सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा ४९ लाख राजस्व उठायो
खोटाङ, भदौ १ । सवारी साधन कारबाहीबाट खोटाङ ट्राफिकले एक वर्षमा रु ४९ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थीक वर्ष २०७८/७९ मा ६ हजार ८ सय ५० सवारी साधन कारबाहीमा पर्दा रु ४९ लाख ८७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ ।
सबैभन्दा धेरै मोटरसाइकलबाट राजस्व उठेको छ । एक वर्ष भरीमा ३ हजार ६६ वटा मोटर साइकल कारबाहीमा परेका छन् । जसबाट २३ लाख ९५ हजार राजस्व उठेको छ । दोस्रो धेरै कारबाही पर्नेमा कार, जीप र भेन रहेका छन् । २ हजार २ सय २७ वटा कार, जीप र भेन कारबाहीमा पर्दा १४ लाख ६८ हजार राजस्व उठेको छ । यस्तै ६ सय ८३ ट्रक कारबाहीबाट ४ लाख ९२ हजार, ५ सय ९ ट्याक्टर कारबाहीबाट ४ लाख १३ हजार, १ सय ९ वटा टेम्पो कारबाहीमा पर्दा ७९ हजार ५ सय, १ सय ३ वटा बस कारबाहीमा पर्दा ७६ हजार ५ सय र अन्य विभिन्न ७१ वटा मेसिन तथा सवारी साधन कारबाहीमा पर्दा ६३ हजार ५ सय राजस्व स...









