अण्डर १८ गायन प्रतियोगितको उपाधि मिलन बिकलाई, सुदिप दोस्रोहुँदा कञ्चन तेस्रो
खोटाङ, जेठ ६ । खोटाङमा आयोजना गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले जितेका छन् । उपाधिसँगै मिलनले नगद ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
“प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१” अन्तरगत आइतबार दिक्तेलस्थित कर्भडहलमा सञ्चालन गरिएको १८ वर्ष मुनिको राष्ट्रिय गायन प्रतियोगिताको दोस्रो सुदिप विश्वकर्मा भएका छन् । सुदिपले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको तेस्रोहुँदै कञ्चन राईले नगद १७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
चौथो र पाचौँ हुने अदिति शाक्य र डेनिस राईले क्रमश नगद ११ हजार र ७ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उनीहरु ५ जना नै खोटाङकै रहेका छन् ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा खोटाङ कलाकार समाजको सह–आयोजन...









