प्रहरीको सहायतामा नेपालीले पाए हराएको ८ हजार नगद
खोटाङ, माघ ९ । प्रहरीको सहायतामा हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका विक नेपालीले हराएको ८ हजार नगद पाएका छन । स्थानीयले नगद भेट्टाएर प्रहरीलाई बुझाएपछि सो रकम प्रहरीले उनलाई फिर्ता दिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम रातमाटेका विकास राईले रु ७ हजार र मनशेर राईले रु १ हजार छापडाँडा सडकमा आज (आईतबार) भेट्टाएर हलेसी तुवाचुङ प्रहरी चौकी दुर्छिममा बुझाएका थिए । प्रहरीले अनुसन्धान गर्दा दुर्छिमकै विक नेपालीको रकम हराएको थाहापाएपछि उनलाई सो रकम प्रहरी निरीक्षक प्रमोद कार्कीले फिर्ता गर्नु भएको इलाका प्रहरी कार्यलय हलेसीले जनाएको छ ।...








