ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द
खोटाङ, कात्तिक २६ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित सडकको बिचमा बार लगाएर स्थानीयले सडक बन्द गरेका छन् । बीच सडकमा ढल फुट्दा सवारी साधन आवतजावसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन् ।
करीब ४ महिना अगाडि सडकको बिचमा ढल फुटेर समस्या उत्पन्न भएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजालले बताउनुभयो ।
सोही ठाउँमा केही दिन अगाडि विद्युतको पोलमा ठोक्कीएर बस दुर्घटनासमेत भएको थियो । दुर्घटनामा एउटा...






