नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य
खोटाङ, पुस २४ । नेकपा एमाले जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा राम प्रसाद दंगाल निर्वाचत हुनु भएको छ । शुक्रबारबाट दिक्तेल स्थीत माटिकोरे कर्भडहलमा सुरु भएको सातौँ जिल्ला अअधिवेशनले आज दंगाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै समितिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचर्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र कुमार राई सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ ।
एमालेको सातौँ जिल्ला अधिवेशनको प्रमुख अतिधिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियलका प्रमुख सचेतक विशाल भट्टराई, बिशेष अतिथिमा केद्रिय सदस्य एवं जनसांस्कृतिक महासंघका इञ्चार्ज खगेन्द्र राई, केन्द्रिय सदस्य एवं खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल र केन्द्रिय सदस्य एवं पुर्व प्रदेश सामाजिक विकास मन्त्री उषाकला राईको उपस्थीती रहेको थियो ।
अधिवेशनमा जिल्ला भरीका १ हजार प्रतिनिधिसँगै कर...









