Tuesday, April 21News That Matters

स्थानीय

विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगार

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, वैशाख २४ । हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएमा विपन्न, अशक्त र एकल नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने र युवालाई रोजगार प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले १२ बुधे आफ्नो प्रतिबद्धता जारी गर्दै यस्तो बताएको हो । जेष्ठ नागरिकसँगै एकल महिला/पुरुष र शारीरिक अशक्तको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै कपासको इतिहास बोकेको यस नगरपालिकामा पुनः कपास खेतीलाई पहिलो प्रथामिकतामा राख्दै उत्पादनमुखी कृषीमा जोड दिने, चिस्यान केन्द्र, र संकलन केन्द्र स्थापना गरेर बजारिकरणको सुनिश्चितता पनि नगरपालिकाले गर्ने पत्रमा उल्लेख छ । नगरपालिकामा यस अघिनै सुरु गरेर लोकपृय भएको कार्यक्रम महिला कृषी सहकारी र बालिका बचत कार्यक्रमलाई थप बृहत बनाउने, प्राविधिक÷प्रयोगात्मक शिक्षामा जोड दिने, पर्यटनलाई कृषिसँग जोडेर काम गर्ने, नग...
खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

खोटाङमा अधिकांश उम्मेदवार पुरानै, कुन पदमा को ?

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, वैशाख २४ । खोटाङमा स्थानीय तहको निर्वाचन, २०७९ लड्ने अधिकांश उम्मेदवार पुरानै देखिएका छन् । २०७४ सालको निर्वाचन जितेर पाँचवर्षे कार्यकाल सम्हालिसकेका जनप्रतिनिधि फेरि उम्मेदवार दोहोरिएका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका गरी जिल्लामा दशवटा स्थानीय तह छन् । धेरैजसो स्थानीय तहमा अघिल्लो निर्वाचन जितेका केहीलाई यथास्थानका लागि र केहीलाई बढुवा गरेर पार्टीले टिकट दिएका छन् । आकांक्षा देखाएका तर पार्टीबाट टिकट नपाएकाले स्वतन्त्र उम्मेदवारी पनि दर्ता गरेका छन् । जिल्लाको जन्तेढुंगा र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा यथास्थानका लागि, वराहपोखरी र केपिलासगढी गाउँपालिकामा प्रमुखमा मात्र यथास्थानका लागि, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकामा उपप्रमुखमा मात्र यथास्थानका लागि, खोटेहाङ गाउँपालिका, वराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा उ...
ऐसेलुखर्कमा गठबन्धनको प्रतिबद्धता : गाउँ गाउँमा फ्रि वाइफाइ ( अरु के–के गर्नेछन् हेर्नुहोस पुर्णपाठ)

ऐसेलुखर्कमा गठबन्धनको प्रतिबद्धता : गाउँ गाउँमा फ्रि वाइफाइ ( अरु के–के गर्नेछन् हेर्नुहोस पुर्णपाठ)

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख २१ । जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनले गाउँ गाउँमा फ्रि वाइफाइ जडान गर्ने भएको छ । गठबन्धनमा आबद्ध दलका उम्मेद्वार विजयी भएमा गाउँपालिकाका हरेक गाउँमा फ्रि वाइफाइको व्यवस्था मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यस्तै बृद्ध, बालाबलिका, विद्यार्थी र फरक क्षमता भएका ब्यक्तिलाई यातायात शुल्कमा ३० प्रतिशत छुट मिलाइने गठबन्धनले जनाएको छ । माध्यामिक तहमा आबस्यकता अनुसार प्राबिधिक धार अन्तरगत कृषि तथा भेटनरी, सिभिल ईन्जिनियरिङ वा अन्य प्राबिधिक शिक्षा संचालन गर्ने, गाँउपालिकाको प्रशासनिक भबनको बिवादलाई समाधान गरी गुणस्तरिय मापदण्ड अनुसारको भवन यथाशिघ्र निर्माण सम्पन्न गर्ने, बाकी वडाका कार्यलय भवनहरु निर्माण गर्ने, ऐशेलुखर्क अस्पताललाई उच्चतम प्रबिधिमैत्री प्रबिधिक श्रोतसाधन, दक्ष स्वास्थ्यकर्मी सहित नियमित स्वास्थ्य सेवा संचालन गर्ने, प्रत्येक युवालाई खेलकुद प्रशिक्ष...
दिक्तेलमा गठबन्धनको प्रतिबद्धता : प्रत्येक घरमा स्वच्छ पिउने पानी, प्रत्येक वडाका १०० जनालाई रोजगार

दिक्तेलमा गठबन्धनको प्रतिबद्धता : प्रत्येक घरमा स्वच्छ पिउने पानी, प्रत्येक वडाका १०० जनालाई रोजगार

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, वैशाख २१ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले प्रत्येक घरमा स्वच्छ पिउँनपानीको धारा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । गठबन्धनले १३ बुधे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पाँच वर्ष भित्रमा हरेक नागरिकको घरमा विश्व स्वास्थ्य संगठन (धजय) को मापदण्ड अनुसार स्वच्छ पिउँनपानीको ब्यवस्था गर्ने भएको हो । यस्तै युवाहरुलाई उद्यमशिलतामा जोड्न स्थानीय कच्चा पदार्थको उपयोग गरी साना तथा मझौला उद्योगको स्थापना गरेर ५ बर्षभित्र प्रत्येक वडामा १०० जनालाई स्वरोजगार बनाईने, नगरपालिकाभित्र कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने, गर्न नदिने र गर्नेलाई कारवाहिको दायरामा ल्याइने, नगरपालिकाको स्रोत साधनको दुरुपयोग नगर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ७५ बर्ष माथिका वृद्धवृद्धा, अशक्त र अपांगता नागरिकलाई नगरपालिकाको सेवा लिन जादा निःशुल्क यातायात सेवा उपलब्ध गराइ...
खोटाङ : त्रिपाल बोकेर मतदाता फकाउन गाउँ छिरेको नक्कली नम्बर प्लेट ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ : त्रिपाल बोकेर मतदाता फकाउन गाउँ छिरेको नक्कली नम्बर प्लेट ट्याक्टर प्रहरी नियन्त्रणमा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ वैशाख २१ । खोटाङमा निर्वाचन आचारसंहिता बिपरीत बिभिन्न सामान वितरण गरेको पाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ठाउँमा मंगलबार एकै दिन आचारसंहिता बिपरीत सामान बितरण गरिएको पाइएको हो । नगरपालिका– ९ निर्मलीडाँडामा रातको समयमा त्रिपाल र चाउचाउ ट्याक्टरमा बितरणलागि लगिएको बताइएको छ । ट्याक्टरमा त्रिपाल र चाउचाउ मतदातालाई बितरण गर्न लगिएको भन्दै त्यहाँका युवाहरुले ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका बताइएको छ । सो सामानलाई चिउरीडाँडा प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले पनि पुष्टी गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । एमालेका उम्मेद्वारको मातहतमा ट्याक्टर सामान लिएर गाउँ पसेको गठबन्धनका उम्मेद्वारहरुले बताएका छन् । उनिहरुले ट्याक्टर जिल्ला प्रहरी कार्यालयलमै ल्याएर बुझाउँदै छानबिनको माग समे...
खोटाङ : दश दिनमा प्रसूति व्यथाले गम्भीर तीन जना महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ : दश दिनमा प्रसूति व्यथाले गम्भीर तीन जना महिलाको हेलिकोप्टरबाट उद्धार

Banner News 2, समाज, स्थानीय
खोटाङ, वैशाख २० । खोटाङमा दश दिनको अवधिमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेका तीन जना महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानमा प्रसूति व्यथाले गम्भीर ती महिलाहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । जिल्लामा मंगलबार मात्र प्रसूति व्यवथाले गम्भीर एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाकी ३० वर्षीया सकुन्तला राईलाई उद्धार गरी प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको हो । अप्रेसनपछि रक्तचाप बढी भई काम्ने व्यथा लागेकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनी प्राप्त जानकारी बमोजिम जिल्ला प्रशासनको सिफारिसमा आएको हेलिकोप्टर प्रयोग गरी दिक्तेल बजारबाट उद्धार गरेर काठमाडौ पठाइएको सहायक प्रम...
दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा

दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा

Banner News 3, राजनीति, स्थानीय
✍️पवन खड्का खोटाङ, वैशाख २० । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका–१ को वडाध्यक्षमा दुई जना पूर्व प्रधानाध्यापकहरू चुनावी मैदानमा छन् । साविकको वडा नं.–५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयका पूर्व प्रअ ढकबहादुर कार्की र साविकको वडा नं.–४, वालिङटार, पोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रअ शिवकुमार श्रेष्ठबीच वडाध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो । कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार उठाएको हो । २७ वर्ष शिक्षण पेशामा आबद्ध रही अवकाशको समय नजिकिँदै गर्दा प्रअबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनबाट राजनीतिमा प्रवेश गर्नुभएका कार्की यस क्षेत्रका परिचित व्यवसायी पनि हुनुहुन्छ । नेपाली कांग्रेसबाटै गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहनुभएका कार्की नेकपा एमालेका टंककुमार मगरसँग ९३ मतल...
हलेसी तुवाचुङमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन

हलेसी तुवाचुङमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन

Banner News 2, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, वैशाख १९ । हाल सरकारमा रहेका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै देशका अधिकांश ठाउँमा गठबन्धन निर्माण भएको छ । कतै गठबन्धन कायम गरिएको छ भने कतै स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । तर नेकपा एमालेसँग गठबन्धन गर्न नपाइने भन्दै पाँच दलले निर्णय नै गरेपनि यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग गुपचुप गठबन्धन गरेको खुलेको छ । एमाले र माओवादीले नगर प्रमुख र उप–प्रमुखमा छुट्टै उम्मेद्वार दिएपनि एमालेका प्रमुख र माओवादीका उप–प्रमुखलाई मात्र भोट मागिएको एक स्रोतले बताएको छ । एमालेको तर्फबाट नगर प्रमुखमा खडेन्द्र साम्पाङ राई र उप–प्रमुखमा तुलसा बुढाथोकी, माओवादीको प्रमुखमा रुषिका राई र उप–प्रमुखमा अमेम्बर राईको उम्मेद्वार छ । तर यी दुई दल र एकीकृत समाजवादीले मिलेर एमालका प्रमुख र माओवादीका उप–प्रमुखम...
बागी उम्मेद्वारी दिएका पालिका सभापति तामाङ पार्टीबाट निष्काषीत

बागी उम्मेद्वारी दिएका पालिका सभापति तामाङ पार्टीबाट निष्काषीत

Banner News 3, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख १८ । आसन्न स्थानीय तहको चुनावमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्वार दिनुभएका शन्तबीर तामाङलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काषीत गरेको छ । गठबन्धनको भागबन्डामा सो गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले पाएको थियो । तर कांग्रेसका पालिका सभापति समेत रहनुभएका तामाङले अध्यक्ष पदमा बागी उम्मेद्वार दिएपछि पार्टीले उहाँलाई निष्काषीत गरेको हो । तामाङलाई कारबाही गरेको जिल्ला कार्यसमितिले पालिका समितिलाई पत्र पठाएर जानकारी दिएको छ । पत्रमा लेखिएको छ “गठवन्धनका तर्फबाट तोकिएको आधिकारिक उम्मेदवारको विरुद्धमा नेपाली काग्रेस ऐसेलुखर्क गाउपालिकाका सभापति शन्तबीर तामाङले स्वतन्त्र उम्मेदवार दर्ता गराएको र पार्टीका तर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिईएको हुँदा उहाँ लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ को उपदफा ४ (क) ...
खोटाङ : नाबालिका छोरी बलात्कार आरोपमा बुबा पक्राउ

खोटाङ : नाबालिका छोरी बलात्कार आरोपमा बुबा पक्राउ

Banner News 3, समाज, स्थानीय
खोटाङ, वैशाख १७ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय पुरुष आफ्नै १२ वर्षकी नाबालिका छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् । नाबालिका छोरीको घाँटी समाई डर–त्रास देखाएर जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका पुरुषको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका उनीमाथि हाडनाता जबरजस्तीकरणी कसुरमा म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।...