रावा बेसी गाउँपालिकामा सुविधा सम्पन्न प्रशासनीक भवन शिलान्यास
खोटाङ, माघ २२ । खोटाङको रावा बेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनीक भवन निर्माण गर्न सुरु गरेको छ । करीब ५ करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
यस अघि गाउँपालिका ट्रस्ट भवन निर्माण गरेर सञ्चालन भइरहेको थियो । रु ४ करोड ७६ लाख १६ हजार ७ सय ९० रुपैयाँ ३६ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो । उक्त भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाले जनाएको छ । हाल गाउँपालिका सञ्चालन भइरहेको ट्रस्ट भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरिएको हो ।
ट्रस्ट भवन भत्काइएपछि सभाहलको लागि निर्माण गरिएको भवनमा कोठा बारेर गाउँपालिका सञ्चालन गरिएको छ । स्वास्थ्य शाखा भने नजिकै ब्यक्तिको घरको एक कोठा भाडामा लिएर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभयो ।
३०...









