Monday, October 26News That Matters

Banner News 2

केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङको केपिलासगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई मंगलबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्ने १३ प्रकारका खोप केपिलासगढी गाउँपालिका भित्रका सबै बालबालिकाले लगाएसँगै मंगलबार जिल्ला समन्वय प्रमुख सन बहादुर राई, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिक्देलले गाउँपालिका अध्यक्ष समिर राईलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । घर सर्वेक्षणमा गाउँपालिकाका धेरै बालबालिका खोप लगाउन छुटेको पाइएको छ । उक्त छुटेका बालबालिकालाई यो वर्ष गाउँपालिकाले सबै मात्राको खोप दिएको जनाएको छ । ० देदि १५ महिनासम्मका २ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र १ जनाको बीचैमा छुटेको पाइएको थियो । उन...
अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

अनेरास्ववियुको जिल्ला सम्मेलन असोजमा, संयोजकमा खड्का र सह–संयोजकमा उपरकोटी

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको खोटाङ जिल्ला सम्मेलन आगामी असोजमा हुने भएको छ । मंगलबार बसेको अनेरास्ववियुको बैठकले २४ औं जिल्ला सम्मेलन असोजको पहिलो साता गर्ने निर्णय गरेको हो । मंगलबारको बैठकलले जिल्ला सम्मेलनको लागि आयोजक कमिटिसमेत गठन गरेको छ । कमिटिको संयोजकमा अनेरास्ववियु खोटाङका वर्तमान उपाध्यक्ष यम खड्का र सह–संयोजकमा सचिव विष्णु उपरकोटी रहेका छन् ।...
अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण

अपाङ्गता भएका ब्यक्तिहरुलाई खोटाङमा कानुनी व्यवस्था सम्बन्धि अभिमुखीकरण

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १६ । खोटाङका अपाङ्गता भएका ब्यक्तिहरुलाई कानुनी व्यवस्था र कार्यान्वयन प्रक्रिया विषयमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दिक्तेलमा २ दिनसम्म सञ्चालन हुने कार्यक्रमको मंगलबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको बिध्यमान कानुनी व्यवस्था र त्यस्को कार्यान्वयनको अवस्थाको विषयमा अभिमुखीकरण गरिने बताइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा सुरु भएको कार्यक्रममा जिल्लाका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको छ । अभिमुखीकरण पश्चात अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो कानुनी अधिकार बुझ्ने र आवाज उठाउने आयोजकको विश्वास छ । कार्यक्रममा दश वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष, महिला तथा बालबालिका शाखाहरुलाई बोलाइएको भए पनि केही पालिकाका महिला शाखाका प्रतिनिधिहरुको मात्र ...
साम्सिङ भञ्ज्याङका माने पुनर्निमार्ण सुरू

साम्सिङ भञ्ज्याङका माने पुनर्निमार्ण सुरू

Banner News 2, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज
दावा जाङ्बु शेर्पा, खिजीदेम्बा जेठ, १३ । सोलुखुम्बुस्थित पर्यटकीय पिके क्षेत्रका मानेहरुको पुनर्निमार्ण सुरु भएको छ । प्रचीनकालमा निर्माण भएको साम्सिङ भञ्ज्याङका मानेका पर्खालहरुको मर्मत तथा पुनर्निमाण सुरु भएको हो । ५३८ फिट लम्बाई, ४ फिट चौडाइ र ४ फिट ८ इन्च उचाइको लामो ऐतिहासिक धार्मिक सम्पदाका मानेहरु मर्मत थालिएको हो । बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १६ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिनुभयो । स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङसँगको समन्वयमा मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउनुभयो । माने निर्माण कार्य सुरु भैसकेको र १०...
ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

ऐसेलुखर्क आँखा शिबिरमा ७८० जनाले लिए सेवा, १० वर्षीया बालकले पहिलो पटक आँखा देखे

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ ६ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा भएको निःशूल्क आँखा शिबिरमा ७८० जनाले सेवा लिएका छन् । निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा ७८० जनाको आँखाको जाँच गर्दा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जेठ ४ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिबिरमा १० वर्षीय बालकले पहिलो पटक आँखा देखेका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल जन्मजात मोतियाविन्दुको समस्याबाट पिडित थिए । जन्मदै दुबै आँखाको दृष्टि धमिलो भएका खुलाल अरुको साहरामा हिँडडुल गर्थे । स्वर सुनेर आफन्तलाई चिन्थे । अरुले हातमा समाएर डोराइरहँदा आँखा हातले छोपेर हिँड्थे । नदेखेर लरबरिँदै हिँड्ने लालकुमारको आँखामा शल्यक्रियापछि ज्योती खुलेको छ । उनि अहिले आफै हिड्न सक्ने भएका छन...
बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

बराहपोखरीको वडा स्तरीय फुटबलको उपाधि मौवाबोटेलाई, पौवासेरा दोस्रो

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २३ । बराहपोखरी गाउँपालिकाको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ मौवाबोटेले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ पौवासेरालाई पेनाल्टीमा हराउदै मौवाबोटेले उपाधि उचालेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा ४–२ गोल अन्तरले पौवासेरालाई हराउदै मौवाबोटेले उपाधि जितेको हो । उपाधिसँगै मौवाबोटेले नगद ४० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको पौवासेराले नगद ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो र चौथो हुने वडा नम्बर ४ फाक्टाङ र वडा नम्बर १ बराहपोखरीले क्रमस नगद २० र १० हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । यस्तै, विद्यागततर्फ उत्कृष्ट गोलकिप्परमा पौवासेराका किरण राई, उत्कृष्ट मिट...
डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख २१ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको दुर्गम क्षेत्र रातमाटेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बिहिबार नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटनसँगै बिहिबार बाटै स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो । खोप केन्द्रको भवनलाई अपग्रेड गरेर आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गरिएको उहाँको भनाइ छ । हाल एक जना अहेव खटाइएको रातमाटे शहरी स्वास्थ्य केन्द्रमा आवश्यकताका आधारता जनशक्ति थप्ने नगरपालिकाले जनाएको छ । गाउँमै आधारभुत स्वास्थ्य उपचार पाउने भएपछि सामान्य स्वास्थ्य उपचारका लागि करीब तीन घण्टाको बाटो हिडेर दाम्ली पुग्नु पर्ने समस्याको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका छन् । डिकुवाको साविक १,२ र ३ नम्बरका स्थानीयले उक्त केन्द्रबाट स्वास्थ्य उपचार ...
गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न बराहपोखरीमा खोप अभियान

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १९ । खोटाङको बराहपोखरी गाउँपालिकाले गाईगोरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान चलाएको छ । अधिकांश गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएपछि गाउँपालिकाले खोप अभियान चलाएको हो । पालिका भित्रका ६ वटै वडाका किसानले पालेको गाईगोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, र्‍याल काड्ने लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको पालिकाका पशु शाखा प्रमुख आशिस बन्जराले बताउनुभयो । उक्त रोगको हालसम्म खोप पत्ता नलागे पनि पशुको लक्षणसँग मिल्दोजुल्दो औषधि उपचार गरिरहेको उहाँको भनाइ छ । किसानको घरसम्म पालिकाबाट पशु प्राविधिक पुगेर खोप लगायतको औषधि उपचार गर्ने कार्य भइरहेको छ । हालसम्म सबै वडाका ५ सय २५ गाईगोरुलाई खोप लगाइएको पशु शाखा प्रमुख बन्जराले बताउनुभयो । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो ठाउँमा...
जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

जिल्लास्तरीय भलिबलमा रावा बेसीका ४ खेलाडी छनोट, एउटै वडाका तीन जना

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार
खोटाङ, वैशाख ७ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट खोटाङ जिल्लास्तरीय भलिबल टिममा रावा बेसी गाउँपालिकाका ४ जना खेलाडी छनोट भएका छन् । ४ जना मध्ये ३ जना वडा नम्बर १ कुभिण्डेका रहेका छन् । गत चैत २८ देखि वैशाख १ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट एउटै पालिकाका ४ जना खेलाडी छनोटमा परेका हुन् । वैशाख ११,१२ र १३ गते सुनसरीको इटहरीमा प्रदेशस्तरीय छनोट प्रतियोगिता हुँदैछ । जसकालागि जिल्लास्तरीय छनोट खेलमा भलिबल छात्रतर्फ ९ जना छनोट भएका छन् । ९ जनामा रावा बेसी गाउँपालिकाका ४ जना, हलेसी तुवाचुङ नगरपालिकाका २ जना, दिप्रुङ चुइचुम्मा, साकेला र केपिलासगढी गाउँपालिकाका १÷१ जना रहेका छन् । छनोट हुने खेलाडीहरु सन्तोष पाण्डे (रावाबेसी–४), दिनेश भुजेल, केशव भुजेल र सविन श्रेष्ठ (रावाबेसी–१), किशन कटुवाल र धगिन्द्र राई (हलेसी तुवाचुङ), इश्वर विश्वकर्मा (दिप्रुङ चुइचुम्मा), कविराज खत्री (साकेला) ...
नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित

नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा पुनः इन्द्र कसजु निर्वाचित

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २९ । नेपाल नेत्र ज्योति संघ खोटाङको सभापतिमा इन्द्र कसजु दोहोरिनु भएको छ । बुधबार सम्पन्न संघको पाचौँ जिल्ला सभा तथा अधिवेशनबाट कसजु सभापतिमा पुनः निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले कसजुको नेतृत्वमा १३ सदस्य नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणि सोभा राई, लक्ष्मी दास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेख बहादुर खड्का (विनोद) सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत एवं संघका प्रदेश सभापति श्याम सुन्दर उदाशले जानकारी दिनुभयो । यसैबिच, जिल्ला सभा तथा अधिवेशनको अवसरमा नेत्र ज्योति संघ खोटाङले पत्रकार दमन राई र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको छ । ...