Saturday, April 18News That Matters

Author: रुपाकोट खबर

खोटाङका राजनीतिक दल निर्वाचन केन्द्रित, नेताहरु नागरिकका घरआँगनमा

खोटाङका राजनीतिक दल निर्वाचन केन्द्रित, नेताहरु नागरिकका घरआँगनमा

Banner News 3, ताजा अपडेट, राजनीति
खोटाङ, चैत ९ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने निश्चित भएसँगै खोटाङका राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि केन्द्रिय स्तरका नेताहरु जिल्लामा ल्याउनेदेखि राजनीतिक दलहरु गाउँ केन्द्रितमा सक्रिय भएका हुन् । कांग्रेसले देशैभर संगठन सुदृढीकरण अभियान चलाइरहेको छ । जसअन्तरगत कांग्रेसले खोटाङमा टोल समिति गठनलाई तिव्रता दिदै जिल्लाका नेता कार्यकर्ता गाउँ केन्द्रित भएका छन् । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेससँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) लगायतका पार्टीका नेता कार्यकर्ता पनि गाउँ टोलमा भेटिन थालेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबाट प्रदेश एकका मन्त्री भएका रामकुमार राई र राजन राई नेता कार्यकर्तासँग गाउँमा देखिन्छन । नेपाल सरकारका प्रधानमन्त्री समेत रहनु भएका नेप...
दिक्तेल रुपाकोट मझुवागढीमा समाजवादी विद्यार्थी युनियनको संगठन विस्तार तीव्र

दिक्तेल रुपाकोट मझुवागढीमा समाजवादी विद्यार्थी युनियनको संगठन विस्तार तीव्र

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत ९ । जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संगठन विस्तारको कार्य तीव्र पारेको छ । चैत १२ गते सदरमुकाम दिक्तेलमा हुने विद्यार्थी र युवाको नगर सम्मेलनलाई मध्यनजर गर्दै संगठन विस्तारलाई तीव्र पारिएको समाजवादी विद्यार्थी युनियन प्रदेश १ का मुख्यसचिव कृष्ण गिरीले जानकारी दिनुभयो । संगठन विस्तार अभियान अन्तर्गत आज जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा कक्षा १२ का तीन संकायमा फरक फरक संगठन निर्माण गरिएको छ । समाजवादी विद्यार्थी युनियन प्रदेश १ का अध्यक्ष रबिन खम्बुको उपस्थितिमा शिक्षा संकायमा साइँला राईको अध्यक्षतामा ५८ सदस्यीय समिति निर्माण गरिएको छ । यस्तै मानविकी संकायमा विशाल विश्वकर्माको अध्यक्षतामा ४७ सदस्यीय र व्यवस्थापन संकायमा लोकेन्द्रबहादुर कार्कीक...
जन्मदिनको अवसरमा पत्रकार वनले गरे अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

जन्मदिनको अवसरमा पत्रकार वनले गरे अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग

समाज
खोटाङ, चैत ९ । सोलुखुम्बुको जुबुमा जन्मनुभएका पत्रकार रमन वनले आफ्नो जन्मदिनको अवसरमा काठमाडौँको एक बाल आश्रमका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । उहाँले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौँको मूलपानीमा रहेको जनजाती बाल आश्रमका अनाथ र विपन्न ३० जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । वनले आश्रममै पुगेर प्रति बालबालिका ३ ओटा कापीको साथमा कलम, पेन्सिल, इरेजर र कर्टर उपलब्ध गराउनुभएको थियो । जन्मदिनमा महँगो रकम खर्चेर अनावश्यक तडकभडक देखाउने परम्परालाई तोड्दै सामाजिक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफूले शैक्षिक सामग्री सहयोग गरेको वनले बताउनुभयो । साथै वनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बालबालिकको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उक्त अवसरमा पर्यटन व्यवसायी तुलसीराम पुरी, कपन जेसिआईमा आवद्ध भएर काम गर्नुभएक...
रावाबेसी–६ हौँचुरमा कांग्रेस निकट महिला संघ र दलित संघ समिति गठन

रावाबेसी–६ हौँचुरमा कांग्रेस निकट महिला संघ र दलित संघ समिति गठन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत ७ । रावाबेसी गाउँपालिका– ६ हौँचुरमा नेपाली कांग्रेस निकट नेपाल महिला संघ र दलित संघको वडा समिति गठन भएको छ । कांग्रेसको वडा समितिले आयोजना गरेको कार्यक्रमले आज दुई फरक समितिको गठन गरेको कांग्रेस रावाबेसी गाउँपालिका सचिव चिरन कार्कीले जानकारी दिनुभयो । नव गठीत ३१ सदस्यीय महिला संघको अध्यक्षमा भिमा कार्की र सचिवमा मुना परियार रहनु भएको छ । यस्तै २१ सदस्सीय दलित संघको अध्यक्षमा चंखु नेपाली र सचिवमा मनमाया बिश्वकार्म रहनु भएको छ । कार्यक्रममा कांग्रेसका नेता जनक कार्की, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य खगेन्द्र कार्की, महिला संघ रावाबेसी गाउँपालिका संयोजक शोभा पाण्डे, दलित संघ रावाबेसी गाउँपालिका संयोजक दिपक नेपाली लगायतको उपस्थिती रहेको थियो ।...
प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले साप्सुखोला मोटरेबल पक्की पुलको उद्घाटन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटनका लागि प्रधानमन्त्री देउवा, खानेपानी मन्त्री उमाकान्त चौधरी र नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बे हेलीकप्टर मार्फत कार्यक्रम स्थल आउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा रहेकाले संसदबाट पास गरिएको बताउनुभएको छ । एमसिसीको बिषयमा केहि व्यक्तिहरुले गलत प्रचार गरेपनि एमसिसी कुनै पनि हालतमा राष्ट्र हितको बिपरित नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ । यस्तै, खानेपानी मन्त्री चौधरीले एमसिस...
जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

जनताको सुरक्षा गर्न प्रहरी बनेकी खोटाङकी उर्मिला ‘जनता’बाटै मारिइन्

Banner News 3, ताजा अपडेट, समाज
चैत ७ । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् । तर उनी जसको सेवा गर्छु र जसलाई शान्ति सुरक्षा दिन्छु भनेर प्रहरी बनेकी थिइन्, उनीहरुकै आवेगबाट मारिइन् । घर परिवार आफन्त र साथीसंगीका आँखा चिसो बनाउँदै उनी सदाका लागि अस्ताइन् । प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत श्रेष्ठ मोरङको लेटाङ–५ मा भएको झडपमा परेर मारिइन् । होली खेल्ने क्रममा गत शुक्रबार एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई प्रहरीमा बुझाउने तयारी थियो । विद्यालयमा शिक्षक र गाउँलेबिचको छलफलपछि ...
प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै

प्रधानमन्त्री देउवा भोलि खोटाङ आउँदै

Banner News 1, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, चैत्र ६ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार खोटाङ आउँदै हुनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउन लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले भोलि दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मूल्य अभिवृद्धि करसहित रु. ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण सम्पन्न भएको ४० मिटर लामो पक्की पुल सूर्य एन्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो । निर्माण कम्पनीसँग वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्ने गरी २०७६...
खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने

खोटाङमा पनि म्यादी प्रहरी भर्ना थालियो, ११ सय ४७ जना छनोट हुने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा पनि म्यादी प्रहरी भर्ना प्रक्रिया थालिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले आजदेखि म्यादी प्रहरीका लागि आवेदन लिन सुरु गरेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर शाहका अनुसार आजदेखि चैत ११ गतेसम्म आवेदन लिइनेछ । आवेदन खुलेको पहिलो दिन नै आवेदन दिनेको भीड लागेको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त, सामान्य लेखपढ गर्न जान्ने नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा १ प्रति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र ५ प्रति पासपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने प्रहरी निरीक्षक शाहले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मी, नेपाल...
सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित

सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत ६ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ९२ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडाका ५१ जना महिला र ४१ जना पुरुष गरी ९२ जना जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको हो । जेष्ठ नागकिरलाई सम्मान गर्न वडा कार्यालयले आज कार्यक्रमनै आयोजना गरेको थियो । वडा कार्यालयद्वारा आयोजीत कार्याक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले दोसल्ला ओडाएर सम्मापत्रले सम्मान गर्नुभएको मेयर राईको सचिवालयले जानकारी दिएको छ ।...
खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

खोटाङ : ५ सय सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन

Banner News 3, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत्र ०६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले फागुन महिनमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालन गरिएका ५ सय वटा सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार उक्त महिना सबैभन्दा बढी १ सय ९२ वटा मोटसाइकल कारबाहीमा परेका छन् । यस्तै कार–जीप–भ्यान १ सय ७२, टयाक्टर ६८, ट्रक ४६, बस १०, अटो–टेम्पो ८ र टिप्पर ४ वटालाई कारबाही गरिएको छ । मादक पदार्थ सेवन गरी चलाइएका ४, बिना लाइसेन्सका ६९, साथमा कागजात नबाकेका २ सय ८८, लापरबाही गरी चलाइएका १ सय ३६ र बिना रुट अनुमति चलाइएका ३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी इन्चार्ज खत्रीले जानकारी दिनुभयो । ती सवारी साधन कारबाहीबाट ३ लाख ६३ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।...