Wednesday, July 29News That Matters

Author: रुपाकोट खबर

खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

खोटाङ सुन्तला पकेट क्षेत्र : ३५ रुपैयाँमा बिरुवा खरिद, १०० को बिल बनाएर फछ्र्योट

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ३० । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत लिकुवापोखरी सुन्तला पकेट क्षेत्रलाई ५० प्रतिशत अनुदानमा रु १२ लाख रकम विनियोजन भएको थियो । स्थानीय सयपत्री कृषक समुहबाट सञ्चालन भएको सुन्तला पकेट क्षेत्रको काममा बिरुवा खरिदको बिल बढाएको पाइएको छ । ३५ रुपैयाँ गोटा बिरुवा खरिद गरेर रु १०० को बिल बनाएर कार्यक्रम फछ्र्योट गरिएको पाइएको हो । उपभोक्ता समितिले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबाट ४ हजार ५०० बिरुवा खरिद गरेर कृषकहरुलाई वितरण गरेको थियो । प्रत्येक बिरुवाको १०० का दरले बिल बनाएर समितिले कार्यक्रम फछ्र्योट गरिसकेको छ । तर सुन्तलाको बिरुवा याम्खास्थित...
रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी

रुखबाट झरेको पात चराहरुले टिपेर फाल्ने खोटाङको पञ्चकन्या पोखरी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार २८ । खोटाङको पञ्चकन्या पोखरी, कतिले देखेको हो, कतिले सुनेको हो भने कतिले नसुनेको नाम हो । यो पोखरी खोटाङको सुदूर दक्षिणी भेग जन्तेढुंगा गाउँपालिका–१ देविस्थानमा पर्छ । सुनकोसी र बुँवा खोलाको संगमस्थल नजिकै रहेको पञ्चकन्या पोखरीले भर्खरै मात्र पुनर्जीवन पाएको हो । खोटाङको तराई भनेर चिनिने मैनटार गाउँ नजिकै रहेको यो पोखरी वि.स. २०४१ सालमा बुँवा खोलामा आएको बाढीले पुरिदिएको थियो । दैनिक दर्शनार्थी आइरहने पञ्चकन्या पोखरी एकाएक बगरमा परिणत भयो । त्यसपछि स्थानीयले खेल मैदानमा प्रयोग गर्न थाले । खेल मैदान बनेको पञ्चकन्या पोखरीले लामो समय पछि पुनर्जीवन पाएको छ । जन्तेढुंगा गाउँपालिकाले केही वर्ष अगाडि पोखरीको पुनर्निर्माण गरेको हो । पोखरीको पुनर्निर्माणसँगै अहिले फाट्टफुट्ट दर्शनार्थीहरु आउने गरेको स्थानीय रिपुधन तामाङ बताउनुहुन्छ । पोखरीको नजिकै मन्दिर पनि नि...
दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ

दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
असार २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्या गर्ने धम्की दिएर पक्राउ पर्नेमा खोटाङका रमेश कुमार गुरुङ रहेका छन् । खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे स्थायी घर भएका गुरुङ हाल काठमाडौ बस्दै आएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङ पछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईले प्रहरीमा दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको बताइएको छ । उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागिप्रहरी वृत्त महाराजगन्ज पठाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकारी दिए । व्यवसायी प्रसाईंलाई अपरिचित नम्बरबाट तीन हप्ताअगाडि फोन आयो । फोन गर्ने व्यक्तिले सीधै भने– तपाईंको हत्या योजना छ । ज्यानको माया छ भने ३० करोड रूपैयाँ ठीक पार्नुस् । धम्कीबाट अलिकति तर्सिए पनि प्रसाईं हड्बडाएनन् । उनले तत्कालै प्रहरीमा जान...
मैसाङ डाँडालाई चिया बगान बनाउदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

मैसाङ डाँडालाई चिया बगान बनाउदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २४  । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा नम्बर ६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करीब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको छ । सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्य हो । आगामी दिनमा आन्तरिक पर्यटकको बृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चियाको बगान बनाउन सुरुवात गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने स्थानीय उत्तम खड्काको भनाइ छ । यो वर्ष ७ हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले अन्य वर्ष बिरुवा थप्दै जाने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ...
खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशूल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रतिवेदनमा उल्लेख छ । हाल जिल्लामा १ वर्ष मुनिका ३ हजार ३४४ जना, २ वर्ष मुनिका ६ हजार ४९२ जना र ५ वर्ष मुनिका १६ हजार ५०५ जना बालबालिका रहेका छन् । उनिहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका ...
खोटेहाङले सुरु गर्यो एम्बुलेन्स सेवा, गर्भवती महिलाका लागि निःशूल्क

खोटेहाङले सुरु गर्यो एम्बुलेन्स सेवा, गर्भवती महिलाका लागि निःशूल्क

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २३ । खोटाङको खोटेहाङ गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिकाले भन्सार छुटमा २० लाखमा खरिद गरेर शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्समार्फत गर्भवती महिलाहरुले निःशूल्क सेवा पाउने छन् । खोटेहाङ गाउँपालिका भित्रका स्वास्थ्य संस्थासम्म गर्भवती महिलाहरुलाई एम्बुलेन्सले निःशूल्क सेवा दिने गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताउनुभयो । अवस्था जटिल भएर काठमाण्डौ लानु परेमा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तरगत हेलिकप्टरमार्फत गर्भवती महिलाहरुले सेवा पाइरहेका छन् । तसर्थ पालिका भरीका स्वास्थ्य संस्थामा लान एम्बुलेन्स निःशूल्क गरिएको उहाँको भनाइ छ । यदि जिल्ला सदरमुकाम दिक्तेल, छिमेकी जिल्ला भोजपुर, उदयपुरको गाइघाटसम्म लानु पर्ने अवस्था आएमा पनि गर्भवती महिलाको लागि एम्बुलेन्स निःशूल्क हुने अध्यक्ष राईले बताउनुभयो ।...
रावाबेसीमा कक्षा १२ सम्मको शिक्षा निःशूल्क गरिने, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति

रावाबेसीमा कक्षा १२ सम्मको शिक्षा निःशूल्क गरिने, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २० । खोटाङको रावा बेसी गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निःशूल्क गर्ने भएको छ । कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशूल्क गरिने पालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नेपालको संविधान बमोजिम माध्यमिक तह कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशूल्क गरिने उल्लेख छ । संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क भनिएपनि कक्षा ११ र १२ मा विद्यालयहरुले विभिन्न शिर्षकमा शुल्क लिने गरेका छन् । आगामी आर्थिक वर्षबाट पूर्णरुपमा निःशूल्क गराउने रावा बेसी गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, दलित, जेहेन्दार, विपन्न र बहुमुखी प्रतिभा भएका विद्यार्थी छनौट गरी प्राविधिक शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ । विद्यार्थीको संख्या भने नीति तथा कार्यक्...
केपिलासगढी गाउँपालिकाले कृषकका कृषि उपज भण्डारण र बजारीकरण गरिदिने

केपिलासगढी गाउँपालिकाले कृषकका कृषि उपज भण्डारण र बजारीकरण गरिदिने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २० । खोटाङको केपिलासगढी गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषि उपजको भण्डारण र बजारीकरण गरिदिने भएको छ । कृषि उपजको बजार नभएको भन्ने कृषकको गुनासो आएकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषकहरुको गुनासोलाई सम्बोधन गरेको छ । गाउँपालिका अध्यक्ष समिर राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकामा रहेको पुरानो भवनहरुलाई मर्मत गरी कृषि संकलन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइने उल्लेख छ । पालिका भरिका कृषकले उत्पादन गरेका कृषि उपज उचित मुल्यमा खरिद गरेर उक्त संकलन केन्द्रमा जम्मा गर्ने गाउँपालिकाको नीति छ । आगामी आर्थिक वर्ष भित्रै शीत भण्डारसमेत व्यवस्थापन गरिने बताइएको छ । चालु आर्थिक वर्ष बाटै तोरी तेलमा आत्मनिर्भर बनाउने योजना बनाएको पालिकाले आगामी वर्ष अझै उत्पादन बृद्धि गर्न व्यवस्थापन गर्ने र उत्पादनको आधारमा पुरस्कार प्रदानको नीति ...
खोटाङको साउनेचउरमा रोपाइँ गर्न तयार पारिएको खेत पहिरोले पुर्यो, एक घरमा क्षति

खोटाङको साउनेचउरमा रोपाइँ गर्न तयार पारिएको खेत पहिरोले पुर्यो, एक घरमा क्षति

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार २० । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरमा रोपाइँ गर्न तयार पारिएको खेत पहिरोले पुरेको छ । साउनेचउरस्थित भदौरेका तेजबहादुर मगरको करीब १२ मुरी धान फल्ने खेत पहिरोले पुरेको हो । आली लगाएर, बिउ उखेलेर धान रोप्न तयार पारिएको खेत मंगलबार राती माथी बाट आएको पहिरोले पुरिदिएको साउनेचउरका वडा सदस्य विमला मगरले बताउनुभयो । सडक माथीबाट झरेको पहिरोले सडकसँगै तेजबहादुर मगरको करीब १२ मुरी धान फल्ने खेत पुरेको उहाँको भनाइ छ । पुरिएको खेत भन्दा केही तल गोठ रहेकाले गोरु बचेका छन् । खेतमै छाडिएको कोदाली, हलो जुवासमेत पुरिएको छ । यस्तै, सोही ठाउँका कुमार मगरको घरमा पहिरोले क्षति पुराएको छ । घर माथिको बारीको कान्लो खस्दा मगरको घरमा क्षति पुगेको हो । बारीको कान्लोले घरको मुनी तलाको गारो भत्काएको छ । घर नजिकैको ९ वटा कुखुरासहितको खोर पुरिएको वडा सदस्य मगरले बताउनुभयो । नयाँ घरमा पहिरोले क्षति ...
ऐसेलुखर्क गाउँपालिकाले प्राविधिक शिक्षा पढ्ने २ जना विद्यार्थीलाई १० लाखसम्म सहयोग गर्ने

ऐसेलुखर्क गाउँपालिकाले प्राविधिक शिक्षा पढ्ने २ जना विद्यार्थीलाई १० लाखसम्म सहयोग गर्ने

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार १९ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई ५ देखि १० लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । महिला, दलित, जेहेन्दार, विपन्न तथा गरिब, अल्पसंख्यक र जनजाती २ जना विद्यार्थीलाई १० लाखसम्म आर्थिक सहयोग प्रदान गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा (एम.बि.बि.एस, बि.डि.एस, बि.पि.एच र इन्जिनियरिङ) प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने २ जना विद्यार्थीलाई ५ देखि १० लाखसम्म आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै, शिक्षा क्षेत्रमा गाउँपालिकाले दिवा खाजामा अखाद्य वस्तुलाई निरुत्साहित गरी गाउँमै उत्पादित खाजालाई जोड दिने भएको छ । निःशूल्क वितरण हुने सेनिटरी प्याड कार्यक्रमलाई थप व्यवस्थापन गर्ने र आर्थिक वर्ष २०८०/०८१ भित्र ऐसेलुखर्क गाउँपाल...