Saturday, April 18News That Matters

Author: रुपाकोट खबर

गंगोदय माविको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालय उद्घाटन

गंगोदय माविको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालय उद्घाटन

ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १३ । रावाबेसी गाउँपालिका ५ दुवेकोल स्थीत गंगोदय माध्यमिक विद्यालयको नवनिर्मित भवन र अपाङ्ग मैत्री शौचालयको उद्घाटन गरिएको छ । रोटरी क्लब अफ द हिमालय गोर्खाज युकेले निर्माण गरेको भवन आज एक कार्यक्रमका बीच उद्घाटन गरेको विद्यालयले जनाएको छ । गोर्खाज युकेको १५ लाख लगानिमा विद्यालयको २ कोठे भवन र २१ लाख लगानिमा अपाङ्ग मैत्री शौचालय निर्माण भएको हो । निर्माण सम्पन्न भएसँगै आज उद्घाटन गरेर विद्यालयलाई जिम्मा लगाइएको गंगोदय माध्यमिक विद्यालयका शिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रोटरी कल्व अफ द हिमालयन गोर्खाजका अध्यक्ष सत्त बहादुर गुरुङ, बिशेष अतिथीको रुपमा गोर्खाजका जिल्ला प्रतिनिधि राजेश थापा र रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला लगायत रहनुभएको थियो ।...
हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

हलेसी मन्दिर : कोरोनाको कारण आम्दानी घट्यो, तीन वर्षमा १ करोड ९२ लाख भेटी संकलन

Banner News 2, अर्थ, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन १३ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण त्रिधार्मिक स्थल हलेसी मन्दिरको आम्दानीमा उच्च गिरावट आएको छ । गत तीन आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै हलेसी सूचना केन्द्रले मन्दिरको वार्षिक आम्दानी घटेको जनाएको हो । सूचना केन्द्रका प्रमुख सयन्द्र राईले मन्दिरबाट तीन आर्थिक वर्षको अवधिमा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २ सय १५, २०७६/०७७ मा ५३ लाख ८९ हजार ८ सय ६९ र २०७७/०७८ मा ५१ लख २८ हजार ४ सय ४ रुपैयाँ गरी तीन आर्थिक वर्षमा जम्मा १ करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ भेटी संकलन भएको विवरण सूचना केन्द्रले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा आर्थिक वर्ष २०७४/०७५ मा भन्दा १ सय ९ प्रतिशत बढी आम्दानी भएकोमा त्यसपछिका दुई वर्ष आम्दानी घटेको देखिएको छ । कोरोना महामा...
लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

लामीडाँडा विमानस्थल : कच्ची हुँदा नियमित उडान, स्तरोन्नति पश्चात काम बिहिन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, फागुन १२ । खोटाङको सबै भन्दा पुरानो लामीडाँडा विमानस्थल यतिबेला काम बिहिन बनेको छ । जिल्लाको रावाबेसी गाउँपालिका–३ लामीडाँडाामा वि.स. २०२८ सालमा निर्माण सम्पन्न पश्चात खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको विमानस्थल अहिले काम बिहिन बनेको हो । कच्ची लामीडाँडा विमानस्थललाई पक्की बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रु ६ करोड ३४ लाख बजेट बिनियोजन गरेपछि निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुमा गरेको सम्झौता अनुसार काम सम्पन्न नभएपछि पुनः म्याद थप गरेर विमानस्थल स्तरोन्नति पश्चात २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको थियो । कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नति पश्चात नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए । तर स...
दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

दुवेकोलका वृद्धवृद्धालाई निःशुल्क न्यानो कपडा र विद्यार्थीलाई पोशाक

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ११ । रावाबेसी गाउँपालिका–५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले पोशाक निःशुल्क पाएका छन् । वडाभित्रका ७५ वर्षमाथिका वृद्धवृद्धालाई ऊनको स्वेटर र टोपी, विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो । वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडासचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वेटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती प्राथामिक विद्यालय र बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो । हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलान...
नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी गर्ने ओखलढुंगाका एकजना पक्राउ

Banner News 3, ताजा अपडेट, समाज
फागुन ११ । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ओखलढुंगाका एक जनालाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा–६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप छ । बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीको भनाइ छ । एसपी कृष्ण कोइरालाका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि बुढाथोकीलाई महानरी...
एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ११ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे खोटाङमा सडक जनमत संग्रह गरिएको छ । नेकपा माआवोदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला कमिटीले सदरमुकाम दिक्तेलस्थित त्रिवेणीचोकमा सडक जनमत संग्रह गरेको हो । संसदमा पेश भएको एमसीसी यथास्थितिमा पारित गर्ने वा नगर्ने भन्ने विषयमा सर्वसाधरण, बुद्धिजीवी, व्यापारीलगायतलाई मतदान गराइएको अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता पारश विराटले जानकारी दिनुभयो । मतदानमा सहभागी २०७ जनामध्ये १९२ जनाले यथास्थितिमा एमसीसी पारित गर्न नहुने र १४ जनाले बिना संशोधन पारित गर्न सकिनेमा मत दिएका थिए भने १ मत बदर भएको थियो । संग्रह गरिएको जनमतसहित जिल्ला प्रशासन कार्यालमार्फत भोलि सरकारलाई ज्ञापनपत्र पठाइने अखिल (क्रान्तिकारी) प्रदेश नम्बर १ का सचिव एवं खोटाङ जिल्ला संयोजक डिआर खड्काले बताउनुभयो ।  एमसीसीका कतिपय बुँदा र...
हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

हलेसी तुवाचुङद्वारा ३ कृषक समुह र १३ आमासमूहलाई कुटानी पिसानी मिल प्रदान

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन १० । हलेसी तुवाचुङ नगरपालिकाले ३ कृषक समुह र १३ वटा आमासमूहलाई विद्युतीय कुटानी पिसानी मिल प्रदान गरेको गरेको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत नगरपालिकाले विनियोजन गरेको बजेटबाट मिल खरिद गरी आज नगरपालिकामा आयोजित कार्यक्रमका बीच मिल हस्तान्तरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । घरायसी काममा महिलारूको कार्यबोझ घटाउने उद्देश्यले विद्युतीय मिल सहयोग गरिएको मेयर इवन राईले बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकामा निवेदन दिएकाहरूमध्येबाट छनोट गरी मिल प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसबाट महिलाहरूको दैनिक घरायसी काममा श्रम कम पर्ने र समयको पनि बचत हुने मेयर राईको विश्वास छ ।...
बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

बुलापन्थे माविमा सरोज राई स्मृति अक्षय कोष स्थापना

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, फागुन ९ । हलेसि तुवचुङ नगरपालिका–८ धितुङका स्वर्गीय सरोज राईको स्मृतिमा अक्षय कोष स्थापना भएको छ । सोहि गाउँ स्थीत बुलापन्थे माध्यमिक विद्यालयमा स्वर्गीय राईको परिवारले जेहेन्दार, लगनशील, विपन्न एवं आर्थिक अबस्था कमजोर परिवारका विद्यार्थीलाई बार्षिक रूपमा छात्रवृत्ति प्रदान गर्नेगरी कोष स्थापना गरेको हो । अक्षय कोष स्थापना गर्दै स्वर्गीय राईका वुबा कमलराज राई र दाई दुर्गमणि राईले १ लाख ११ हजार १ सय ११ रुपैयाँ विद्यालयलाई आज हस्तान्त्रण गर्नुभएको नेपाली कांग्रेस धितुङका वडा सभापति टेकराज राईले जानकारी दिनुभयो । कोष स्थापनासँगै विद्यालयका केहि विद्यार्थीलाई आजै छात्रवृत्ति पनि प्रदान गरिएको उहाँको भनाई छ । स्वर्गीय सरोज राईको २५ वर्षको उमेरमा गत जेठ ३० गते उदयपुरमा काठ काट्दै गर्दा काठ्ले किचेर मृत्यु भएको थियो ।...
स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

स्वास्थ्यकर्मी संघ खोटाङको जिल्ला अधिवेशन फागुन १३ गते

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, फागुन ९ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको दोस्रो जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । फागुन १३ गते बिहान १० बजे जिल्ला समन्वय समितिको समीक्षालय हल, दिक्तेलमा अधिवेशन गर्ने निर्णय भएको अधिवेशन संयोजक तीर्थराज आचार्यले जानकारी दिनुभयो । ‘सम्पूर्ण स्वास्थ्यकर्मीहरू एकजुट होऔँ’ भन्ने नारासहित हुने अधिवेशनले संघको ४१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, २ जना केन्द्रीय प्रतिनिधि र २ जना प्रदेश प्रतिनिधि चयन गर्नेछ । जिल्ला कार्यसमिति निर्विरोध चयन गर्ने तयारी भएको विश्वस्त स्रोतले जनाएको छ । केन्द्रीय प्रतिनिधिको हकमा संशोधित नयाँ विधान अनुसार ५० जना सदस्य बराबर महिला र पुरुषको प्रतिनिधित्व हुने गरी प्रतिनिधि चयन हुनेछ । यसअघि माघ ७ गते गर्ने भनिएको जिल्ला अधिवेशन कोरोना भाइरस संक्रमण बढेपछि स्थगित गरिएको थियो ।...
खोटाङ : स्ववियु निर्वाचन गर्न दबाबका लागि नमुना मतदान

खोटाङ : स्ववियु निर्वाचन गर्न दबाबका लागि नमुना मतदान

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, फागुन ९ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले स्ववियुको नमुना निर्वाचन गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आवश्यक ‘छ’ वा ‘छैन’ भन्ने बुझ्न अनेरास्ववियुले दिक्तेल बहुमुखी क्याम्पसमा नमुना निर्वाचन गरेको हो । मतदानमा सहभागी २ सय ७८ जना विद्यार्थीहरूमध्ये २ सय १८ जनाले स्ववियु निर्वाचनको पक्षमा र ४७ जनाले विपक्षमा मतदान गरेका छन् । १३ मत भने बदर भएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले जानकारी दिनुभयो । स्ववियु निर्वाचन गराउन सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले विद्यार्थीको मत सर्वेक्षण गरिएको अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले बताउनुभयो । स्ववियुको यो कार्यक्रमले नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा पहिलोपटक मतदान गर्ने नयाँ मतदाताहरूलाई पनि सहयोग पुगेको संग्रामको भनाइ छ । मतदानका लागि आवश्यक सामग्री जिल्ला निर्वाचन कार्य...