Monday, May 25News That Matters

राजनीति

खोटाङ : ५०० गणना हुँदा गठबन्धनका राई १२ मतले अगाडि

खोटाङ : ५०० गणना हुँदा गठबन्धनका राई १२ मतले अगाडि

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ६ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको सुरुवाती मत गणनामा गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले अग्रता लिनुभएको छ । ५ सय मत गणना हुँदा साझा उम्मेद्वार माओवादीका राईले एमालेका विशाल भट्टराईलाई १२ मतले अगाडि हुनुहुन्छ । राईले २ सय ३६ मत प्राप्त गर्दा भट्टराईले २ सय २४ मत प्राप्त गर्नुभएको छ । यस्तै, जसपाका डा कृष्ण कुमार राईले २, राप्रपा सर्जु श्रेष्ठले २, आमूल परिबर्तन मसिया पार्टी नेपालका चन्द्रमनि राईले ५, नेपाल मंगोल अर्गनाइजेसन दिपक मगरले २ मत पाउनु भएको छ । नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत र स्वतन्त्र उम्मेद्वार जयन्द्र कुमार राईले अहिलेसम्म मत पाउनु भएको छैन् । हालसम्म २७ म तबदर भएको छ ।...
प्रदेशसभा सदस्यका तीन उम्मेदवारले गरे एउटै मतदान केन्द्रबाट मतदान

प्रदेशसभा सदस्यका तीन उम्मेदवारले गरे एउटै मतदान केन्द्रबाट मतदान

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
४ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका प्रदेशसभा सदस्यका तीन उम्मेदवारले एकै मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा एमालेका पाँचकर्ण राई (पिके), वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बीरवलकाजी राई र जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईले सहयोगी आधारभुत विद्यालय छिप्ती मतदान केन्द्रबाट मतदान गरेका हुन् । पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने बीरवलकाजी साविकको बुईपा–१ का हुन् । एकै दाजुभाईभित्रका पाँचकर्ण काका र राकेश साइनोमा भतिजा हुन् । एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् ।...
खोटाङका उम्मेद्वारहरुले गरे मतदान

खोटाङका उम्मेद्वारहरुले गरे मतदान

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर ४ । खोटाङबाट प्रतिनिधिसभा तर्फका सबै उम्मेद्वारहरुले मतदान गरेका छन् । सबै उम्मेद्वारहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपा एमालेका उम्मेद्वार विशाल भट्टराईले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित भगवती दिननाथ माध्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले साकेला गाउँपालिका–२ साकेला माध्यमिक विद्यालयको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) का उम्मेद्वार डा. केके राईले दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी वडाकार्यलय मतदान केन्द्रबाट मतदना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार सर्जु श्रेष्ठले दिक्तलस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सरस्वती माध्यमिक विद्यालयको मतदान केन्द्रबाट र ...
युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खोटाङ प्रतिनिधिसभा प्रतयक्षतर्फका उम्मेद्वार (इन्जिनियर) सर्जु श्रेष्ठले युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको छ । राप्रपाले दिक्तेल हेलीप्याडमा आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले युवाको श्रमले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको हो । ‘धेरैले भन्छन् मलाई, राजनीति गर्न तेरो उमेर कति भयो ? तेरो उमेर राजनीतिमा आउने भयोर ? भन्दै, तर म तिनिहरुलाई भन्न चाहान्छु, युवाहरुलाई बिदेश बेचेर उनिहरुको श्रम र पसिनाले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन नहुने भन्ने हुन्छ ? अब देशमा विकासको परिवर्तन ल्याउने भनेकै युवाले हो ।’ श्रेष्ठले भन्नुभयो । यस्तै, नेताहरु सर्वहारा र साम्यवादको कुरा गर्दै करौडौँको गाडी चडेर, लाखौँको मोबाइल चलाएर हिड्ने तर जनताको जीवनस्तर जहाँको त्यह...
‘गोल्ड मेडलिष्ट’ जसलाई विकासले सम्झाउँछ

‘गोल्ड मेडलिष्ट’ जसलाई विकासले सम्झाउँछ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १ । २०६९ सालताका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा नेपाल शिक्षक संघको क्षेत्रीय अधिवेशन थियो । अधिवेशनमा कांग्रेसका युवा नेता भुपेन्द्र राई अतिथिका रुपमा बोलाइए । खोटाङबजार जानेक्रममा राई तत्कालिन गाविस लिच्कीराम्चेको कालापानी पुगे । कालपानीमा पिउनेपानीको दयनीय अवस्था देखेपछि राईले सुनकोशीको पानी तानेर निकाल्ने प्रतिवद्धता जनाए। करिब दुई हजार मिटर तल रहेको नदीको पानी तानेर गाउँ निकाल्ने कुरा गर्दा स्थानीयले उनको कुरा पत्याएका थिएनन्। कतिपयले त ‘कहीँ पानी उकालो बग्छ?’ भन्दै उडाए पनि । तर, उनको योजना र पहल अनुसार सुनकोशीको पानी कालापानीमा निस्कियो। २०७७ पुषमा राई आफैले रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटन गरे। सुनकोशी किनारकै भण्डारेघाटमा पनि पानी लिफ्टीङको काम गरेर देखाए । कोभिड–१९ को महामारीले विश्व आक्रान्त थियो। मानव जगत संक्रमणबाट जोगिने सावधानी अपनाइरहेका थिए...

खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउछ : कांग्रेस प्रवक्ता महत

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउने नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका महतले यस्तो बताउनुभएको हो । ‘ओली जि कुरा मात्र गर्नुहुन्छ काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बारै महिना चल्ने सडक निर्माण गठबन्धन सरकारले गर्नेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेद्वारलाई मत दिएर विजयी थराउनुहोस् ।’ मतहले भन्नुभयो । पर्यटकीय महत्व बोकेको हलेसी, किरात सभ्यताको उद्गम स्थल तुवाचुङ भएको जिल्ला खोटाङमा सांकृतिक, आर्धीक र धार्मिक सबै प्रकारको विकास गर्न आवश्यक रहेको र त्यो विकास गठबन्धनले गर्ने प्रवक्ता महतले बताउनुभयो । यस्तै, प्रवक्ता महतले समानुपातिकमा आफ्नो पार्टीलाई मत दिन आएक...
जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामकुमार राई (पासाङ) मन्त्री बन्ने संभावना रहेको बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका प्रचण्डले यस्तो बताउनुभएको हो । ‘माहोल हेर्दा खोटाङमा गठबन्धनको जीत सुनिश्चित भइसकेको छ, यसकालागि म तपाईहरुलाई बधाई दिन चाहान्छु, जिल्लामा विकास र समृद्धिकालागि माओवादी पार्टी, गठबन्धन र सरकार सबैको तर्फबाट सहयोग रहनेछ ।’ प्रचण्डले भन्नुभयो । यस्तै खोटाङको प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेद्वार राई हाल प्रदेश नम्बर एकको खानेपानी तथा सिँचाइ मन्त्री रहनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा जिताएर पठाएमा राई केन्द्रिय सरकारको मन्त्री बन्ने संभावना रहेको प्रचण्डले बताउनुभयो । यस्तै, प्रदेशसभा ‘क’ का उम्मेद्वार एकीकृत समाजवादीका विरब...

चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री ओली ३० गते खोटाङ आउने

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली खोटाङ आउने हुनुभएको छ । कातिक–३० गते खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा नेकपा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री ओली हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो । पूर्वप्रधानमन्त्री ओली खोटाङ आउने हुने भएपछि सोही अनुसारको तयारी गरिएको एमालेले जनाएको छ । ३० गते इन्द्रेणीपोखरीमा हुने आमसभामा करीब ६ हजारको उपस्थिति रहने एमालेको अनुमान छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवम् निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (क)मा प्रदेश समिति सदस्य एवम् संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (ख)मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल चुनावी मैदानमा उत्रनुभएको छ । यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्य...

चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड ३० गते खोटाङ आउने

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, कात्तिक २६ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खोटाङ आउने हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङले कातिक–३० गते दिक्तेलबजारमा आयोजना गर्ने बृहत चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरबाट खोटाङ आउने हुनुभएको हो । पूर्वप्रधानमन्त्री प्रचण्डसँगै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरसमेत सोही हेलिकोप्टरमा खोटाङ आउनुहुने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिनुभयो । हेलिकोप्टरमार्फत दिउँसो करिब तीन बजे खोटाङ आउनुहुने तीनैजना नेताहरुले दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरिने बाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने जनाइएको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा नेपाली काँग...

हामी विजयी भइसक्यौँ, औपचारिकता मात्र बाकी छ : रामकुमार राई (पासाङ)

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङ प्रतिनिधिसभाबाट बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले गठबन्धनले निर्वाचन जितिसकेको तर औपचारिक घोषणा हुन् मात्र बाकी रहेको बताउनुभएको छ । प्रदेश नम्बर एकका उर्जा तथा खानेपानी मन्त्रीसमेत रहनुभएका राईले जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा शुक्रबार भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सभालाई सम्बोधन गर्दै राईले गठबन्धनको बाली पाकिसकेको तर कुनै समय हुरी बतास, असिनापानीले नष्ट गर्नसक्ने बताउनुभएको छ । ‘हामीलाई भोट हाल्न सबै आतुर हुनुहुन्छ, हामीले चुनाव जितिसक्यौँ, हामी बाली पाकीसक्यो, तर कुनै समय हुरी बतास, असिनापानी, जंगली जनावारले नष्ट गर्न सकछ । त्यसैले अब बाकी नौँ दिन तपाईहरु सुरक्षित भएर बस्नुहोस् ।’ राईले भन्नुभयो । चुनाव जितेसँगै विकास गर्न र खोटाङका जनताको अधिकार रक्षा गर्नकालागि लड्ने राईले बताउनुभय...