विदेशबाट आएर जसले गाउँको विद्यालयलाई दिए नगद पाँच लाख र एक रोपनी जग्गा
खोटाङ, माघ १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा चारबोटेस्थित डिकुवा आधारभूत विद्यालयले नगद पाँच लाख पाँच रुपैयाँ र एक रोपनी जग्गा निःशूल्क प्राप्त गरेको छ । डिकुवा घर भइ हाल बेलायत बस्दै आउनुभएका बाबुराम राईले विद्यालयलाई नगद र जग्गा प्रदान गर्नुभएको हो ।
राईले विद्यालयमै उपस्थित भएर नगद रकम हस्तान्त्रण गर्नुभएको प्रधानाध्यापक प्रमेश कुमार राईले जानकारी दिनुभयो । यस्तै, राईका वुबा बल्लशेर राई र आमा कमलादेवी राईको स्मारक, सरस्वती देवीसहितको विद्यालयमा निर्माण गर्नुभएको प्रधानाध्यापक राईले बताउनुभयो । स्व. बल्लशेर राईले उक्त विद्यालय स्थापना गर्नुभएको थियो । जसकारण वुबा र आमाको नाममा विद्यालयलाई जग्गा र नगद प्रदान गरिएको राईको परिवारले जनाएको छ ।
राईले प्रदान गर्नुभएको रकम विद्यालयको कोषमा राखिएको छ । उक्त रकम लगानि गरेर प्राप्त ब्याजबाट निजी शिक्षकलाई तलब प्रदान गर्ने प्रधानाध्या...









