आइतबारदेखि नेपालमा रेल कुद्ने
माघ २८ : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ।
फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए।
निर्देशक झाका अनुसार सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए।
'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ', झाले भने।
यो क्रममा त्रुटि फेला परे मर्मत सम्भार गर्ने योजना रहेको कम्पनीका महाप्रबन्धक झाले बताए।
ड्राइ रनका लागि रेलको लिंक वरपर अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ) द्वार, स्टेशन, हल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत भइसकेको...








