Monday, October 26News That Matters

स्थानीय

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग

Banner News 3, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, कात्तिक २९ । विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा प्रतिस्पर्धा गर्न दुई नेपाली खेलाडी थाइल्यान्ड जाने भएका छन् । पटायामा नोभेम्बर १५ देखि नोभेम्बर २२ सम्म हुने प्रतियोगिताका लागि गुणराज रुचाल र डेनिका राई थाइल्यान्ड जाने भएका हुन् । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्ने बताइएको छ । डेनिका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी हुन् । विश्व मुवाँथाई च्याम्पियनसिप खेल्न बिदेश जानेभएपछि नगरपालिकाले उनलाई आर्थीक सहयोग गरेको छ । च्याम्पियनसिप खेल्न जान आर्थीक अभाव भएपछि उनका बुवा एकप्रसाद राईले नगरपालिकामा आर्थीक सहयोगको लागि निवेदन दिएका थिए । सोही अनुसार नगरपालिकाले रु १ लाख सहयोग गरेको मेयर विमला राई बताउनुभयो । थाइल्यान्ड जाने नेपाली टिमलाई नेपाल मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले शुभकामनासहित बिदाइ गरेका छन् ।...
खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, कात्तिक २८ । खोटाङमा जन्मिएका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा जन्मिएका राई बिगत १३ वर्षदेखि सांगीगितक क्षेत्रमा सक्रिय छन् । उनै राईले भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् । आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । फिनालेमा फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरुले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।...
ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

ढल फुटेर दुर्घटनाको जोखिम भएको भन्दै स्थानीयले गरे सडक बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २६ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित सडकको बिचमा बार लगाएर स्थानीयले सडक बन्द गरेका छन् । बीच सडकमा ढल फुट्दा सवारी साधन आवतजावसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन् । करीब ४ महिना अगाडि सडकको बिचमा ढल फुटेर समस्या उत्पन्न भएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ । करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजालले बताउनुभयो । सोही ठाउँमा केही दिन अगाडि विद्युतको पोलमा ठोक्कीएर बस दुर्घटनासमेत भएको थियो । दुर्घटनामा एउटा...

हामी विजयी भइसक्यौँ, औपचारिकता मात्र बाकी छ : रामकुमार राई (पासाङ)

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । खोटाङ प्रतिनिधिसभाबाट बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले गठबन्धनले निर्वाचन जितिसकेको तर औपचारिक घोषणा हुन् मात्र बाकी रहेको बताउनुभएको छ । प्रदेश नम्बर एकका उर्जा तथा खानेपानी मन्त्रीसमेत रहनुभएका राईले जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा शुक्रबार भएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सभालाई सम्बोधन गर्दै राईले गठबन्धनको बाली पाकिसकेको तर कुनै समय हुरी बतास, असिनापानीले नष्ट गर्नसक्ने बताउनुभएको छ । ‘हामीलाई भोट हाल्न सबै आतुर हुनुहुन्छ, हामीले चुनाव जितिसक्यौँ, हामी बाली पाकीसक्यो, तर कुनै समय हुरी बतास, असिनापानी, जंगली जनावारले नष्ट गर्न सकछ । त्यसैले अब बाकी नौँ दिन तपाईहरु सुरक्षित भएर बस्नुहोस् ।’ राईले भन्नुभयो । चुनाव जितेसँगै विकास गर्न र खोटाङका जनताको अधिकार रक्षा गर्नकालागि लड्ने राईले बताउनुभय...

चुनाव जिताउनुहोस्, बङ्सिलाघाट र धाप्लाङघाटमा पुल हामी बनाउछौँ : भुपेन्द्र राई

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । आसन्न मंसिर ४ गतेको आम निर्वाचनमा खोटाङ जिल्लामा जनताले गठबन्धनलाई जिताएमा बङ्सिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण गर्ने जिम्मा गठबन्धनले लिने प्रदेशसभा ‘ख’ का उम्मेद्वार भुपेन्द्र राईले बताउनुभएको छ । जन्तेढुंगाको चिसापानी बजारमा शुक्रबार भएको चुनावीसभालाई सम्बोधन गर्दै बाम–लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार कांग्रेस प्रदेश नम्बर एकका महामन्त्री राईले यस्तो बताउनुभएको हो । खोटाङ प्रदेशसभा ‘ख’ को नाका अर्थात बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका जोड्ने धाप्लाङघाटस्थित शुनकोशी नदिमा लामो समयदेखि १५ प्रतिशत मात्र काम भएर पुल अलपत्र बनेको छ । गठबन्धन विजयी भएमा उक्त अलपत्र बनेको पुल र बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका जोड्ने बङिसलाघाटस्थित शुनकोशी नदिमा पक्की पुल निर्माणको जिम्मा लिने राईको भनाइ छ । ‘२०५६ सालमा...
पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

पञ्चदोबाटो–ढकालबेँसी सडक पक्की र दिखुवा खोलामा पुल निर्माणकालागि १० करोड बजेट विनियोजन

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पञ्चदोबाटोदेखि वडा नम्बर १५ विजयखर्कको वडा कार्यालय, स्वास्थ्य चौकी हुँदै ढकालबेँसीसम्मको १७ किलो मिटर सडक पक्की हुने भएको छ । उक्त सडक पक्की गर्न र सोही वडा र खाल्लेको बिचमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माण गर्न शहरी विकास मन्त्रलायबाट रु १० करोड बजेट बिनियोजन भएको छ । उक्त आयोजनालाई बहुवर्षिय योजनामा समावेश गर्न नगरपालिकाले गत असोज ४ गते मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुसार आर्थीक वर्ष २०८९/०८० मा रु २ करोड ५० लाख र आर्थीक वर्ष २०८०÷०८१ मा बाकी रकम व्यवस्था हुनेगरी बहुवर्षिय योजनामा समावेश गरिएको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई शहरी विकास तथा भवन निर्माण विभागले पत्र मार्फत जानकारी गराएको छ । पत्रमा उल्लेख भए अनुसार उक्त आयोजना कात्तिक २२ गते बसेको नेपाल सरकार (सचिवस्तर) को निर्णयले स्वीकृत गरे...

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : बाम–लोकतान्त्रिक गठबन्धन

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक २५ । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवम् पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएको छ । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारहरुले संयुक्तरुपमा हातेपर्चा प्रकाशन गरेर प्रतिवद्धता जनाएका हुन् । खेतीपाती, पशुपालन, फलफूलखेतीलाई व्यावसायीकरण गर्नका लागि पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम लागु गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायिकरणको लागि आधुनिक यन्त्र, मल र बीऊ, बहु उद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने, खाद्यन्न, फलफूल र तरकारी आदि कृषि उत्पादनको लागि सङ्कलन र शितभण्डारण केन्द्र स्...
हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

हलेसी आँखा शिविरमा ७६ जनाको शल्यक्रिया

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ७६ जनाको शल्यक्रिया गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन भएको शिविरमा ६२ जनाको मोतिबिन्दु र १४ जनाको सामान्य आँखामा मासु पलाएकाहरुको निशुल्क शल्यक्रिया गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गर्नुभएको थियो । हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको थियो । शिविरमा ७ सय ६५ जनाले निशुल्क आँखा परिक्षण गरेका छन् । आवश्यकता अनुसार सुपथ मुल्यमा चस्मा र निशुल्क औषधी प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शि...
काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

काम नसकी ठेकेदार अन्तै जान खोजेपछि नगरपालिकाद्धारा मेशिन तालाबन्दी

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २० । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेशिनमा तालाबन्दी गरेको छ । जिम्मा लिएको काम सम्पन्न नगरी मेशिन अन्यन्त्र ठाउँमा लान खोजेपछि नगरपालिकाले तादाबन्दी गरेको हो । जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतीको जिम्मा करीब ५ करोडमा ढुकुचु बगाले विएण्टी जे.भि.कम्पनीले पाएको हो । सम्झौता अनुसार काम सम्पन्न गर्न ४ महिना बाकी छ । सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेशिनहरु नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ । टिप्फर लगायतका केही सामान कम्पनीले केही समय अगाडि रातको समय पारेर लागिसकेको पाइएको छ । बाकी रहेका केही मेशिन लान खोज्दा आइतबार (आज) नगरपालिका प्रवक्त एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर एकका वडाध्यक्ष नवराज राई लगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो । कात्तिक ३ गते पत्रक...
खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

खोटाङ कांग्रेसका अधिकांश नेता गठबन्धनमा खुले

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, कात्तिक १९ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनकालागि खोटाङमा चुनावीसभा सुरु भएको छ । लोकतान्त्रीक बाम गठबन्धनले शुक्रबारबाट सभा सुरु गरेको छ । नेकपा एमालेले आइतबारबाट सभा सुरु गर्दैछ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने घरदैलोमा व्यस्त छन् । सिट भागबन्डामा असन्तुष्टि जनाउदै खोटाङ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसले स्वतन्त्र उम्मेद्वार उठाएको छ । महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेद्वार उठाएका कांग्रेसका नेताहरु वर्तमान अवस्थामा गठबन्धनमा खुल्न थालेका छन् । मनोनयन दर्ताको समयमा पुर्व मन्त्री सर्वधन राईले प्रतिनिधिसभामा र महाधिवेशन प्रतिनिधि सुबासकुमार पोखरेलले प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिनुभयो थियो । तर सर्वधन र सुबासले उम्मेद्वारी फिर्ता लिनुभयो भने धर्मराजको उम्मेद्वारी कायम छ । सुरुवाती चरणमा धर्मराज जिताउनु पर्छ भन्दै होमिएका ने...