Friday, April 17News That Matters

Author: रुपाकोट खबर

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २१ । नेकपा एमालेको भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन पुस २३ गते हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमालेले जनाएको छ । एमालेको खोटाङ जिल्ला अधिवेशन सदरमुकाम दिक्तेल स्थीत माटिकोरे कभर्ड हलमा हुने तयारी छ । अधिवेशनकोलागि तयारी लगभग पुरा भएको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला भरीबाट करीब १ हजार प्रतिनिधि सहित १ हजार ५ सय बढी नेता कार्यकर्ता उपस्थित रहने अधिवेशनको मुख्य अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियदलका प्रमुख सचेतक विशाल भट्टराई जिल्ला आइसक्नु भएको छ । अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई समेत मिलाएर सर्वसम्मत नेतृत्वय चयन गर्दै पार्टीलाई एकढिक्का बनाउने तयारी रहेको अध्यक्ष दंगालले बताउनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने र समावेशी जिल...
खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

खाल्लेका १७ महिलालाई सिलाइ कटाइ तालिम

अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका महिलालाई सिलाइ कटाइसम्बन्धी सीप विकास तालिम दिन थालिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले पुस १२ गतेदेखि ८ दिनसम्म सञ्चालन गरेको उद्यमशीलता विकास तालिम लिएका १७ जना महिलालाई सिलाइ कटाइ सम्बन्धी तीन महिने आधारभूत तालिम दिन थालिएको हो । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिमको मंगलबार नगरपालिकाकी उपप्रमुख वीणादेवी राईले उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटनपछि राईले तालिमले महिलाहरूमा सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी महिलालाई स्वरोजगार बनाउन नगरपालिकाका हरेक वडामा कार्यक्रम भइरहेको उहाँको भनाइ छ । वडा कार्यालय खाल्लेमा सञ्चालन भइरहेको तालिमका सहभागीलाई सबै उमेरका मानिसले लगाउने कपडा स...
जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

जिल्ला प्रशासनद्वारा सशस्त्र द्वन्द्वमा घाइते तथा अपांगता भएकाहरूको निवेदन माग

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । जिल्ला प्रशासन कार्यालय खोटाङले सशस्त्र द्वन्द्व र माओवादी जनआन्दोलनको क्रममा घाइते तथा अपांगता भएका व्यक्तिहरूको निवेदन माग गरेको छ । गृह मन्त्रालयको परिपत्रबमोजिम कार्यालयले घाइते तथा अपांगता प्रतिशत र श्रेणी निर्धारणका लागि निवेदन माग गरेको हो । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका तर हालसम्म घाइते तथा अपांगता प्रतिशत निर्धारण नभएका र साविकको घाइते तथा अपांगताको अवस्थामा हेरफेर भएका व्यक्तिले निवदेन दिन सक्ने कार्यालयले जनाएको छ । आजको मितिले तीन महिनाभित्र त्यस्ता व्यक्तिहरूले निवदेन दिन सक्ने घाइते तथा अपांगता निर्धारण एवं पुनरावलकोन सिफारिस समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । सरकारद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख भएको घाइते तथा अपांगता प्रतिशत र श्रेणीको आधारमा ...
पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

पुस २५ भित्र खोटाङका सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइने

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । खोटाङमा यहि पुस २५ गते भित्र कोरोना बिरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई लगाइसकिने भएको छ । सोहि योजना अनुसार हाल जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भेरोसेल, एष्ट्राजेनिका कोभिशिल्ड गरी तिन प्रकारको खोप जिल्ला भित्रिएकोमा हाल सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ५२ हजार ३ जनाले पुर्ण मात्रा खोप लगाएका छन । २५ गते भित्र सबै नागरिकलाई पहिलो मात्रा खोप लगाइसकिने योजना रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । जिल्लामा अहिले १२ देखि १७ बर्षका बालबालिकालाई लगाइने मोर्डना खोप कार्यक्रम पनि सञ्चालन भईरहेको उहाँको भनाई छ । जिल्लाको रावाबेसी, खोटेहाङ, दिप्रुङ चुईचुम्मा, बराहपोखरी, साकेला, ऐसेलुखर्क गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ...
कोरोनामुक्त बनेको एक महिनापछि खोटाङमा फेरि भित्रियो संक्रमण

कोरोनामुक्त बनेको एक महिनापछि खोटाङमा फेरि भित्रियो संक्रमण

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २१ । कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको झण्डै एक महिनापछि खोटाङमा एक जनामा संक्रमण पुष्टि भएको छ । गत मंसिर २३ गतेयता जिल्ला संक्रमणमुक्त बनेको थियो । लामो समय पश्चात जिल्लाको रावाबेसी गाउँपालिका–१ कुभिण्डेका एक १६ वर्षीय किशोरमा संक्रमण देखिएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा उनमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका किशोर रावाबेसी–२ खार्पास्थित शारदा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । संक्रमण पुष्टि भएका किशोरले कोरोना विरुद्धको खोप नलगाएका र उनी अहिले होम आइसोलेसनमा बसेका कार्यालयले जनाएको छ । विद्यार्थीमा संक्रमण पुष्टि भए पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय भने सञ्चालन भइरहेको खार्पाका वडाध्यक्ष कालिदास पोखरेलले बताउनु...
माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

माघे संक्रान्तिको अवसरमा वराहपोखरी भञ्याङमा भव्य मेला लाग्ने

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २१ । मगर जातिको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा खोटाङको वराहपोखरी गाउँपालिका–१ भञ्याङमा यो वर्ष पनि भव्य मेला लाग्ने भएको छ । मगर जातिको भाषा, कला र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ, वराहपोखरी गाउँपालिकाले यही माघ १ गते मेला आयोजना गरेको हो । सो अवसरमा सामूहिक मौलिक नृत्य र खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपांगी मगरले जानकारी दिनुभयो । उहाँका अनुुसार भलिबल प्रतियोगिता पुस २९ र ३० गते र सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ भने मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मौलिक नृत्य हुर्रासहितका जातीय पहिचान झ...
प्रेस चौतारी खोटाङको जिल्ला अधिवेशन पुस २४ गते

प्रेस चौतारी खोटाङको जिल्ला अधिवेशन पुस २४ गते

Banner News 2, ताजा अपडेट
खोटाङ, पुस २१ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा खोटाङको पाँचौँ जिल्ला अधिवेशन पुस २४ गते हुने भएको छ । मंगलबार बसेको बैठकले जिल्ला अधिवेशन पुस २४ गते सदरमुकाम दिक्तेलमा गर्ने निर्णय गरेको हो ।
खोटाङबाट रविन चाम्लिङ राप्रपाको केन्द्रीय सदस्य मनोनीत

खोटाङबाट रविन चाम्लिङ राप्रपाको केन्द्रीय सदस्य मनोनीत

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, पुस २० । खोटाङबाट रविन चाम्लिङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य मनोनीत हुनुुभएको छ । पार्टीको विधान बमोजिम खोटाङबाट चाम्लिङ केन्द्रीय सदस्य मनोनीत हुनुभएको हो । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज ३१ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।
हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

हलेसी मन्दिरमा १७ दिनमा ३ लाख ८१ हजार बढी भेटी संकलन

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस १८ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हलेसी मन्दिरमा १७ दिनको अवधिमा ३ लाख ८१ हजार रुपैयाँ बढी भेटी संकलन भएको छ । दर्शनार्थी तथा पर्यटकबाट मंसिर २३ गतेदेखि पुस ११ गतेसम्ममा ३ लाख ८१ हजार ५ सय ९० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार महादेव मन्दिरको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ६ सय ६५ रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ४७ हजार ९ सय २५ रुपैयाँ संकलन भएको हो । साथै बिजुली, पानी, इलाका प्रहरी कार्यालय हलेसीको गाडी मर्मत, मन्दिरभित्र रहेको पिलर रङरोगन, गणेश मन्दिर रङरोगन, मन्दिर व्यवस्थापन समितिबाट ट्राफिक चोकमा निर्माण गरिएको मन्दिर प्रवेश गेट रङरोगन तथा लेखन, भेटी गणना, अतिथि सत्कार, खाजा, विभिन्न आर्थिक सहयोग ल...
निजमाती कर्मचारी संगठन वराहपोखरीको अध्यक्षमा नवराज राई

निजमाती कर्मचारी संगठन वराहपोखरीको अध्यक्षमा नवराज राई

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस १८ । नेपाल निजमाती कर्मचारी संगठन वराहपोखरी गाउँपालिकाको अध्यक्षमा नवराज राई सर्वसम्मत चयन हुुनुभएको छ । पालिका स्तरको अधिवेशनबाट राईको अध्यक्षातमा संगठनको वराहपोखरी गाउं इकाइ कार्यसमिति सर्वसम्मत गठन भएको हो । समितिको उपाध्यक्षमा दीलिप राई, सचिवमा पूजा अधिकारी र कोषाध्यक्षमा रेनुका राई चयन हुनुभएको छ । सदस्यहरूमा अनिमा श्रेष्ठ, जयदेव पौडेल, जितबहादुर राई, सरिता मगर, असल विक, द्रोणराज रेग्मी र कोपिला राई चयन हुनुभएको छ । यस्तै सल्लाहकार समिति संयोजकमा छत्र बानियाँ र सल्लाहकार सदस्यमा शत्रुधन सेठ र बालेश्वर यादव चयन हुनुभएको छ ।...