Sunday, August 30News That Matters

Banner News 3

कांग्रेसमा जीवन बिताउनुभएका ७८ वर्षिय चम्लागाई जिल्ला सदस्यमा मनोनीत

कांग्रेसमा जीवन बिताउनुभएका ७८ वर्षिय चम्लागाई जिल्ला सदस्यमा मनोनीत

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ७ । हरेक आन्दोलनमा अग्रसर हुँदै नेपाली कांग्रेसमा जीवन बिताउनु भएका ७८ वर्षिय नृप बहादुर चम्लागाई कांग्रेसको खोटाङ जिल्ला सदस्यमा मनोनीत हुनुभएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका–४ डम्र्बखु शिवालयमा जन्मीएर लामो समय कांग्रेसमा योगदान दिनुभएका चम्लागाईलाई जिल्ला सभापति बिष्णुकुमार राईले पत्र दिदै जिल्ला सदस्यमा मनोनीत गर्नुभएको हो । नेपाली कांग्रेसको नियामावली २०७६ को दफा ५६ (२) अनुसार उहाँलाई जिल्ला कार्य समिति सदस्यमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । साविकको डम्र्बखु शिवालय गाउँ विकास समितिको करीब २० वर्ष कांग्रेसको सभापति सम्हाल्नु भएका चम्लागाई परिवर्तनकालागि कांग्रेसले गरेको हरेक आन्दोलनमा अग्रसर भएर लाग्नु भएको नेपाली कांग्रेसका नेताहरु बताउछन । वि.स. २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वडाध्यक्षको टिकट पाउनु भएका चम्लागाईले युवालाई अगाडि सार्नु पर्छ भन्दै टिकट समेत हस...
खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” सार्वजनिक

खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” सार्वजनिक

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, स्थानीय
खोटाङ, असार ७ । खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” बोलको गीत सार्वजनिक भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा जन्मिएर सांगितिक दुनियाँमा होमिएका बस्नेत आफ्नो दोस्रो गीतका रुपमा “बुढेशकालैमा” लिएर बजारमा आएका हुन् । गीतमा आवाज, शब्द र संगीत बस्नेतको रहेको छ भने संगीत संयोजन फोसिलले गरेका छन् । “बुढेशकालैमा” बोलको बस्नेतको नयाँ गीत राज बस्नेत नामक युटुव च्यानलमा हेर्न सकिनेछ ।...
लगातारको वर्षाले बाहुनिडाँडाको वडा कार्यालय र स्वाथ्य चौकीको भवन चर्कियो

लगातारको वर्षाले बाहुनिडाँडाको वडा कार्यालय र स्वाथ्य चौकीको भवन चर्कियो

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन चर्किएको छ । लगातारको हावाहुरी सहितको वर्षाको कारण भवन चर्किएको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो । बाहुनिडाँडाको वडा कार्यालय र स्वास्थ्य चौकी एउटै भवनबाट सञ्चालन भइरहेको छ । वर्षाका कारण भवन चर्किएपछि अहिले जोखिम मोलेर नागरिकलाई सेवा दिन बाध्य भएको राईको भनाइ छ । राईले भन्नु भयो, “केही दिन अगाडि लगातार हावाहुरी सहित वर्षा भयो । हावाहुरीको कारण छड्के पानीपरेपछि भवनको ३/४ ठाउँ चर्किएको छ । अन्य भवन नहुँदा अहिले वडा कार्यालय र स्वास्थ्य चौकी सोही भवनमा सञ्चालन गर्न बाध्य छौँ तर कुन दिन भत्किन्छ टुंगो छैन ।” वि.स. २०६२ सालमा निर्माण गरिएको तत्कालीन गाउँ विकास समितिको उक्त भवनमा अहिले दुई कोठा बनाएर एउटा कोठा वडा कार्यालय र एउटा कोठा स्वास्थ्य चौकीकालागि प्रयोग गरिएको छ । बाहिरि गारो चर्किए...
रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ४ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयको सेवा अब चापर्खकबाट लिन सकिने भएको छ । वडा कार्यालय टाढा भएको कारण सास्ती खेपिरहेका पोखरी, चापखर्क र पैयाँका नागरिकले घर छेउबाटै वडाको सेवा पाउने भएका हुन् । साविकाको वडाहरु १ र २का नागरिकलाई वडा सम्म आएर फर्कन दिन नै माया मार्नु पर्ने अवस्था छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि अब हरेक महिनाको २ र १५ गते चापखर्क सामुदायिक भवनबाट वडाको सेवा प्रदान गरिने वडाध्यक्ष चिरनञ्जीवि कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो, “संघीयताले गाउँघरमा सिंहदरबार ल्याएको भनिएपनि पैयाँ, चापखर्क र पोखरीका जनतालाई वडा सम्म आएर फर्कन एक दिन नै लाग्ने गरेको छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि हामीले उनिहरुको घर छेउमै गएर सेवा दिने निर्णय गरेका छौँ ।” नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफ्नो चुनाव घोषणा पत्रमा माथिल्लो...
रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले वडाको सेवा तीन ठाउँबाट पाउन थालेका छन् । भूगोल ठुलो भएको कारण वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि तीन ठाउँबाट वडाको सेवा दिन थालिएको हो । भोर्लेनी, धारापानीका नागरिकलाई वडा कार्यालयसम्म आउन ४ घण्टा सम्म लाग्ने गरेको छ । त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै हप्ताको एक दिन भोर्लेनी गाउँ घर क्लिनिकबाट सोमबार र धारापानी स्वास्थ्य इकाइको भवनबाट बुधबार सेवा दिन सुरु गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, “देशमा संघीयता आएको छ, अब गाउँ गाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिनलाई दिननै माया मारेर ४ घण्डाको बाटो हिड्नु पथ्र्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूती दिलाउन हामीले हप्ताको १÷१ दिन गरेर दुई दिन भोर्लेनी र धारापानीबाट वडाको सेवा दिन थालेका छौ...
प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ ३१ - खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको निःशुुल्क हवाइ उद्धार गरिएको छ । जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता आउन नदिन जिल्ला प्रशासन कार्यालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरी प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उनीहरू उपचाररत स्थानीय स्वास्थ्य संस्थाले पठाएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंले पठाएको हेलिकप्टरबा...
खोटाङ : दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन

खोटाङ : दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ २९ – दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि खोटाङमा तालिम सञ्चालन गरिएको छ । खोटाङ दलित विकास मञ्चको आयोजना र रावाबेँसी गाउँपालिकाको प्रायोजनमा तीन दिवसीय ‘दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिम’ सञ्चालन गरिएको हो । जेठ २७, २८ र २९ गते रावाबेँसी गाउँपालिका–१, कुभिण्डेस्थित महिला भवनमा आयोजना गरिएको तालिममा रावाबेँसी गाउँपालिकाका ६ वटै वडाका दलित कार्यपालिका सदस्य, दलित महिला सदस्य र दलित समुदायका अगुवाहरू गरी ४१ जना सहभागी थिए । तालिमका सहभागीलाई मिलन चाहार,पर्शुराम विश्वकर्मा, दीपक ठटाल, विष्णु उपरकोटी र निता विशुंखेले प्रशिक्षण दिएका थिए । दलितहरूको नेतृत्व विकास गर्ने, जातीय विभेदविरुद्ध अभियान सञ्चालन गर्ने, आन्तरिक विभेद अन्त्य गर्न प्रेरित गर्ने र व्यवहार परिवर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको खोटाङ दलित विकासका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।...
हौँचुर स्वास्थ्य चौकीलाई परदेशी युवाहरुको फ्रीज र बेड उपहार

हौँचुर स्वास्थ्य चौकीलाई परदेशी युवाहरुको फ्रीज र बेड उपहार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २८ । रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित हौँचुर स्वास्थ्य चौकीलाई फ्रीज र बेड प्राप्त भएको छ । रोजगारीको सिलसिलामा हाल परदेशमा रहेका सोही गाउँका युवाहरुले सो सामाग्री सहयोग गरेका हुन् । कतारमा रहनुभएका गजेन्द्र खालिङ राईको नेतृत्वमा पोर्चुगलमा रहनुभएका प्रेम राई, कतारमै रहनुभएका संगम कार्की, शान्तीराम नेपाल, मदन गुरुङ, डिक बहादुर गुरुङ, होमकाजी गुरुङ, राजकुमार राई, रबिन गुरुङ र सन्तोष खालिङ राईको समुहले रु ४५ हजार बराबरको उक्त सामाग्री प्रदान गर्नुभएको हो । हाल ललितपुरमा बस्दै आउँनु भएका सोही गाउँका सम्मर खड्काको पनि सहयोग रहेको समुहको नेतृत्व गर्नुभएका राईले बताउनुभयो । प्राप्त सामाग्री सहगोगिदाता मध्येका एक खड्का र वडाध्यक्ष चिरञ्जीवि कार्कीले स्वास्थ्य चौकीलाई हस्तान्त्रण गर्नुभएको छ । यसअघि उपचारमा आएका बिरामी सुत्ने बेडको अभाव र औषधी राख्न फ्रीजको अभाव रहेको थियो । अब सो ...
खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

खोटाङ : पाठ्यपुस्तक आइनपुग्दा पढाइ प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ २४ । खोटाङका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अहिलेसम्म सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । पाठ्यपुस्तक उपलब्ध नहुँदा पठनपाठनमा समस्या भएको हो । जिल्लामा ४ सय ८६ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये करिब आधा विद्यालयमा मात्र पुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख सेमन्त गौतमले बताउनुभयो । त्यसमा पनि यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएको छ । जसका कारण हालसम्म यी कक्षाका पाठ्यपुस्तक जिल्ला आइपुगेको छैन । ‘अन्य कक्षाका आधाजति पाठ्यपुस्तक आइपुगेको छ । तर, कक्षा ४, ७ र ९ को पाठ्यक्रम र पाठ्यपुस्तक परिवर्तन भएकाले पठनपाठन अन्योल बनेको छ,’ इकाइ प्रमुख गौतमले भन्नुभयो ।...
खोटाङ : वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

खोटाङ : वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २३ । खोटाङमा सामान्य वादविवादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु भएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले सामान्य वादविवाद हुँदा धकेलेर लडाउदा सोही ठाउँका ६९ बर्षीय हरी प्रसाद राईको मृत्यु भएको हो । गत १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा हरी प्रसाद घाइते भएका थिए । उनको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिनुभयो । घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । मृतक हरी प्रसाद धकेल्ने मन कुमारका फुपाजु समेत रहेको बताइएको छ ।...