Sunday, August 30News That Matters

Banner News 3

नगरले निर्माण गरेको सपिङ कम्प्लेक्सको जग्गा अहिलेसम्म अर्कैको नाममा

नगरले निर्माण गरेको सपिङ कम्प्लेक्सको जग्गा अहिलेसम्म अर्कैको नाममा

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २५ । दिक्तल रुपाकोट मझुवागढी नगरपालिकाले आन्तरीक स्रोतकारुपमा चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स निर्माण गरेर गत फागुन ३ गते तामझामकासाथ उद्घाटन गर्यो । भवनको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, झट्ट हेर्दा संरचना नगरपालिकाको गतिलो आम्दानीको स्रोत बन्नेमा ढुक्क हुनुपर्ने जस्तो । अझ सपिङ कम्प्लेक्सको पछाडिको भागमा तयार भएको केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचनाले सुनमा सुगन्ध थपिएको भने जस्तै देखिन्थ्यो । नगरले निर्माण गरेको उक्त संरचनाको चौतर्फी तारिफसमेत भएको थियो । विडम्बना उक्त चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्स अहिले विवादै विवादमा फसेको छ । निर्माण सम्पन्न भएको ६ महिना नबित्दै वर्षाले संरचना भासिएपछि केही समय अगाडि विवादमा आएको कम्प्लेक्सको जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको खुलेको छ । नगरपालिकाले आफ्नो आन्तर...
चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

चुनावमा माओवादीसँग गठबन्धन हुनसक्छ : एमाले स्थायी कमिटि सदस्य गौतम

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन २५ । नेकपा एमालेका स्थायी कमिटि सदस्य राजेन्द्र गौतमले आगामि चुनावमा नेकपा माओवादीसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस चौतारी खोटाङले बुधबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मंसिर ४ गते देशभर एकै पटक हुने संघीय र प्रदेश सभाको चुनावमा प्रगतिसिल, लोकतान्त्रीक र देशभक्त राजनीतिक पार्टी तथा संगठनसँग मिलेर एमाले जाने निर्णय भएको गौतमले बताउनुभयो । कांग्रेसको नेतृत्वमा समाजवादमा नपुगिने भन्दै नेपालमा वामपन्थीहरु एक हुनुपर्ने गौतमको भनाइ छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री स्विकारेर एमालेले माओवादीसँग गठबन्धन गर्नेहोलानी भन्ने पत्रकारको प्रश्नमा कोही व्यक्तिलाई प्रधानमन्त्री स्विकारर्न नसकिने तर माओवादीसँग गठबन्धन हुन सक्ने स्थिायी कमिटि सदस्य गौतमको जफाव छ । गौतमले भन्नुभयो, “कोही व्यक्तिलाई चुनाव अगाडिनै ...
खोटाङमा पुनः कोरोना देखियो, २१ जनामा संक्रमण पुष्टि

खोटाङमा पुनः कोरोना देखियो, २१ जनामा संक्रमण पुष्टि

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २४ । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९) देखिन थालेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ३६ प्रतिशतमा संक्रमण देखिएको हो । जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाका अनुसार हिजोसम्म गरिएको ४४ जनाको परीक्षणबाट १५ जनामा संक्रमण देखिएको थियो । मंगलबार (आज) १४ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरुलाई होम आइसोलेशनमा राखिएको ड. लामाले बताउनुभयो । कोरोनाको लक्षण देखिनथालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण सुरु भएको छ । सबै स्थानीय तहको तथ्यांक भने आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनुभयो । देशभर ५ हजार बढी सक्रिय संक्रमित नेपाल भर पछिल्लो...
जालपाका पहिरो पीडितलाई रेडक्रसको राहत, नगरले प्रत्येक परिवारलाई २० हजार दिने

जालपाका पहिरो पीडितलाई रेडक्रसको राहत, नगरले प्रत्येक परिवारलाई २० हजार दिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१२ जालपाका १३ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी खोटाङले राहत प्रदान गरेको छ । गत असार १७ गते गएको पहिरोले बिस्तापीत परिवारलाई सोमबार जालपा वडाकार्यालयमा पुगेर रेडक्रसले गैर खाद्य सामाग्रीको सेट राहत प्रदान गरेको हो । पहिरोले घर बगाएका एवं घर उच्च जोखिममा परेका जालपाका ९ घरपरिवार अहिले घर नजिकै बारीमा वडाले प्रदान गरेको त्रिपाल टागेर बसिरहेका वडाध्यक्ष दान बहादुर राईले बताउनुभयो । पहिरोले बिस्तापीत भएका प्रत्येक ९ परिवारलाई १ थान त्रिपाल, २ थान कम्बल, १ थान भाँडा सेट, एउटा बाल्टिन, २ थान सारी, कपडा, डोरी, १ थान हाइजिन किट (सरसफाइका सामान) प्रदान गरिएको हो । बाकी सामान्य क्षति भएका चार परिवारलाई १ थान त्रिपाल प्रदान गरिएको रेडक्रस सभापति ज्ञानेन्द्र जोसीले बताउनुभयो । राहत पाउनेमा जालपास्थित साबालुङ, खरबारी, घलेगाउँ, लम्बर्खुका स्थानीयहरु...
खोटाङमा सुरु भयो अक्सिजन उत्पादन

खोटाङमा सुरु भयो अक्सिजन उत्पादन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त समस्याको अन्त्य भएको हो । प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषा देवि श्रेष्ठले बताउनुभयो । “४ सय भोल्टेज भन्दा माथी विद्युतको आवश्यक पर्छ तर, सधै आवश्यक अनुसार भोल्टेज आउदैन । त्यसैले जेनेरेटर जडान गरिएको छ । अहिले अक्सिजन उत्पादनमा समस्या छैन ।” टेक्निसियन श्रेष्ठले भन्नुभयो । प्लान्टले एक दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उहाँको भनाइ छ । प्लान्ट निर्माणभएसँगै जिल्लामा अब अक्सिजनको कुनै समस्या नहुने जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । “यस अगाडि अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं, बिराटनगर जानुपर्ने बाध्यता थियो । कोरोना भाइरस (कोभिड–१९) फैलिए...
प्रसूति व्यथाले गम्भीर वराहपोखरीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

प्रसूति व्यथाले गम्भीर वराहपोखरीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन २२ । खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । वराहपोखरी गाउँपालिका–१, भिरगाउँकी गर्भवती विष्णा मगरको आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था गम्भीर बनेकी उनलाई जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टर झिकाउन लगाएर भिरगाउँबाटै उद्धार गरिएको वराहपोखरी–१, वराहपोखरीका वडा अध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । “बर्थिङ सेन्टरमा उहाँ सुत्केरी हुन सक्नुभएन । स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएको थियो,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “त्यसपछि तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखालाई जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकप्टर झिकाउन भन्यौं र उहाँको उद्धार भयो।” सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गर...
खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २० । खोटाङमा सम्बन्ध विच्छेद गर्नेहरु दुई वर्षको अन्तरालमा दोब्बरले बढेका छन् । आर्थीक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थीक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेद गर्नेहरु दोब्बरभन्दा बढीले बढेका हुन् । जिल्ला अदालत खोटाङको तथ्याङ्क अनुसार आर्थीक वर्ष २०७६/०७७ मा ७० वटा मुद्दा परेका थिए । जसमा ३५ वटा मुद्दा फछ्र्यौट भएको छ । आर्थीक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दिए । जसमा ३४ वटा फछ्र्यौट भएको छ । जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बृद्धि भइरहेको छ । गत आर्थीक वर्ष २०७८/०७९ मा यो संख्या ह्वात्तै बढेको छ । विभिन्न कारण देखाउदै सम्बन्ध विच्छेद सम्बन्धि १ सय ८४ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३८ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत खोटाङको प्रशासन शाखामा कार्यरत नायब सुब्बा सोनाम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतमा उक्त आर्थीक ...
खोटाङका डिएसपी लम्सालको सरुवा, नयाँ डिएसपीमा मञ्जिल मुकारुङ

खोटाङका डिएसपी लम्सालको सरुवा, नयाँ डिएसपीमा मञ्जिल मुकारुङ

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन २० । खोटाङका डिएसपी उमेश लम्सालको सरुवा भएको छ । बिगत १३ महिनादेखि जिल्ला प्रहरी कार्यालय खोटाङको प्रमुखमा कार्यरत डिएसपी लम्सालको सरुवा भएको हो । नयाँ डिएसपीमा मञ्जिल मुकारुङ आउनुहुने भएका छन् । आज एकै दिन नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उहाँहरुको काज सरुवा गरेको हो । खोटाङका डिएसपी लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय  विशेष ब्युरोबाट सरुवा भएर डिएसपी मुकारुङ खोटाङ आउनुहुने भएको हो । डीएसपीहरूको सरुवा सूची हेर्नुहोस् : ...
नागरिकलाई सहजरुपमा सेवा दिनु आफ्नो प्रमुख दायित्व, सिडिओ सेडाई

नागरिकलाई सहजरुपमा सेवा दिनु आफ्नो प्रमुख दायित्व, सिडिओ सेडाई

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन १९ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाईले नागरिकलाई सहजरुपमा सेवा दिनु आफ्नो पहिलो दायित्व रहेको बताउनुभएको छ । केही समय अगाडि खोटाङ आउनुभएका सिडियो सेडाईले जिल्ला प्रशासन कार्यालयमा आज भएको पत्रकारसँग परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । खोटाङका तत्कालिन सिडिओ फडिन्द्र दाहालको सरुवा पश्चात असार ३० गते नयाँ सिडिओकारुपमा सेडाई आउनुभएको छ । आफ्नो प्रमुख कार्य सहजरुपमा सेवा प्रवाह गर्नु, सुशासन कायम गर्नु रहेको उहाँले बताउनुभयो । “हामी काम गर्न बसेका मान्छे हौँ, हामी ठालु पल्टिएर बस्ने मान्छे हैनौँ, जुन सुकै कार्यालयमा सेवाग्राहि सम्पुर्ण प्रक्रिया पुराएर आएको छ भने उसको काम हुनुपर्छ । किनकी उसको त्यो अधिकार हो ।” सेडाईले भन्नुभयो । हरेक विपतको समयमा बाटो, विद्युत, टेलिफोन, खाद्यन्य, पानी, औषधी लगायत अत्यावश्यक सामाग्रीहरुको सहज आपुर्तीकालागि सधै प्रयास गर्न...
खोटाङ : सुतिरहेको अवस्थामा २८ वर्षिय पुरुष मृत फेला

खोटाङ : सुतिरहेको अवस्थामा २८ वर्षिय पुरुष मृत फेला

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, साउन १९ । खोटाङको सदरमुकाम दिक्तेलमा सुतिरहेको अवस्थामा २८ वर्षिय पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३का शमसेर हिङमाङका छोरा किशन हिङमाङ बिहिबार (आज) बिहान मृत अवस्थामा भेटिएका हुन् । मृतक हिङमाङ ट्याक्टर चालक हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउदै आएका हिङमाङ खत्रीकै घरमा बस्दै आएका थिए । सधै सुत्ने कोठामा बुधबार सञ्चै सुतेका हिङमाङ बिहिबार बिहान मृत भेटिएका हुन् । सुतिरहेको अवस्थामा मृत भेटिएको भन्ने खबर पाएपश्चात घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।...