खोटाङ : पालिकास्तरीय भलिबलको उपाधि रावाबेँसी ‘ए’ को पोल्टामा
खोटाङ, चैत २२ । रावाबेँसी गाउँपालिका खोटाङको आर्थिक सहयोगमा रावाबेँसी खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक पुरस्कार राशिको अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रावाबेँसी ‘ए’ ले जितेको छ । मंगलबार रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी आधारभूत विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा ऐँसेलुखर्क ‘बी’ लाई पराजित गर्दै रावाबेँसी ‘ए’ ले प्रतियोगिताको उपाधि जितेको हो ।
उपाधि विजेता रावाबेँसी ‘ए’ ले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फाइनलमा रावाबेँसी ‘ए’ सँग पराजित भएर उपविजेतामा सीमित बनेको ऐँसेलुखर्क ‘बी’ ले नगद रु. ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थान खोटेहाङले हासिल गरेको छ । मंगलबार नै भएको खेलमा ऐँसेलुखर्क ‘ए’ लाई हराउँदै खोटेहाङले तेस्रो स्थान हासिल गरेको हो । उसले नगद रु. ५० हजारसहित ट्रफी, मेडल ...









