“गाउँ मरेको सूचना”
विक्रम क्षेत्री
कविता
सूचना ! सूचना !! सूचना !!!
गाउँ मरेको सूचना !
जस्ले आफ्नो छातीमा राखेर सारा बालकहरूलाइ वयस्क बनायो
उभिन सक्ने, हिड्न अनि दौडिन सक्ने बनायो ।
ती सबैसबैले साथ छोडेर कोही सहर पसे, कोही परदेशमै हराए !
उ आज मरेको छ ।
जस्ले आमा बनेर सबैलाई जन्म दियो अनि हुर्कायो पनि, आफ्नै वक्षस्थलमा राखेर ।
प्रत्येक शारदीय मौसममा मखमली र सयपत्री फुलाएर परदेशीयका तिमीहरूलाई उमंगको मुस्कानसहित स्वागत गर्ने गाउँ मरेको छ ।
जब बर्षौँ भत्किएका छेकु र दम्कु खोलाका साँघुहरू अलपत्र परिरहे ।
जब तावा खोलाबाट रूपाकोट धाउने खुट्किला गोरेटोहरू घारि र लेउले ढाकिए ।
जब हजारौंको भिडमा बसेर प्रकृति प्रेमको स्नेहले मात्तिदै सोईढोले सोईको भाकामा उधौली र उभौलीमा उफ्रने तन्नेरिहरू परदेशमै हराए कि त सहरिया भए,
तब गाउँ मर्यो ।
जब सुन फल्ने टारी र गैरिखेतका फाँटहरू काँस र सिरूले छोपिए ।
जब बेलाबेल...









