रदेश सभा ‘ख’ मा सबिता राई आउनुभएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको जिल्ला प्रतिनिधि एवं केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । स्थानीय तह निर्वाचनमा कांग्रेस देशमा पहिलो पार्टी बने जस्तै मंसिर ४ गते देशैभर एकैसाथ हुने प्र...
पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

पार्टी प्रतिको अपेक्षा र सुझाव सुन्न खोटाङ कांग्रेस जनताको घरमा जाने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ ७ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । खोटाङ जिल्लाकालागि केन्द्रिय सदस्य तारामान गुरुङलाई खटाइएको छ । केन्द्रिय सदस्य गुरुङ जिल्ला आएपछि १० गते पार्टी कार्यालयमा बैठक बसेर अभियान सुरु गर्ने जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । जसअनुसार ११ गतेबाट जिल्ला घुम्ने कार्यक्रम सुरु हुने सभापति राईको भनाइ छ । ‘केन्द्रिय सदस्य तारामान ज्यु आएपश्चात हामी एक खालको बैठक बस्छौँ । त्यसपछि जिल्लाका सबै पालिकाका हरेक वडामा, हरेक जनताका घरमा पुग्छ...
आँगनमा राखेको पानीको भाँडामा डुबेर बालिकाको मृत्यु

आँगनमा राखेको पानीको भाँडामा डुबेर बालिकाको मृत्यु

Banner News 2, ताजा अपडेट, समाचार, समाज
खोटाङ, भदौ ६ । सोलुखुम्बुमा ३ वर्षीया बालिकाको पानीको भाँडामा डुबेर मृत्यु भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्क स्थित लोक बहादुर भुजेलकी ३ वर्षकी छोरी सौगात भुजेलको पानीको भाँडामा डुबेर मृत्यु भएको हो । भुजेलको आफ्नै आँगनमा राखिएको पानीको भाँडामा डुबेर छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतार दिउँसो भएको यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...
खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिनसक्ने

खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिनसक्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २ । खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिने समय सुरु भएको छ । राष्ट्रिय भूमि आयोगले नेपालका २ सय ४० स्थानीयतहरुका लागि भदौ १ गते सूचना प्रकाशन गरेको छ । जसमा खोटाङका दश वटै स्थानीय तहहरु रहेका छन् । जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा भदौ १ देखि असोज ४ गतेसम्म निवेदन दिनसक्ने आयोगको सूचनामा उल्लेख छ । निवेदन दिन आयोगको केन्द्रिय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्ला कार्यालय खोटाङले बिहिबार (आज) समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा बोल्दै भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले पालिका र वडाहरुमा सहजिकरण समिति निर्माणका लागि ताकेता गरिरहेको बताउनुभएको छ । आयोगको नीति अनुसार सम्बन्धित पालिका प्रमुख संयोजक रहनेगरी पालिका स्त...