खोटाङमा मनाइयो मानव अधिकार दिवस, लैंगिक हिंसा विरुद्धको अभियान समापन
खोटाङ, मंसिर २४ । खोटाङमा ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन र मानव अधिकार दिवस संयुक्तरुपमा आइतबार दिक्तेलमा मनाइएको हो ।
दिक्तेल बजारमा सचेतनामूलक प्रभातफेरी निकाल्दै जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकारको इतिहास र हालको अवस्थाको विषयमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङका प्रमुख गीताकुमारी दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यस्तै, जिल्ला प्रहरी कार्यालयकोतर्फबाट कार्यपत्र प्रस्तुत गर्दै प्रहरी निरीक्षक बेनु कार्कीले हाल जिल्लामा शारीरिकरुपमा अशक्त तथा बालबालिकामाथी बढी हिंसा भइरहेको बताउनुभयो । शारीरिकरुपमा अशक्त र १० वर्ष मुनिका बालिकामाथि यौनजन्य हिंसा पछिल्लो समय बढ्दै गएको उहाँको भनाइ छ । लैंगिक हिंसा तथा अन्य जुनसुकै हिंसाका पीडितको पक्षमा भन्दा पिडकको पक्षमा भनसुन धेरै ...









