खोटाङ : महिलाको हत्या गरी लुटपाट गर्ने श्रेष्ठ दम्पती पक्राउ
खोटाङ, पुस १८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् । तामाङको हत्या र लुटपाट गरी फरार भएका जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका हुन् ।
गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । स्थानीयको अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । उक्त घटनाको आरोपमा श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेको परिवारका सदस्यले बताएका छन् । भोलिपल्ट बिहान ओ...









