ऐसेलुखर्कमा गठबन्धनको प्रतिबद्धता : गाउँ गाउँमा फ्रि वाइफाइ ( अरु के–के गर्नेछन् हेर्नुहोस पुर्णपाठ)
खोटाङ, वैशाख २१ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनले गाउँ गाउँमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेद्वार विजयी भएमा गाउँपालिकाका हरेक गाउँमा फ्रि वाइफाइको व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै बृद्ध, बालाबलिका, विद्यार्थी र फरक क्षमता भएका ब्यक्तिलाई यातायात शुल्कमा ३० प्रतिशत छुट मिलाइने गठबन्धनले जनाएको छ ।
माध्यामिक तहमा आबस्यकता अनुसार प्राबिधिक धार अन्तरगत कृषि तथा भेटनरी, सिभिल ईन्जिनियरिङ वा अन्य प्राबिधिक शिक्षा संचालन गर्ने, गाँउपालिकाको प्रशासनिक भबनको बिवादलाई समाधान गरी गुणस्तरिय मापदण्ड अनुसारको भवन यथाशिघ्र निर्माण सम्पन्न गर्ने, बाकी वडाका कार्यलय भवनहरु निर्माण गर्ने, ऐशेलुखर्क अस्पताललाई उच्चतम प्रबिधिमैत्री प्रबिधिक श्रोतसाधन, दक्ष स्वास्थ्यकर्मी सहित नियमित स्वास्थ्य सेवा संचालन गर्ने, प्रत्येक युवालाई खेलकुद प्रशिक्ष...









