Friday, April 17News That Matters

खेलकुद

ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

ऐँसेलुखर्क युवासंघ कपको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र आयोजक ‘ए’ ले जित्यो

खेलकुद, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत १६ । राष्ट्रिय युवा संघ ऐँसेलुखर्कले आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला भलिबलको उपाधि आयोजक ए समुहले जितेको छ । उपाधिसँगै पुरुष समुहले रु ५० हजार र महिला समुहले रु ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै पुरुष तर्फ दोस्रो, आयोजक ए, तेस्रो राष्ट्रिय युवा संघ रावाबेसी र चौथो तरुण दल महेस्वरी भएका छन् । उनिहरुले क्रमस रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ दोस्रो नेपाली कांग्रेस बाकाचोल, तेस्रो मिलिजुली संयुक्त लोखिम र चौथो बाकाचोल संयुक्त समुह भएका छन् । उनिहरुले क्रमस रु २० हजार, १० हजार र ७ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै ब्याटमिन्टन तर्फ हुलास गुरुङ र महेश बिश्वकर्माको समुह प्रथम, भुमिनन्द राई र दिपेश राईको स...
ओमानलाई नेपालले ६ विकेटले हरायो

ओमानलाई नेपालले ६ विकेटले हरायो

Banner News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
माघ २८ : चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ । ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे ।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए । यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे ।  बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।   आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस ख...
वराहपोखरीमा सम्पन्न भलिबलको पुरुष उपाधि त्रियुगा–१५ र महिला उपाधि रामप्रसाद राई–८ को पोल्टामा

वराहपोखरीमा सम्पन्न भलिबलको पुरुष उपाधि त्रियुगा–१५ र महिला उपाधि रामप्रसाद राई–८ को पोल्टामा

खेलकुद, समाचार, स्थानीय
खोटाङ, पुस १७ । खोटाङको वराहपोखरी गाउँपालिकामा आयोजित डम्बर राना मगर (शुक्र) दोस्रो स्मृति कप अन्तर वडास्तरीय भलिबलमा पुरुषतर्फको उपाधि उदयपुरको त्रियुगा नगरपालिका–१५, कुभिण्डेले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सो टिमले प्रतियोगिताको प्रथम उपाधि जितेको हो । यस्तै आयोजक वराहपोखरी–२ सुन्तले ‘ए’ दोस्रो र वराहपोखरी–४ फाक्टाङ तेस्रो भएको छ । पुरुषतर्फको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद रु.५१ हजार १ सय ११, ३१ हजार १ सय ११ र २१ हजार १ सय ११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका आयोजक खेलकुद विकास समिति सुन्तलेका सचिव प्रदीप लुङ्गेली मगरले जानकारी दिनुभयो । यसैगरी महिलातर्फको भलिबल खेलको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ ले जितेको छ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका–४ बतासेले दोस्रो र वराहपोखरी–४ फाक्टाङले तेस्रो स्थान हासिल गरेको छ । महिला भलिबलतर...
लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई

Banner News 2, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ कार्तिक ९ गते : खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रचियोगिताको उपाधी वाईसीएल नेपाल दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माले जितेको छ । लिच्कीराम्चे खेलकुद समितिले दशै तिहार चाडको अवसरमा आयोजना गरेको प्रतियोगिताको उपाधी आज दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुलाई हराउदै वाईसीएल नेपालले जितेको हो । १५ समुह सहभागि भलिबल प्रतियोगिता आईतबार नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक एवं खोटाङका संघिय सांसद बिशाल भट्टराईले उद्धघाटन गर्नु भएको थियो । उपाधी जितेसँगै वाईसीएल नेपालले रु ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुले रु ३१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई हराउदै तेस्रो भएको आयोजक लिच्कीराम्चेले रु २१ हजार नगदक...
नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

Banner News 2, खेलकुद, ताजा अपडेट
मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।...
आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

Banner News 3, खेलकुद, ताजा अपडेट
आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् । आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ । त्यसैले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टपमलाई सोझै छनोट गरेको हो । यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुनेछ।...
हलेसी तुवाचुङमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु हुँदै

हलेसी तुवाचुङमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु हुँदै

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम एक साता भीत्र सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम सञ्चालनको लागि अखिल नेपाल फुडबल संघ (एनफा),खोटाङ फुटबल संघ र ओम शिवशक्ती समुह हलेसीसँग नगरपालिकाले गत चैत्र ५ गते सम्झौता गरेको थियो । तर कोभिड १९ को संक्रमणको कारण कार्यक्रम सुरु हुन नसकेको नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार कोरोना संक्रमण दर घट्दै गएपछि नगरका कार्यक्रम चलायमान बनाउँदै विद्यालहरुमा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागिएको हो । जसको लागि एनफाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगाएतका पदाधिकारीसँग मंगलबार छलफल भएको उहाँले बताउँनु भयो । ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमले दक्ष, असल र अनुसासित खेलाडी उत्पादन भई समृद्ध समाज निर्माण हुने बिश्वास लिएको उहाँको भनाई छ । प्रशिक्षण कार्यक्रमको लागि आवश्यक खेल सामाग्री र प्रशिक्षक ...
यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

खेलकुद, ताजा अपडेट
चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो । यूईएफए सुपर कप आयरल्यान्डमा भएको हो । कोभिड-१९ को महामारी पछि पहिलो पटक १३ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको हो ।...
अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

अष्ट्रेलिया मात्र ६२ रनमा अल आउट

Banner News 3, खेलकुद, ताजा अपडेट
अष्ट्रेलिया बंगलादेशसँगको पाँचौं तथा अन्तिम टि२० आई खेलमा मात्र ६२ रनमा अल आउट भएको छ । अष्ट्रेलियालाई अन्तिम खेलमा ६० रनले पराजित गर्दै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिज ४–१ ले जितेको छ । जितको लागि १ सय २३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १३.४ ओभरमा ६२ रनमा अल आउट भयो । अष्ट्रेलिया ये टि२० आई इतिहासकै सवैभन्दा कम योगफल हो । यसअघि अष्ट्रेलिया टि२० आईमा सबैभन्दा कम योगफल इंग्ल्यान्डविरुद्ध २००५ मा ७९ रन थियो । अष्ट्रेलिया कप्तान म्याथ्यु वेडले २२ बलमा २ छक्का सहित सर्वाधिक २२ रनको योगदान दिए । बेन म्याकडेरमोट १६ बलमा १ छक्का सहित १७ रनमा आउट भए । अन्य ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ड्यानियल क्रिष्टिउन ३, मिचेल मार्श ४, एलेक्स केरी र मोइजेस हेनरिक्स ३–३ रनमा आउट भए । तल्लोक्रमका एश्टन टर्नर १ र एश्टन अगर २ रनमा आउट भए । बंगलादेशका स्पिनर सकिब अल हसन ३...
भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा

खेलकुद, ताजा अपडेट
भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो । इङ्ग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिताविहीन हुन पुग्यो । चौथो दिनको खेल सकिँदा जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो । ‍पाँच टेस्ट श्रृङ्खला अन्तर्गत दोस्रो खेल बिहिवारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।...