Saturday, August 29News That Matters

स्थानीय

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २० : मकैको खोसेलाबाट बन्ने विभिन्न सामग्री निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाका महिलालाई यस सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङसँगको समन्वयमा १२ दिनको आधारभूत तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो । हलेसी तुवाचङ नगरपालिका–७, ऐँसेलुखर्कमा असोज ८ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना महिला सहभागी थिए । सहभागीहरूलाई यसअघि नगरपालिकाले आयोजना गरेको तालिममा लिनुभएकी मनिषा राईले प्रशिक्षण दिनुभएको थियो । मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्ने तालिम दिइएको हो । सामान्यतया घाँसको रूपमा गाईवस्तुलाई खुवाउने गरिएको खोस्टाबाट घरायसी आकर्षक घरायसी सामग्री उत्पादन गरी...
अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

Banner News 2, मनोरञ्जन, स्थानीय
खोटाङ असोज १८ : अदृश्य कला केन्द्रको प्रस्तुतीमा “फाटेको रुमाल” बोलको पुर्वली लोक गीत युटुवमा सार्वजनिक भएको छ । चर्चित रियालिटि सो “द भोईस अफ नेपाल तीन” की फाईनालिष्ट तारा श्रीस मगर र खोटाङका गायक कुबेर राईको आवाज रहेको “फाटेको रुमाल” आज (सोमबार) तुवाचुङ टिभि युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । कुबेर राईको संगित र एकराज दोसाँधको शब्दमा तयार भएको “फाटेको रुमाल” पुर्वेली लोक गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको एरेन्ज राजु कार्कीले गर्नु भएको छ । पाँच वटा गीतको सफलता पश्चात छैटौँ कोसेलीको रुपमा “फाटेको रुमाल” लिएर आएको अदृश्य कला केन्द्रले यो गीतले पनि दर्सक स्रोताको मन जित्ने आशा लिएको केन्द्रका महासचिव एवं गीतका रचनाकार एकराज दोसाँधले बताउँनु भयो ।   भिडियोको लागि यो लिंकमा क्लीक गर्नुहोस http://https://youtu.be/eLdzaaydNWE...
खोटाङमा धामी झाँक्रीलाई तालिम

खोटाङमा धामी झाँक्रीलाई तालिम

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १८ गते : खोटाङमा धामी झाँक्रीलाई तालिम प्रदान गरिएको छ । झारफुक गर्न धामी झाँक्रीसँग आउने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले तालिम प्रदान गरिएको हो । जिल्लाको दुई स्थानमा तालिमको आयोजना गरिएको थियो । जसमा दिक्तेलमा आयोजना गरिएको तालिममा २८ जना र हलेसीमा आयोजना गरिएको तालिममा ३५ जना धामी झाँक्रीको सहभागिता रहेको आयोजकले जनाएको छ । गाउँघरमा अझै पनि धामी झाँक्रीकै बिश्वास गर्ने र बिरामी पहिले धामी झाँक्रीसँगै जाने भएकाले आँखाका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताउँनु भयो । कतिपय आँखाका बिरामीहरु अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योती गुमाउने गरेका कारण त्यस्...
हलेसीमा दर्शनार्थीको चहलपहल घट्यो

हलेसीमा दर्शनार्थीको चहलपहल घट्यो

Banner News 3, धर्म संस्कृति, समाचार, स्थानीय
पूर्वको पशुपति नामले परिचित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा भक्तजनहरूको चहलपहलमा कमी आएको छ । कोरोना कहरका कारण साढे चार महिना बन्द रहेको मन्दिर गत भदौ २८ गतेबाट पुनः खुला गरिएको भए पनि विगतको तुलनामा भक्तजनहरूको चहलपहलमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सोमबार र शनिबार हजारौँ र अन्य दिन सयौँको सङ्ख्यामा भक्तजनहरू हलेसी मन्दिर दर्शन गर्न आउने गरेका थिए । तर, हाल भने भक्तजनहरूकोे आगमनमा कमी आएको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । शनिबार करिब डेढ सय भक्तजन दर्शन गर्न मन्दिर आएका थिए भने अन्य दिन दशनार्थीको आगमन शून्य जस्तै रहेको उहाँले बताउनुभयो ।  हिन्दु धर्मालम्बीहरूको सोह्र श्राद्ध चलिरहेको कारण मन्दिरमा भक्तजनको आगमन कम भएको हुन सक्ने व्यवस्थापन समितिको आँकलन छ । जिल्लामा कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएपछि वैशाख १५ गतेबाट हलेसी म...
सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

सामाजिक सेवा दिवसमा खोटाङमा तीन व्यक्ति सम्मानित

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : ४२ औँ सामाजिक सेवा दिवसका अवसरमा खोटाङमा तीन जना व्यक्ति सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा विशेष योगदान दिने तीन जनालाई सम्मान गरिएको गैरसरकारी संस्था महांसघ नेपाल, जिल्ला शाखा खोटाङका अध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो ।  सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडा सदस्य प्रकाशकुमार श्रेष्ठ, सोही वडाका युवा कविराज रिजाल र सोही नगरपालिका २ सोल्माका समाजसेवी चन्द्रप्रसाद आचार्य रहनुभएको छ ।  वडा सदस्य श्रेष्ठलाई कोभिड महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएको, रिजाललाई कलिलो उमेरमै पनि कोभिड महामारी नियन्त्रणमा दिलोज्यान लगाएर खटिएको तथा आचार्यलाई वृद्धवृद्धा, अशक्त तथा अपांगलाई ४ हजार २ सय बढी लट्ठी निःशुल्क वितरण गरेर सहयोग गरेकाले सम्मान गरिएको अध्यक्ष राईले बताउनुभयो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि खोटाङका प्रमुख जिल्ला अधि...
दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

दोर्पा र बाँझेच्यानडाँडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १५ : नेपाल टेलिकमले खोटाङका थप दुई स्थानमा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–८, दोर्पा र साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडामा फोरजी सेवा विस्तार गरिएको टेलिकमको खोटाङ कार्यालयका प्रमुख खगेन्द्र बलम्पाकीले जानकारी दिनुभयो । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, वुुइपा र साकेला गाउँपालिका–३, खिदिमामा पनि दसैँअघि नै फोरजी सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले बताउनुभयो । सोझै प्रयोग गर्दा केही खर्चिलो हुने भएकाले डाटामार्फत फोरजी सेवा प्रयोग गर्न पनि उहाँले प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । उच्च गतिको इन्टरनेट सेवा फोरजी विस्तारपछि नेटवर्क खोज्न डाँडाकाँडा पुग्नुपर्ने स्थानीयको बाध्यता हटेको दोर्पाका वडाध्यक्ष लिला चौहानले बताउनुभयो ।...
जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।   सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । १० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो । दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्...
खोटाङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

खोटाङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

Banner News 1, समाचार, समाज, स्थानीय
खोटाङ/असोज ०९ । नजिकिँदै गरेको दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै खोटाङमा बजार अनुगमन सुरु गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र स्थानीय तहका प्रतिनिधिको संयुक्त टोलीले बजार अनुगमन थालेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य वृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायतका समस्या रहेकाले त्यसो हुन नदिन अगाडि नै अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसबीच हलेसी र दिक्तेलमा बजार अनुगमन गरिसकिएको छ । अनुगमनका क्रममा दुई स्थानमा गरेर करिब ४० हजार रकम बराबरको म्याद गुज्रिएका सामान नष्ट गरिएको छ । अनुगमन अगाडि नै कतिपय व्यापरीले सूचना चुहावटका कारण सामान लुकाउने गरेको प्रजिअ शर्माको भनाइ छ । सडकको अवस्था हेरेर यातायात आवागमन सहज भएका जिल्लाका अन्य स...