नेत्र ज्योति संघको स्थापना दिवसको अवसरमा निःशूल्क आँखा परिक्षण र चस्मा वितरण
खोटाङ, चैत १३ । खोटाङमा निःशूल्क आँखा परिक्षण एवं चस्मा वितरण गरेर नेपाल नेत्र ज्योति संघको स्थापना दिवस मनाइएको छ । संघको ४६ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला कार्यसमिति खोटाङले निःशूल्क आँखा परिक्षण एवं चस्मा वितरण गरेको हो ।
नेपालमा २०३५ साल चैत १३ नेपाल नेत्र ज्योति संघको स्थापना भएको थियो । स्थापना भएको ४६ वर्ष पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा संघका आजीवन सदस्यहरु, सल्लाहकार एवं कार्यक्रममा उपस्थित सबै ४१ जनाको आँखा परिक्षण गरिएको हो । उनीहरु मध्ये आवश्यकताको आधारता ३२ जनालाई रिडिङ चस्मा वितरण गरिएको नेत्र ज्योति संघ खोटाङका सभापति इन्द्र कसजुले बताउनुभयो ।
खोटाङ जिल्लामा नेत्र ज्योति संघको शाखा २०६० साल वैशाख १० गते विस्तार भएको हो । शाखा स्थापनासँगै संघले जिल्लामा आँखा सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको छ । सुरुमा जिल्ला अस्पतालको एउटा कोठामा रहेर आँखा उपचार केन्द...








