दिक्तेलमा आँखा शिविर सुरु, मोतिविन्दुको शल्यक्रियासँगै निःशूल्क चस्मा वितरण
खोटाङ, फागुन २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं जिल्ला सदरमुकाम दिक्तेलमा निःशूल्क आँखा शिविर सुरु भएको छ । जिल्ला आयुर्वेद अस्पतालको भवनमा तीन दिनसम्म सञ्चालन हुने शिविरको मंगलबार उद्घाटन गरिएको हो ।
नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वि.पि कोइराला लाईन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा शिविर सुरु भएको हो । दिक्तेलका ८४ वर्षीया बिष्णुमाया आचार्यको आँखा परिक्षण गरेर शिविरको सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगरपालिकाका जन स्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताउनुभयो । कम्तीमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया गरिने उहाँको भनाइ छ ।
शिविरका सञ्चालनका लागि सह–प्राध्यापक डाक्टर रन्जु खरेल सिटौलाको नेतृत्वमा १३ जनाको समुह दिक्तेल...








