Saturday, October 24News That Matters

स्थानीय

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ५ । खोटाङको रावा बेसी गाउँपालिका–३ लामिडाँडाको खेल मैदान व्यक्तिको नाममा रहेको पाइएको छ । सुरुमा संस्थाको नाममा जग्गा नामसारी गर्दिने भनेर मैदान निर्माण गरेपनि हाल सम्म व्यक्तिकै नाममा जग्गा रहेको खुलेको हो । लामिडाँडा स्थित पात्लेमा खेल मैदान निर्माण भइरहेको छ । प्रदेश नम्बर १ सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेको मैदानको हालसम्म सम्याउने काम सकिएको छ । यस्तै मैदानको तलबाट तारजालीको ग्याबिङ र मैदान अगाडि पनि केही ठाउँमा सिमेन्ट प्लास्टर गरेर माथी उठाउने काम भएको छ । दुई आर्थीक वर्षमा २०/२० लाख गरी जम्मा ४० लाख लगानी भइसकेको मैदानको जग्गा अझै व्यक्तिकै नाममा रहनु शङ्कास्पद रहेको स्थानीयको भनाइ छ । मैदान निर्माण भइरहेको जग्गा केशर बहादुर श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठको अगाडिनै मृत्यु भइसकेको हो भने जग्गा उहाँको कान्छा छोरोले खेल मैदानकोलागि निशुल्क प्रदान गर्ने घोषणा ...
हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

हलेसी तुवाचुङ : जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम सम्बन्धि विज्ञद्वारा अभिमुखिकरण

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, असार ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिलाई वार्षिक नीति तथा कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । निति तथा कार्यक्रम समबन्धि विज्ञ बिके महर्जनले जनप्रतिनिधिहरुलाई आज भर्चुअल माध्यमबाट अभिमुखिकरण तालिम प्रदान गर्नु भएको हो । महर्जचनले भर्चुअल माध्यमबाट अभिमुखिकरण गरेपश्चात नगरपालिकाका प्रमुख विमला राई, उप–प्रमुख रमेश कुमार राउत र निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि किरण आचर्यले पनि अन्य जनप्रतिनिधिलाई भौतिक उपस्थितीमा अभिमुखिकरण गर्नुभएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा के कस्ता कार्यक्रमहरु समेट्ने, कस्ता कार्यक्रमलाई प्रथामिकता दिने लगायतका विषयमा तालिम प्रदान भएको प्रवक्ता गिरीले बताउनुभयो ।  गिरीले भन्नुभयो, “प्राय जनप्रतिनिधिहरु नयाँ छौँ । निर्वाचित भएको केही समय मात्रै भ...
रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ४ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयको सेवा अब चापर्खकबाट लिन सकिने भएको छ । वडा कार्यालय टाढा भएको कारण सास्ती खेपिरहेका पोखरी, चापखर्क र पैयाँका नागरिकले घर छेउबाटै वडाको सेवा पाउने भएका हुन् । साविकाको वडाहरु १ र २का नागरिकलाई वडा सम्म आएर फर्कन दिन नै माया मार्नु पर्ने अवस्था छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि अब हरेक महिनाको २ र १५ गते चापखर्क सामुदायिक भवनबाट वडाको सेवा प्रदान गरिने वडाध्यक्ष चिरनञ्जीवि कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो, “संघीयताले गाउँघरमा सिंहदरबार ल्याएको भनिएपनि पैयाँ, चापखर्क र पोखरीका जनतालाई वडा सम्म आएर फर्कन एक दिन नै लाग्ने गरेको छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि हामीले उनिहरुको घर छेउमै गएर सेवा दिने निर्णय गरेका छौँ ।” नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफ्नो चुनाव घोषणा पत्रमा माथिल्लो...
वडा सचिव नियुक्तिमा लैंगिक विभेद !

वडा सचिव नियुक्तिमा लैंगिक विभेद !

Banner News 1, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, असार १  - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१०, अर्खौलेको वडासचिव नियुक्तिमा लैंगिक विभेद भएको छ । वडाध्यक्ष अर्जुनकुमार पु्रीले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् । वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् । वडाध्यक्ष पुरी एमालेबाट निर्वाचित हुन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर, सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो । नगरमा पठाएको पत्रमा भनिएको छ, ‘महिला वडा सचिवबाट असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरिदिनुहुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णय अनुसार अनुरोध छ।’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई हुन् । यही नगरपालि...
रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

रावा बेसी : डुम्रेधारापानी वडाको सेवा अब तीन ठाउँबाट

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले वडाको सेवा तीन ठाउँबाट पाउन थालेका छन् । भूगोल ठुलो भएको कारण वडा कार्यालयसम्म पुग्न नागरिकलाई सास्ती भएपछि तीन ठाउँबाट वडाको सेवा दिन थालिएको हो । भोर्लेनी, धारापानीका नागरिकलाई वडा कार्यालयसम्म आउन ४ घण्टा सम्म लाग्ने गरेको छ । त्यसैले सो क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै हप्ताको एक दिन भोर्लेनी गाउँ घर क्लिनिकबाट सोमबार र धारापानी स्वास्थ्य इकाइको भवनबाट बुधबार सेवा दिन सुरु गरिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो, “देशमा संघीयता आएको छ, अब गाउँ गाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिनलाई दिननै माया मारेर ४ घण्डाको बाटो हिड्नु पथ्र्यो । त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूती दिलाउन हामीले हप्ताको १÷१ दिन गरेर दुई दिन भोर्लेनी र धारापानीबाट वडाको सेवा दिन थालेका छौ...
प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ ३१ - खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको निःशुुल्क हवाइ उद्धार गरिएको छ । जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो । राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता आउन नदिन जिल्ला प्रशासन कार्यालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरी प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उनीहरू उपचाररत स्थानीय स्वास्थ्य संस्थाले पठाएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंले पठाएको हेलिकप्टरबा...
मनोकांक्षा पुरा भएकोमा हलेसी मन्दिरलाई सुनको त्रिशुल

मनोकांक्षा पुरा भएकोमा हलेसी मन्दिरलाई सुनको त्रिशुल

अर्थ, ताजा अपडेट, धर्म संस्कृति, स्थानीय
खोटाङ, जेठ ३१ । आफ्नो मनोकांक्षा पुरा भएको भन्दै एक युवाले हलेसी मन्दिरमा सुनको त्रिशुल चढाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार निवासी (हाल ब्रिटिश आर्मी) प्रमेश राईले ६ आना २ लालको सुन त्रिशुल चढाउनु भएको हो । यस्तै हलेसी मन्दिरमा ६ दिनमा १ लाख १८ हजार ४ सय २० रुपैयाँ भेटी संकलन भएको छ । जेठ २४ गतेदेखि जेठ ३० गतेसम्म सो भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । संकलन भएको भेटी मध्ये ४६ हजार १ सय ५५ बिरामीलाई आर्थीक सहयोग, पानी, दुध, दहि, खाजा, भेटी गणना, अतिथि खर्च लगायत अन्यमा खर्च भएको छ । बाकी रहेको ७२ हजार २ सय ६५ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा बैंकमा जम्मा भएको सूचना केन्द्रले जनाएको छ ।...
कांग्रेसका युवा नेता तेजिन्द्र घिमिरे जिल्ला सदस्यमा मनोनीत

कांग्रेसका युवा नेता तेजिन्द्र घिमिरे जिल्ला सदस्यमा मनोनीत

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, जेठ ३१ । नेपाली कांग्रेसका युवा नेता तेजिन्द्र प्रसाद घिमिरे कांग्रेसको खोटाङ जिल्ला कार्य समिति सदस्यमा मनोनीत हुनुभएको छ । कांग्रेसका जिल्ला सभापति बिष्णु कुमार राईले घिमिरेलाई सोमबार पत्र दिदै सदस्यमा मनोनीत गर्नुभएको हो । नेपाली कांग्रेसको नियामावली २०७६ को दफा ५६ (२) अनुसार घिमिरेलाई जिल्ला कार्य समितिमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । युवा नेता घिमिरे नेपाल विद्यार्थी संघ खोटाङको जिल्ला सचिव र पार्टीको क्षत्रीय प्रतिनिधि हुनुहुन्छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा रावा बेसी गाउँपालिका–५ दुवेकोलको वडा सदस्यमा समेत उहाँ निर्वाचित हुनुभएको छ ।...
जिसस खोटाङको प्रमुखमा जसपाका सनबहादुर र उपप्रमुखमा माओवादीका सुरेश

जिसस खोटाङको प्रमुखमा जसपाका सनबहादुर र उपप्रमुखमा माओवादीका सुरेश

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ ३० - जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनका उम्मेदवार वियजी भएका छन् । जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट प्रमुखमा जसपाका सनबहादुर राई निर्वाचित हुनुभएको छ । जिल्लाका दुई नगरपालिकाका प्रमुख/उपप्रमुख र आठ गाउँपाकिाका अध्यक्ष/उपाध्यक्ष गरी २० जना मतदाता थिए । जिसस प्रमुखमा निर्वाचित सनबहादुरले प्रतिस्पर्धी नेकपा एमालेका किशोर श्रेष्ठलाई १२ मतले पछि पार्नुभयो । सनबहादुर १६ मत ल्याएर विजयी हुँदा किशोरले ४ मत प्राप्त गर्नुभयो । जिसस उपप्रमुखमा गठबन्धनबाट माओवादीका सुरेश तामाङ विजयी हुनुभएको छ । सुरेशले १६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका  सन्तोष राईले ४ मत ल्याउनुभयो । जिससको सदस्यहरूमा भने अरू दलले उम्मे...
खोटाङ : दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन

खोटाङ : दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ २९ – दलित समुदायको सशक्तीकरण तथा नेतृत्व विकासका लागि खोटाङमा तालिम सञ्चालन गरिएको छ । खोटाङ दलित विकास मञ्चको आयोजना र रावाबेँसी गाउँपालिकाको प्रायोजनमा तीन दिवसीय ‘दलित सशक्तीकरण तथा नेतृत्व विकास तालिम’ सञ्चालन गरिएको हो । जेठ २७, २८ र २९ गते रावाबेँसी गाउँपालिका–१, कुभिण्डेस्थित महिला भवनमा आयोजना गरिएको तालिममा रावाबेँसी गाउँपालिकाका ६ वटै वडाका दलित कार्यपालिका सदस्य, दलित महिला सदस्य र दलित समुदायका अगुवाहरू गरी ४१ जना सहभागी थिए । तालिमका सहभागीलाई मिलन चाहार,पर्शुराम विश्वकर्मा, दीपक ठटाल, विष्णु उपरकोटी र निता विशुंखेले प्रशिक्षण दिएका थिए । दलितहरूको नेतृत्व विकास गर्ने, जातीय विभेदविरुद्ध अभियान सञ्चालन गर्ने, आन्तरिक विभेद अन्त्य गर्न प्रेरित गर्ने र व्यवहार परिवर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको खोटाङ दलित विकासका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।...