Wednesday, April 29News That Matters

Banner News 2

ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा भएको निःशूल्क आँखा शिबिरमा ७८० जनाले सेवा लिएका छन् । निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा ७८० जनाको आँखाको जाँच गर्दा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा १० वर्षीय बालकले पहिलो पटक आँखा देखेका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल जन्मजात मोतियाविन्दुको समस्याबाट पिडित थिए । जन्मदै दुबै आँखाको दृष्टि धमिलो भएका खुलाल अरुको साहरामा हिँडडुल गर्थे । स्वर सुनेर आफन्तलाई चिन्थे । अरुले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे । नदेखेर लरबरिँदै हिँड्ने लालकुमारको आँखामा शल्यक्रियापछि ज्योती खुलेको छ । उनि अहिले आफै हिड्न सक्ने भएका छन...
बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २३ । बराहपोखरी गाउँपालिकाको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ मौवाबोटेले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ पौवासेरालाई पेनाल्टीमा हराउदै मौवाबोटेले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले पौवासेरालाई हराउदै मौवाबोटेले उपाधि जितेको हो । उपाधिसँगै मौवाबोटेले नगद ४० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पौवासेराले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो हुने वडा नम्बर ४ फाक्टाङ र वडा नम्बर १ बराहपोखरीले क्रमस नगद २० र १० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । यस्तै, विद्यागततर्फ उत्कृष्ट गोलकिप्परमा पौवासेराका किरण राई, उत्कृष्ट मिट...
डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २१ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बिहिबार नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनसँगै बिहिबार बाटै स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । खोप केन्द्रको भवनलाई अपग्रेड गरेर आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गरिएको उहाँको भनाइ छ । हाल एक जना अहेव खटाइएको रातमाटे शहरी स्वास्थ्य केन्द्रमा आवश्यकताका आधारता जनशक्ति थप्ने नगरपालिकाले जनाएको छ । गाउँमै आधारभुत स्वास्थ्य उपचार पाउने भएपछि सामान्य स्वास्थ्य उपचारका लागि करीब तीन घण्टाको बाटो हिडेर दाम्ली पुग्नु पर्ने समस्याको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका छन् । डिकुवाको साविक १,२ र ३ नम्बरका स्थानीयले उक्त केन्द्रबाट स्वास्थ्य उपचार ...
गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान चलाएको छ । अधिकांश गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएपछि गाउँपालिकाले खोप अभियान चलाएको हो । पालिका भित्रका ६ वटै वडाका किसानले पालेको गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, र्‍याल काड्ने लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको पालिकाका पशु शाखा प्रमुख आशिस बन्जराले बताउनुभयो । उक्त रोगको हालसम्म खोप पत्ता नलागे पनि पशुको लक्षणसँग मिल्दोजुल्दो औषधि उपचार गरिरहेको उहाँको भनाइ छ । किसानको घरसम्म पालिकाबाट पशु प्राविधिक पुगेर खोप लगायतको औषधि उपचार गर्ने कार्य भइरहेको छ । हालसम्म सबै वडाका ५ सय २५ गाईगोरुलाई खोप लगाइएको पशु शाखा प्रमुख बन्जराले बताउनुभयो । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा...
जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख ७ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खोटाङ जिल्लास्तरीय भलिबल टिममा रावा बेसी गाउँपालिकाका ४ जना खेलाडी छनोट भएका छन् । ४ जना मध्ये ३ जना वडा नम्बर १ कुभिण्डेका रहेका छन् । गत चैत २८ देखि वैशाख १ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट एउटै पालिकाका ४ जना खेलाडी छनोटमा परेका हुन् । वैशाख ११,१२ र १३ गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । जसकालागि जिल्लास्तरीय छनोट खेलमा भलिबल छात्रतर्फ ९ जना छनोट भएका छन् । ९ जनामा रावा बेसी गाउँपालिकाका ४ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना, दिप्रुङ चुइचुम्मा, साकेला र केपिलासगढी गाउँपालिकाका १÷१ जना रहेका छन् । छनोट हुने खेलाडीहरु सन्तोष पाण्डे (रावाबेसी–४), दिनेश भुजेल, केशव भुजेल र सविन श्रेष्ठ (रावाबेसी–१), किशन कटुवाल र धगिन्द्र राई (हलेसी तुवाचुङ), इश्वर विश्वकर्मा (दिप्रुङ चुइचुम्मा), कविराज खत्री (साकेला) ...
नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा इन्द्र कसजु दोहोरिनु भएको छ । बुधबार सम्पन्न संघको पाचौँ जिल्ला सभा तथा अधिवेशनबाट कसजु सभापतिमा पुनः निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्य नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणि सोभा राई, लक्ष्मी दास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेख बहादुर खड्का (विनोद) सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत एवं संघका प्रदेश सभापति श्याम सुन्दर उदाशले जानकारी दिनुभयो । यसैबिच, जिल्ला सभा तथा अधिवेशनको अवसरमा नेत्र ज्योति संघ खोटाङले पत्रकार दमन राई र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ । ...
नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

नेपाल नेत्र ज्योति संघद्धारा पत्रकार दमन राई सम्मानित

Banner News 2, Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सकृय खोटाङका पत्रकार दमन राई सम्मानित हुनुभएको छ । आफ्नो पाचौँ जिल्ला सभा तथा अधिवेशनको अवसरमा बुधबार नेपाल नेत्र ज्योति संघ खोटाङले पत्रकार राईलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, विशिष्ट अतिथि प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्याम सुन्दर उदाशले दोसल्ला ओढाएर सम्मान पत्रले पत्रकार राईलाई सम्मान गर्नु भएको हो । जिल्लाको आँखा सेवाका महत्वपुर्ण पक्षलाई उजागर गर्ने समाचारलाई स्थानीय देखि अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेलेको महत्वपुर्ण भूमिकाको उच्च मुल्याङकन गर्दै पत्रकार राईलाई सम्मान गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो । २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल राई हाल नेपाल वाइड डटकमको सम्पादकसँगै, ग्यालेक्सी फोरके टेलिभिजन र हिमाल खबरकामा आवद्ध ...
छुवाछुत अन्त्यका लागि खोटेहाङमा सहभोज कार्यक्रम

छुवाछुत अन्त्यका लागि खोटेहाङमा सहभोज कार्यक्रम

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २८ । खोटाङको खोटेहाङ गाउँपालिकामा छुवाछुत अन्त्यका लागि सहभोजको आयोजना गरिएको छ । वडा नम्बर १ लिकुवापोखरी र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लिकुवापोखरीको संयुक्त आयोजनामा सोमबार सहभोजको आयोजना गरी सबैले एकै ठाउँमा सँगै बसेर खाना खाएका छन् । देशमा जातीय विभेद विरुद्धमा कानून बनेता पनि व्यवहारमा अझै लागू नभएका कारण छुवाछुतमुक्त समाज निर्माणमा टेवा पु¥याउन सहभोजको आयोजना गरिएको बताइएको छ । ‘दलित समुदायले छोएको खान हुन्न’ भन्ने अन्धबिश्वास तोड्ने प्रयास स्वरुप सर्वसाधारणदेखि गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई लगायतको सहभागीतामा सहभोज गरिएको युवराज कालिकोटेले बताउनुभयो । सहभोजमा विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पालिका तथा वडा स्तरिय नेता, शिक्षक, कर्मचारी, बुद्धिजिवी, सर्वसाधारण दलित र गैर–दलित गरी १५० जनाको सहभागीता...
रावा बेसीका लिचीमा देखा परेका किरा नियन्त्रण गर्न कृषकलाई स्प्रेयर र विषादी प्रदान

रावा बेसीका लिचीमा देखा परेका किरा नियन्त्रण गर्न कृषकलाई स्प्रेयर र विषादी प्रदान

Banner News 2, अर्थ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २७ । कृषकको दरिलो आम्दानीको स्रोत रहेको लिचीमा विभिन्न प्रकारका किराको प्रकोप देखिन थाले पछि रावा बेसी गाउँपालिका त्यसको नियन्त्रणमा जुटेको छ । पालिका भित्रका अधिकांश क्षेत्रमा उत्पादन भइरहेको लिची फललाई प्रवद्र्धन गरिरहेको पालिकाले देखा परेका किरा नियन्त्रणका लागि कृषकलाई स्प्रेयर र विषादी प्रदान गरेको हो । चैत ७ गते बाली संरक्षण प्रयोकशाला विराटनगर, कृषि ज्ञानकेन्द्र खोटाङ, रावा बेसी गाउँपालिका लगायतको विज्ञ टोलीको अनुगमनले लिचीमा माइट, बोरर, पतेरो जस्ता किराको प्रकोप रहेको समस्या पहिचान गरेको थियो । उक्त किराको नियन्त्रणका लागि सोमबार कृषकलाई ४ थान पावर स्प्रेयर सहितको सेट, ६ सय बोतल विषादी, ५० बोतल सुक्ष्मखाद्य तत्व लगायतको सामाग्री ४ वटा कृषक समुहला्ई प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो । प्रदान गरिएको सामाग्रीले किरा नियन्त्रण गर्न फिल्डमै ग...
कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

कार्यकर्ता परिचालन गरी सांसद पाँचकर्णलाई दुर्व्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेको आपत्ति

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत २६ । खोटाङ प्रदेश सभा ‘क’ का सांसद पाँचकर्ण राई (पि.के) लाई पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी दुव्र्यवहारको दुष्प्रयास गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । सांसद तथा एमालेका नेता राईलाई प्रदेश नामकरणको विषयलाई लिएर केही जनप्रतिनिधिको संलग्नतामा पार्टीका कार्यकर्ताद्धारा दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको इसारामा योजनाबद्ध ढंगले जिल्ला सभाको रोस्टम प्रयोग गरेर आक्रण गरिएको एमालेको आरोप छ । प्रदेश नामकरणको निर्णय प्रक्रियामा भाग लिएका राजनीतिक दलकै नेता तथा जनप्रतिनिधिको इसारामा एमालेबाट निर्वाचित सांसदलाई मात्र एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गरिएको प्रति घोर भ्रत्र्सना गरिएको एमालेले निकालेको विज्ञप्तिमा उल्लेख छ । जिल्ला समन्...