Monday, August 31News That Matters

Banner News 3

खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

खोटाङमा अरिङगालको टोकाइबाट एकको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २८ । अरिङगालको टोकाइबाट खोटाङमा एक युवकको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २६ वर्षीय बिनोद ठटालको आज अरिङगालको टोकाइबाट मृत्यु भएको हो । आज बिहान ७ बजे बाटोमा हिड्ने क्रममा गोलाबाट निस्केको अरिङगालले टोक्दा उनको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनीसगै हिड्दै गरेका सोही ठाउका २५ वर्षीया सर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। सर्मिला भने उपचारपछि घर फर्केका छ्न, नैनसिंको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।...
जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

जिल्ला अस्पताल : शल्यक्रिय मार्फत प्रसूति गराउन एक महिना पछि पुनः सुरु

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २७ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया मार्फत प्रसूति गराउन एक महिना पश्चात पुनः सुरु भएको छ । कर्मचारी बिरामी भएको भन्दै अस्पतालले भदौ २६ गते बन्द गरेको सेवा असोज २७ गते (आज) बाट पुनः सञ्चालनमा ल्याएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि उक्त सेवा बन्द गरिएको अस्पतालले जनाएको थियो । कर्मचारी अभावमा सेवा बन्द भएको सूचना अस्पतालले प्रकाशन गरेपनि आकस्मिक रुपमा आएका बिरामीहरुको उपचार गर्दै आएको अस्पतालका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । आजबाट भने नियमित सेवा सुरु भएको उहाँको भनाइ छ ।...
खोटाङ : प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनाव भिड्दै

खोटाङ : प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनाव भिड्दै

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २६ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा खोटाङको ३ पदकालागि २२ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनावी मैदानमा उत्रिएका हुन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामवली अनुसार जिल्लामा २२ जना उम्मेद्वारहरु कायम रहेका हुन् । प्रतिनिधि सभामा ९ जनाको उम्मेद्वारी दर्ता भएकोमा पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सर्वधन राईले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएसँगै ८ जनाको प्रतिस्पर्धा हुने भएको हो । जिल्लाबाट प्रतिनिधिसभामा गठबन्धनबाट (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’, नेकपा एमालेबाट विशाल भट्टराई, जनता समाजवादी पार्टी(जसपा)बाट डा. कृष्णकुमार राई ‘केके’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मङ्गोल नेशनल अर्...
केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज २५ । खोटाङको केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष समिर राईका अनुसार प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुको प्रोत्साहनका लागि कुनै खेलकुद कार्यक्रमको अवसर पारेर पुरस्कृत गरिने राईको भनाइ छ । प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले किङ फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी ग...
भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

भुपेन्द्र राईलाई समर्थन, संघ र प्रदेस ‘क’ मा कांग्रेसले दियो छुट्टै उम्मेद्वारी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २३ । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी दर्ता गराएको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर पत्रको कुनै वास्ता नभएपछि जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतको समर्थनमा पुर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन...
खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

खोटाङ प्रतिनिधि सभामा विशाललाई टिकट, प्रदेशमा पि.के राई र राम दंगाल

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असोज २१ । एक मात्र प्रतिनिधि सभा रहेको खोटाङमा विशाल भट्टराईलाई एमालेले टिकट दिएको छ । २०७४ को चुनावमा एमालेबाट बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराई भारी मत पाएर विजयी भएका थिए । पार्टीको संसदीय दलका प्रमुख सचेतकसमेत बनेका भट्टराईलाई पुनः चुनाव लड्न एमालेले टिकट दिएको एमालेका एक नेताले बताए । यस्तै, प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पि.के) लाई पार्टीले टिकट दिएको छ । ०७० सालको चुनावमा सोही क्षेत्रबाट विजयी भएका राईलाई ०७४ को चुनावमा पार्टीले विश्राम दिएको थियो । प्रदेश सभा ‘ख’ मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका राम दंगालले टिकट पाएका छन् । जिल्लाबाट एकल सिफारिस भएका दंगाललाई टिकट दिने फाइनल भएको एमालेका एक नेताले बताए ।...
पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अघि सारेको हो । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पर्यटकहरुलाई हलेसीको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाकासाथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइए...
खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ६ । चलचित्र ‘संघार’ खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ । लेखक तथा साहित्यकार प्रयास दुमी राईनिर्देशित संघार दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको बताइएको छ । चलचित्र दशैंलाई छेको पारेर खोटाङ, उदयपुर र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको माक्पा, नोरूङ, जलेस्वरी लगायत आसपासका विद्यालयमा, खोटाङकै जन्तेढुंगा गाउँपालिकामा प्रदर्शन गरिने निर्देशक दुमीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टार बसाहा र भोजपुरको अन्नपूर्ण पानधारे दावा, भोजपुर पाङ्खाङ, चखेवा लगायतका स्थानहरुमा प्रदर्शन गरिने उहाँको भनाइ छ । पुर्वका विभिन्न स्थानमा प्रदर्शन पश्चात चलचित्र संघीय राजधानी काठमाडौँ साथै अन्य देशशरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनिशा...
लैनसिं बाङ्देलको प्रतिमा स्थापना गर्ने किरात राई यायोक्खा खोटाङको घोषणा

लैनसिं बाङ्देलको प्रतिमा स्थापना गर्ने किरात राई यायोक्खा खोटाङको घोषणा

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असोज ६ । किरात राई यायोक्खा खोटाङले चर्चित साहित्यकार लैनसिं बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने भएको छ । बिहिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै यायोक्खाले नयाँ कार्य योजना प्रस्तुत गरको हो । जसमा बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने योजना पनि यायोक्खाले बनाएको घोषणा गरिएको छ । नाछिरिङ राई थर भएका लैनसिंह बाङ्देलको पुख्र्यौली थलो ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलमा पर्छ । जिल्ला सदरमुकाम दिक्तेलमा करीब ६७ सालतिर साहित्यकार लैनसिं बाङदेलको प्रतिमा राख्ने भनेर ल्याइएको थियो । तर भित्र्याइएको सात वर्षसम्म पनि प्रतिमा राख्न कसैले वास्ता नगरेपछि पुख्र्यौली घर राखाबाङदेलमा आफन्तले लगेको बुझिएको छ । अहिले किरात राई यायोक्खाले सदरमुकाममा प्रतिमा स्थापन गर्ने घोषणा गरेको छ । कहाँ स्थापना गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँगको छलफल पश्चात टुंगीने न...
६ महिना अघि तामझामकासाथ उद्घाटन गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

६ महिना अघि तामझामकासाथ उद्घाटन गरिएको चिस्यान केन्द्र अझै सञ्चालनमा आएन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ५ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार)का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेनको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दापनि सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या रहेको भन्दै चिस्यान केन्द्र उद्घाटनमा सबैले खुशी व्यक्त गरेका थिए । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको प्रतिनिधिसभा सांसद विशाल भट्टराई, तत्कालिन नगर प्रमुख दिप नारायण रिजाल, उपप...