Saturday, April 25News That Matters

Author: रुपाकोट खबर

खोटाङ : रुखको मुढोले उच्छिट्याएर भिरबाट लडाउदा एक जनाको मृत्यु

खोटाङ : रुखको मुढोले उच्छिट्याएर भिरबाट लडाउदा एक जनाको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, मंसिर २ । खोटाङमा रुखको मुढोले उच्छिट्याएर भिरबाट लडाउदा एक जनाको मृत्यु भएको छ । रुख ढालेर टुक्रयाउने क्रममा पछाडीको मुढोले उच्छिट्याएर करीब ७ मिटर तल झार्दा बिहिबार उनको मृत्यु भएको हो । मृत्यु हुनेमा वराहपोखरी गाउँपालिका–५, पौवसेरा, मलखुका ६० वर्षीय रामकुमार राई रहेका छन् । दाउरा काट्न भनी घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा खरबारीको भिरमा उनको शव फेला परेको पौवासेराका वडाध्यक्ष फौदराज राईले जानकारी दिनुभयो । मृतक राईको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा शुक्रबार पोष्टमार्टम गरेर दाहसस्कार गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।...
खोटाङ : निर्वाचन तयारी अन्तिम चरणमा, मतदान र मतगणना स्थल निर्माण हुँदै

खोटाङ : निर्वाचन तयारी अन्तिम चरणमा, मतदान र मतगणना स्थल निर्माण हुँदै

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर २ । खोटाङमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री लिएर बिहिबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ । यस्तै मतदनान स्थलमा पस्ने गेट निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्म...
दिक्तेल–आहाले सडकको काम सुचारु नभए मेयर\उपमेयर थुन्ने स्थानीयको चेतावनी

दिक्तेल–आहाले सडकको काम सुचारु नभए मेयर\उपमेयर थुन्ने स्थानीयको चेतावनी

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । दिक्तेल–आहाले सडकखण्डको कालोपत्रे गर्ने कार्य तत्काल सुचारु गर्न माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१ हाडडाँडाका स्थानीयले मेयर तीथराज भट्टराई ज्ञापन–पत्र बुझाएका छन् । सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कार्यालयमा थुन्ने चेतावनीसहितको ज्ञापन–पत्र स्थानीयले बुझाएका हुन् । दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयरको कार्यकक्षमै पुगेर ज्ञापन–पत्र बुझाउदै तत्काल काम सुचारु गर्न माग गरेका छन् । स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा भदौ १९ गते नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न÷गराउन माग गरेका थिए । उक्त मागको सुनाई नभएपछि दिक्तेलबजारमा सवारी आ...
युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

युवाको श्रमले देश चलाउन हुने अनि युवाले राजनीति गर्न नहुने ? सर्जु श्रेष्ठ

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खोटाङ प्रतिनिधिसभा प्रतयक्षतर्फका उम्मेद्वार (इन्जिनियर) सर्जु श्रेष्ठले युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको छ । राप्रपाले दिक्तेल हेलीप्याडमा आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले युवाको श्रमले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन किन नहुने भन्दै प्रश्न गर्नुभएको हो । ‘धेरैले भन्छन् मलाई, राजनीति गर्न तेरो उमेर कति भयो ? तेरो उमेर राजनीतिमा आउने भयोर ? भन्दै, तर म तिनिहरुलाई भन्न चाहान्छु, युवाहरुलाई बिदेश बेचेर उनिहरुको श्रम र पसिनाले देश चलाउन हुने अनि युवा राजनीतिमा आउन नहुने भन्ने हुन्छ ? अब देशमा विकासको परिवर्तन ल्याउने भनेकै युवाले हो ।’ श्रेष्ठले भन्नुभयो । यस्तै, नेताहरु सर्वहारा र साम्यवादको कुरा गर्दै करौडौँको गाडी चडेर, लाखौँको मोबाइल चलाएर हिड्ने तर जनताको जीवनस्तर जहाँको त्यह...
खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र  १८ सय सुरक्षाकर्मी खटिए

खोटाङ : निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र  १८ सय सुरक्षाकर्मी खटिए

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, मंसिर १ । खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिएका हुन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली जिल्लाबाट खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री भने भोली मात्र पठाइने उहाँको भनाइ छ । मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । खो...
‘गोल्ड मेडलिष्ट’ जसलाई विकासले सम्झाउँछ

‘गोल्ड मेडलिष्ट’ जसलाई विकासले सम्झाउँछ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मंसिर १ । २०६९ सालताका खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा नेपाल शिक्षक संघको क्षेत्रीय अधिवेशन थियो । अधिवेशनमा कांग्रेसका युवा नेता भुपेन्द्र राई अतिथिका रुपमा बोलाइए । खोटाङबजार जानेक्रममा राई तत्कालिन गाविस लिच्कीराम्चेको कालापानी पुगे । कालपानीमा पिउनेपानीको दयनीय अवस्था देखेपछि राईले सुनकोशीको पानी तानेर निकाल्ने प्रतिवद्धता जनाए। करिब दुई हजार मिटर तल रहेको नदीको पानी तानेर गाउँ निकाल्ने कुरा गर्दा स्थानीयले उनको कुरा पत्याएका थिएनन्। कतिपयले त ‘कहीँ पानी उकालो बग्छ?’ भन्दै उडाए पनि । तर, उनको योजना र पहल अनुसार सुनकोशीको पानी कालापानीमा निस्कियो। २०७७ पुषमा राई आफैले रसुवाघाट–कालापानी खानेपानी आयोजना उद्घाटन गरे। सुनकोशी किनारकै भण्डारेघाटमा पनि पानी लिफ्टीङको काम गरेर देखाए । कोभिड–१९ को महामारीले विश्व आक्रान्त थियो। मानव जगत संक्रमणबाट जोगिने सावधानी अपनाइरहेका थिए...

खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउछ : कांग्रेस प्रवक्ता महत

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक गठबन्धनले बनाउने नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका महतले यस्तो बताउनुभएको हो । ‘ओली जि कुरा मात्र गर्नुहुन्छ काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बारै महिना चल्ने सडक निर्माण गठबन्धन सरकारले गर्नेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान पनि गठबन्धनले नै गर्ने भएकाले गठबन्धनका उम्मेद्वारलाई मत दिएर विजयी थराउनुहोस् ।’ मतहले भन्नुभयो । पर्यटकीय महत्व बोकेको हलेसी, किरात सभ्यताको उद्गम स्थल तुवाचुङ भएको जिल्ला खोटाङमा सांकृतिक, आर्धीक र धार्मिक सबै प्रकारको विकास गर्न आवश्यक रहेको र त्यो विकास गठबन्धनले गर्ने प्रवक्ता महतले बताउनुभयो । यस्तै, प्रवक्ता महतले समानुपातिकमा आफ्नो पार्टीलाई मत दिन आएक...
जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

जिताएर पठाउनुहोस्, रामकुमार राई मन्त्री बन्ने संभावना छ : प्रचण्ड

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामकुमार राई (पासाङ) मन्त्री बन्ने संभावना रहेको बताउनुभएको छ । बाम लोकतान्त्रीक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न खोटाङ सदरमुकाम दिक्तेल आउनुभएका प्रचण्डले यस्तो बताउनुभएको हो । ‘माहोल हेर्दा खोटाङमा गठबन्धनको जीत सुनिश्चित भइसकेको छ, यसकालागि म तपाईहरुलाई बधाई दिन चाहान्छु, जिल्लामा विकास र समृद्धिकालागि माओवादी पार्टी, गठबन्धन र सरकार सबैको तर्फबाट सहयोग रहनेछ ।’ प्रचण्डले भन्नुभयो । यस्तै खोटाङको प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेद्वार राई हाल प्रदेश नम्बर एकको खानेपानी तथा सिँचाइ मन्त्री रहनुभएको छ । मंसिर ४ गते हुने निर्वाचनमा जिताएर पठाएमा राई केन्द्रिय सरकारको मन्त्री बन्ने संभावना रहेको प्रचण्डले बताउनुभयो । यस्तै, प्रदेशसभा ‘क’ का उम्मेद्वार एकीकृत समाजवादीका विरब...
हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २९ । विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा प्रतिस्पर्धा गर्न दुई नेपाली खेलाडी थाइल्यान्ड जाने भएका छन् । पटायामा नोभेम्बर १५ देखि नोभेम्बर २२ सम्म हुने प्रतियोगिताका लागि गुणराज रुचाल र डेनिका राई थाइल्यान्ड जाने भएका हुन् । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्ने बताइएको छ । डेनिका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी हुन् । विश्व मुवाँथाई च्याम्पियनसिप खेल्न बिदेश जानेभएपछि नगरपालिकाले उनलाई आर्थीक सहयोग गरेको छ । च्याम्पियनसिप खेल्न जान आर्थीक अभाव भएपछि उनका बुवा एकप्रसाद राईले नगरपालिकामा आर्थीक सहयोगको लागि निवेदन दिएका थिए । सोही अनुसार नगरपालिकाले रु १ लाख सहयोग गरेको मेयर विमला राई बताउनुभयो । थाइल्यान्ड जाने नेपाली टिमलाई नेपाल मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले शुभकामनासहित बिदाइ गरेका छन् ।...
खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, कात्तिक २८ । खोटाङमा जन्मिएका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा जन्मिएका राई बिगत १३ वर्षदेखि सांगीगितक क्षेत्रमा सक्रिय छन् । उनै राईले भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् । आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । फिनालेमा फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरुले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।...