हलेसी तुवाचुङमा कुनै दलसँग गठबन्धन नगरेको जसपाको स्पष्टोक्ति
खोटाङ, जेठ ५ । जनता समाजवादी पार्टी (जसपा) हलेसी तुवाचुङ नगर समितिले स्थानीय तहको निर्वाचन, २०७९ मा हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ । पार्टीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एक्लै चुनावमा लडेको जनाएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा आ–आफ्ना उम्मेदवार उठाए पनि माओवादीले एमालेलाई मेयरमा र एमालेले माओवादीलाई उपमेयरमा भोट माग्दै हिँडेको खुलेको थियो । यसमा एकीकृत समाजवादीले पनि सघाएको बताइएको थियो । पछि जसपाले पनि तीन दलसँग तालमेल गरेको भन्ने समाचार आएका थिए । जसपाले त्यसमा कुनै सत्यता नभएको बताएको हो ।
“हलेसी तुवाचुङ नगरपालिका–८ मा जसपा नेपालले आफूलाई अध्यक्ष पदमा स्वीकार गर्ने अन्तर दललाई २/२ सदस्य दिई स्थानीय तहको नेतृत्वका सहजतामा तालमेल गरी एकअर्कामा सहयोग गरागर गर्ने भनी सहमति बन्यो,” जसपा हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष मविन्द्र राई र स...









