Sunday, August 30News That Matters

Banner News 3

खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका ५ सय वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार उक्त महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १ सय ७२, टयाक्टर ६८, ट्रक ४६, बस १०, अटो–टेम्पो ८ र टिप्पर ४ वटालाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरी चलाइएका ४, बिना लाइसेन्सका ६९, साथमा कागजात नबाकेका २ सय ८८, लापरबाही गरी चलाइएका १ सय ३६ र बिना रुट अनुमति चलाइएका ३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज खत्रीले जानकारी दिनुभयो । ती सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...
१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

१५ दिनमा हलेसी मन्दिरको आम्दानी ४ लाख ४३ हजार

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित त्रिधार्मिकस्थल हलेसी मन्दिरमा १५ दिनको अवधिमा ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको छ । फागुन १६ देखि ३० गतेसम्मको अवधिमा उक्त रकमको भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । सूचना केन्द्रका प्रमुख सयन्द्र राईका अनुसार उक्त अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ३ लाख ३३ हजार ३ सय ५०, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६ सय ५, बसाहाथान दान पेटिकाबाट ५० हजार ९ सय ७५ र गणेश मन्दिरको दान पेटिकाबाट १३ हजार ३ सय आम्दानी भएको छ । यस्तै ढ्याक्के सटहीबाट ४ हजार रुपैयाँ जम्मा भएको सूचना केन्द्रले जनाएको छ । आम्दानीको रकमबाट बिजुली, पानी, शिवरात्री मेला व्यवस्थापनमा खटाइएका अस्थायी कर्मचारीको तलब भत्ता, शिव–पार्वती थानमा गहना पहि-याउँदा, नौमती बाजा बजाएको पारिश्रमिक, शान्ति सुरक्षा खर्च, भेटी ...
शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

शारदा मावि हौँचुरलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत ५ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित शारदा माध्यमिक विद्यालयलाई २ लाख बढीको फर्निचर निशुल्क प्राप्त भएको छ । रु २ लाख २५ हजार मूल्य बराबरको विद्यालयमा प्रयोग हुने डेस्क बेन्च लगायत अन्य फर्निचर निशुल्क प्राप्त भएको प्रधानाध्यापक हर्कबहादुर कार्कीले जानकारी दिनुभयो । रावाबेसी गाउँपालिकामा जन्मिएर हाल राजधानी काठमाडौमा रहनु भएका जीवन पोखरेल, मणि नेपाल र नरेश न्यौपानेले संयुक्त रुपमा सो सामाग्री निशुल्क विद्यालयलाई प्रदान गर्नुभएको हो । तीन जनाले विद्यालयलाई प्रदान गर्नुभएको फर्निचर सामुदायिक सिकाइ केन्द्र हौंचुरले निशुल्क ढुवानी गरिदिएको प्रधानाध्यापक कार्कीले बताउनुभयो ।...
छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

छापडाँडास्थित किराना पसलमा आगलागी, ५ लाख बराबरको क्षति

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ०३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, छापडाँडास्थित एक किराना पसलमा आगलागी भएको छ । बिहिबार बिहानको राति २ बजेतिर स्थानीय ३५ वर्षकी सरिता राउतको किराना पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो । आगलागीबाट जस्ता र काठले बनेको एक तल्ले पसलसहित पसलभित्रका सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय हलेसीबाट परिचालित प्रहरी टोली र स्थानीयको सक्रियतामा बिहानको राति २ः४५ बजे पूर्ण रूपमा आगो निभाइएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।...
खोटाङ : बच्चाले खेलाएको लाइटरबाट सल्केको आगोले घर खरानी

खोटाङ : बच्चाले खेलाएको लाइटरबाट सल्केको आगोले घर खरानी

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ०१ । खोटाङको साकेला गाउँपालिका–५ चुम्लुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किँदा जडिमान राईको घर जलेर नष्ट भएको स्थानीय खियामा राईले जानकारी दिनुभयो । मंगलबार दिउँसो १ः३० बजेको समयमा बच्चाले लाइटर खेलाउने क्रममा घरमा आगो सल्किएको थियो । आगलागी भएको केही समयपछि स्थानीयले थाहा पाएर बच्चालाई जोगाए पनि फुसले छाएको बाँस र माटोबाट बनेको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घर जल्दा घरभित्र रहेको एक तोला सुन, ५० हजार नगद, अन्नपात, लत्ताकपडा र भाडावर्तन जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।...
चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो, आवेदन कसरी दिने ?

चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो, आवेदन कसरी दिने ?

Banner News 3, ताजा अपडेट, समाज
खोटाङ, चैत ०१ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनोट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन...
खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

खोटाङमा ठूलो परिमाणको गाँजासिहत दुई जना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन २५ । खोटाङमा ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ बतासेघाटका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई ३२ किलो ४ सय ८५ ग्राम गाँजासहित पक्राउ परेका हुन् । सोमबार दिउँसो १ बजे लागुऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बतासेघाटबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । बतासेघाट नजिक रहेको सुइटेखोला बगर किनारमा निलो प्लाष्टिकको त्रिपाल ओछ्याई सो त्रिपालमाथि बोराका पोकाहरू राखेर बिक्री गर्न लागिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशकुमार ठाकुरले जानकारी दिनुभयो । उनीहरूविरुद्ध पक्राउ परेकै दिन ...
खोटाङका स्थानीय तहका लागि संघबाट विनियोजित ७३ प्रतिशत बजेट निकासा

खोटाङका स्थानीय तहका लागि संघबाट विनियोजित ७३ प्रतिशत बजेट निकासा

Banner News 3, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन २४ । खोटाङका स्थानीय तहका लागि संघीय सरकारबाट विनियोजित बजेटमध्ये ७३.७६ प्रतिशत निकासा भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले जिल्लाका दश स्थानीय तहका लागि ३ अर्ब ६१ करोड ४८ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । त्यसमध्ये तेस्रो त्रैमास (साउनदेखि फागुन) सम्म २ अर्ब ६६ करोड ६४ लाख ९९ हजार ३ सय ७५ रुपैयाँ निकासा भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङले जनाएको छ । संघीय सरकारबाट विनियोजित समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानबापतको कुल बजेट मध्येबाट ७३.७६ प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको कार्यालयका सह–लेखापाल उत्तम आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार यस अवधिमा प्रतिशत र बजेट दुवैको आधारमा सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि ७५.०५ प्रतिशत अर्थात् कुल बजेट ६६ करोड २२ लाख ४८ हजारमध्ये ४९ करोड ७० ल...
रावा बेसीका महिला जनप्रतिनिधिलाई भाषण कला तालिम

रावा बेसीका महिला जनप्रतिनिधिलाई भाषण कला तालिम

Banner News 3, ताजा अपडेट, स्थानीय
युवराज भट्टराई खोटाङ, फागुन २३ । रावा बेसी गाउँपालिकाले महिला जनप्रतिनिधिलाई भाषण कला तालिम प्रदान गरेको छ । गाउँपालिकाको कार्यालय हरमटारमा प्रदान गरिएको महिला जनप्रतिनिधिका लागि ७ दिने भाषण कला सम्बन्धि तालिम तथा अभ्यास कार्यक्रम आज सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा रावाबेसी गाउँपालिकाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण घनश्याम ढकालले गर्नु भएको हो । कार्यक्रममा समय र स्थान अनुसार भाषण कसरी गर्न सकिन्छ लगायतका विषयको सहजिकरण भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले व्यत्तिगत क्षमता अभिवृद्धिका लागि सबै वर्ग समुदायका मानिसलाई सोही किसिमको तालिम प्रदान गर्दै आएको र आगामी दिनमा पनि प्रदान गर्ने बताउनुभयो ।...
हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

हलेसी तुवाचुङका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, फागुन १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मेलमिलापकर्ताहरूलाई पुनर्ताजगी तालिम प्रदान गर्न थालेको छ । ‘हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप’ भन्ने नारासहित बिहिबारदेखि तीन दिने मेलमिलापकर्ता पुनर्ताजगी तालिम सुरु भएको हो । नगरपालिकाको आयोजना र मेडिएसन नेपालको सहजीकरणमा शुक्रबार र आइतबारसमेत सञ्चालन हुने तालिमको नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक विमला राईले उद्घाटन गर्नुभएको हो । स्थानीय स्तरमा उत्पन्न हुने सानातिना विवाद निरुपणमा मेलमिलापकर्ताको सहजताका लागि तालिमको आयोजना गरिएको नगरपालिकाको प्रशासन शाखाका कम्प्युटर अपरेटर सयन्द्र राईले जानकारी दिनुभयो । वडाहरूमा स्थापना गरिएका मेलमिलाप केन्द्रमा आउने उजुरी सकभर त्यहीँबाट समझदारी गराई निरुपण गर्न मेलमिलापकर्ताको क्षमता विकासका लागि तालिम महत्त्वपूर्ण रहने उहाँको भनाइ छ । तालिममा नगरपालिकाको ११ वटै वडाका मे...