Sunday, August 30News That Matters

Banner News 3

अग्निपीडित खड्कालाई गाउँपालिका र वडाबाट राहत प्रदान

अग्निपीडित खड्कालाई गाउँपालिका र वडाबाट राहत प्रदान

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
प्रेम श्रेष्ठ, खोटाङ, मङ्सिर २९ । रावाबेसी गाउँपालिका–६ हौँचुर निवासी अग्निपीडित ज्ञानेन्द्र खड्काको परिवारलाई गाउँपालिका र वडा कार्यालयले राहत प्रदान गरेको छ । गत सोमबार साँझ ७ः३० बजे विद्युत सर्ट भएर आगोलागि हुँदा खड्काको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आज रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र सोहि वडाका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले घटना स्थलमै पुगेर राहत प्रदान गर्नुभएको छ । गाउँपालिकाको तर्फबाट १२० केजि चामल, १० लिटर खानेतेल, ५ केजी नुन, ३ केजी दाल र १ थान त्रिपाल प्रदान गरिएको छ । यस्तै वडाको तर्फबाट ६० केजी चामल, २ लिटर तेल, आधा केजि जिरा, २ पोका नुन, १ केजि भुजा दालमोट र नुहाउने, कपडा धुने साबुन २\२ वटा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष निरौलाले घर निर्माण गर्दा आवश्यक जस्तापाता पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । सोमबार  विद्युत सर्ट भएर आगोल...
खोटाङ : वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी रोक्न अभिमुखीकरण

खोटाङ : वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी रोक्न अभिमुखीकरण

Banner News 3, समाज, स्थानीय
२७ मंसिर, खोटाङ । खोटाङमा वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी न्यूनीकरणका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । रोजगारीको सिलसिलमा युवा ठगिएका घटना वृद्धि भइरहेको अवस्थामा बालसेवा समाज, नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना केन्द्र (सामी) खोटाङले जिल्लाका १० वटै पालिकाका प्रहरी प्रतिनिधिको सहभागितामा एक दिने अन्तरक्रिया तथा तथा अभिमुखीकरण कार्यक्रम गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालसहित दशवटै पालिकाका गरी २७ जना प्रहरी प्रतिनिधि सहभागी भएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिकाका मेयर दीपनारयण रिजालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वैदेशिक रोजागरीलाई सुरक्षित र व्यवस्थित बनाउन सामी र प्रहरीले कसरी सहकार्य गर्न सक्छन् भन्ने विषयमा छलफल भएको परियोजनाका कार्यक्रम संयोजक सन्तोष राईले ब...
जाग्दैछन् महिला

जाग्दैछन् महिला

Banner News 3, विचार
पवन खड्का मंसिर २७, खोटाङ । एक समय थियो, जतिवेला पुरुषले महिलामाथि जस्तोसुकै हिंसा र दमन गर्दा पनि उनीहरू चुपचाप सहिदिन्थे । उनीहरूमाथि पुरुषले यतिसम्म साशन गरेका थिए कि सामाजिक गतिविधिमा सहभागी हुने अवसरकोे त कुरै छोडौँ, व्यक्तिगत सारा स्वतन्त्रता पनि पुरुषको मुठ्ठीमा हुन्थ्यो । पुरुषले महिलालाई कठपुतली सरह बनाएका थिए । जे आदेश पुरुषबाट आउँथ्यो, त्यो उनीहरू असन्तुुष्टि वा इन्कार गर्नुपर्ने अवस्थाका बाबजुद पालन गर्न बाध्य पारिन्थे । पुरुष प्रधान सोचकै कारण महिलाहरू जीवनको आधारभूत आवश्यकता शिक्षालगायत थुप्रै अवसरबाट बञ्चित थिए । इतिहास केलाएर हेर्दा महिला साक्षरताको अवस्थाका तथ्यांकले यी कुरा प्रस्ट बोल्छन् । अर्काको घर जाने जात, पढे बिग्रिनेलगायतका नकाम आधार देखाएर पुरुषले महिलामाथि दमन र शोषण गर्ने कालखण्ड अब छैन । समयक्रमसँगै विद्यालय–विश्वविद्यालयमा पुरुषको तुलनामा महिलाहरूको संख्या ...
मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

मानव अधिकार : माथिल्लो सगरमाथाका तीन जिल्लामा केहि सुधार तर अवस्था चिन्ताजनक

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । मानव अधिकारको सवालमा माथिल्लो सगरमाथाका तिन जिल्लाको अवस्था चिन्ताजनक रहेको मानव अधिकार आयोगले जनाएको छ । दिक्तेलमा आज भएको ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय खोटाङलका प्रमुख श्याम बाबु काफ्ले यस्तो बताउनु भएको हो । प्रमुख काफ्लेका अनुसार खोटाङमा अघिल्लो आ.व. र यस आ.व.को चारमहिना भित्रमा गरी ९३ जनाबाट आत्महत्या भएको छ । यसै अवधिमा ओखलढुंगामा ६१ र सोलुखुम्बुमा ९३ जनाले आत्महत्या गरेका छन । तर त्यसको रोकथामको प्रभावकारी कार्य हुन भने सकेको छैन । यस्तै अघिल्लो आर्थिक आ.व. र यस आ.व. को कार्तिक मसान्त सम्म खोटाङमा महिला हिंसा विरुद्धका विभिन्न ४६, ओखलढुंगामा ८६ र सोलुखुम्बुमा पनि ४६ वटा घटना प्रहरी कार्यालयमा पुगेका छन् । मानसिक समस्या भएका महिला समेत...
खोटाङमा मानव अधिकार चोक

खोटाङमा मानव अधिकार चोक

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २४ । खोटाङमा मानव अधिकार चोक बनेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको हो । नगरको निर्णय अनुसार ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका कार्यक्रमको अवसरमा शुक्रबार उक्त चोकलाई मानव अधिकार चोक घोषणा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले जानकारी दिनुभयो ।...
खोटाङ बन्यो कोरोना भाइरस (कोभिड–१९)  संक्रमण मुक्त जिल्ला

खोटाङ बन्यो कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर २३ । खोटाङ कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त जिल्ला बनेको छ । हिजो सम्म एक जना संक्रमित रहेकोमा आज उक्त संक्रमित निको भएसँगै खोटाङ कोरोना भाइरस संक्रमण मुक्त जिल्ला बनेको हो । आज जिल्लाका बिभिन्न ठाउँमा १५ जना संकास्पद ब्यक्तिमा एन्टीजेन परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । जिल्लामा अहिले सम्म ३ हजार ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने संक्रमण कारण १५ जनाको ज्यान गएको छ । जिल्ला संक्रमण मुक्त भएपनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको कारण सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले अनुरोध गर्नुभएको छ ।  जिल्लामा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढ्यो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले खोटाङमा कोरोना विरुद्धको खोपप्रति आकर्षण बढेको...
खोटाङका ५९ वडामा बर्थिङ सेन्टर, मातृ र शिशु मृत्युदर घट्यो

खोटाङका ५९ वडामा बर्थिङ सेन्टर, मातृ र शिशु मृत्युदर घट्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, मङ्सिर २२ । खोटाङका ५९ वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन । जिल्लामा ७९ वडा रहकोमा अहिले सम्म ७४ प्रतिशत अर्थात ५९ वडामा बर्थिङ सेन्टर निर्माण पश्चात सञ्चालनमा आएको वानहर्ट वल्डवाईड खोटाङका ट्रेनिङ फिल्ड सुपरभाईजर राजकिशोर प्रसाद चौधरीले जानकारी दिनुभयो । २ नगरपालिका र ८ गाउँपालिका गरी यस जिल्लामा १० स्थानीय तह रहेका छन । जसमध्ये ११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिका र ७\७ वटा वडा रहेको दिप्रुङ चुईचुम्मा र केपीलासगढी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन भईरहेका छन । यस्तै ६ वडा रहेको रावाबेसी गाउँपालिकाको ५ वटा वडामा सेन्टर सञ्चालनमा आएको छ भने वडा नम्बर ५ दुबेकोलमा निर्माणको काम भईरहेको गाउँपालिकाले जनाएको छ । ७ वडा रहेको जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा ४ वटा वडामा, १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकमा ९ वटा वडामा, ५ वडा रहेको सा...
खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
मंसिर २०, खोटाङ– जिल्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका– २ बाकाचोल हुमेका ३३ वर्षीय सञ्जय राईलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा आज (सोमबार) बिहान १० बजे इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली २ थान, केपी ८५ थान फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीमाथि हातहतियार खरखजना कसुरमा जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभयो ।...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
२० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।...
खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङमा समय अगावै सुत्केरी व्यथाले गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मङ्सिर १९ । सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ की ३० वर्षीया शान्ता वि.क.लाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यतया गर्भ बसेको ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा वि.क.लाई त्यस अगावै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि अस्पतालले उहाँको उद्धारका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको डा. सवन कोइरालाले बताउनुभयो । अस्पातलबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रशासनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, सिंहदरबारलाई हेलिकोप्टरको व्यवस्थाका लागि सिफारिस गरेको र मन्त्राल...