राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा मावि खार्पालाई, देउराली दोस्रो, हौँचुर तेस्रो
खोटाङ, माघ २१ । रावा बेसी गाउँपालिमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय खार्पाले जितेको छ । गाउँपालिका भित्रका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डमा १२ स्वर्ण, १० रजत र ४ कास्य गरी कुल २६ पदकसहित खार्पाले उपाधि जितेको हो ।
बिहिबारबाट वडा नम्बर ४ डुम्रे धारापानीस्थित देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ८ स्वर्ण, १० रजत र ६ कास्यसहित आयोजक देउराली मावि प्रतियोगिताको दोस्रो भएको छ । ६ स्वर्ण, १ रजत र ६ कास्यसहित शारदा मावि हौँचुर तेस्रो भएको गाउँपालिकाले जनाएको छ । विजेता विद्यालयहरुलाई शिल्ड र प्रमाणपत्र, पदक विजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ लगायतले प्रदान गर्नुभएको थियो ।
यस्तै, गाउँपालिका भित्रका ७ वटा माध्यमिक...









