Friday, August 28News That Matters

स्थानीय

ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि युवा नेता भट्टराईसँगै ६ जनाको दावी

ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि युवा नेता भट्टराईसँगै ६ जनाको दावी

Banner News 3, ताजा अपडेट, राजनीति, स्थानीय
खोटाङ, चैत ३० । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा देशैभर राजनीतिक दलहरू जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि खोटाङमा राजनीतिक दलहरु पनि धमाधम आफ्ना उम्मेद्वार छनोट गरिरहेका छन् । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा एमालेबाट वडाध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएका छन् । वडा कमिटिले सर्वसम्मत उम्मेद्वार टुंगो लगाउन नसकेपछि पालिका कमिटिमा ६ जनाकै नाम सिफारीस गरिएको एमेला ज्यामिरे वडा कमिटिले जनाएको छ । ६ जना मध्ये वडाध्यक्षका लागि वडा कमिटिबाट २७ वर्षका युवा नेता युवराज भट्टराईको पनि नाम सिफरीस भएको छ । १४ वर्षको उमेरमा वि.स. २०६५ साल देखि एमाले निकट विद्यार्थी संघटन अनेरास्ववियु हुँदै राजनीति सुरु गरेर लामो समय पार्टीको संगठन निर्माणमा एकचित्त भएर लागेका कारण आफु वडाध्यक्षका लागि योग्य उम्मेद्वार भएको उहाँको भनाई छ । वि.स. २०६८ देखि लगातार दुई कार्यकाल ...
१० दिनमै हलेसी मन्दिरको भेटी करिब ७ लाख

१० दिनमै हलेसी मन्दिरको भेटी करिब ७ लाख

Banner News 2, अर्थ, समाज, स्थानीय
खोटाङ, चैत ३० । त्रिधार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा झण्डै ७ लाख रुपैयाँ भेटी संकलन भएको छ । १९ देखि २८ चैतसम्म मन्दिर दर्शन तथा अवलकोनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ६ लाख ७२ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा हलेसी महादेव मन्दिरको शिव–पार्वती थानबाट ४ लाख ६८ हजार २ सय, मन्दिरको प्राङ्गणमा रहेको दानपेटिकाबाट ८० हजार ९ सय ५०, बसाहा गुफाको दानपेटिकाबाट ९३ हजार ९ सय ८० रुपैयाँ भेटी संकलन भएको छ । यस्तै शिवरात्री र रामनवमी मेलामा चढाइएको चामल बिक्रीबाट २५ हजार २ सय र ढ्याक्के सटहीबाट ३ हजार ९ सय रुपैयाँ संकलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । भेटीबापतको आम्दानीबाट विद्युत र पानीको महसुल, नौमती बाजा बजाउँदा, रामनवमी मेलामा खटाइएका अस्थायी कर्मचारीको तलबभत्ता, दूध, दही, खाजा, भेटी गणना लगायतमा गरी. १ लाख ३ हजार...
खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

खोटाङ : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्राविधिक शिक्षालयका प्रिन्सिपल पक्राउ

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । त्यहाँ अध्ययनरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको र मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट विद्यार्थीहरूले प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले कालो मोसो दलेपछि सोही स्थानमा बोलाएर आचार्यलाई प्रहरीको  जिम्मा लगाइएको बताउनुभयो । एमाले निकट अनेरास्ववियुका तर्फबाट अध्यक्ष संग्राम र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की जिल्ला सदस्य रमिला बाँस्तोलाले संयुक्त प्रेस विज्ञप्ति ज...
खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

खोटाङका पाँच पालिकामा भोलि दिनभर विद्युत अवरुद्ध हुने

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २९ । खोटाङका पाँच स्थानीय तहमा भोलि बुधबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र अन्तर्गत बुइपा सबस्टेसनबाट उत्पादित हलेसी ११ केभी लाइनको दायाँबायाँ बुस कटिङ गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, ऐँसेलुखर्क र केपिलासगढी गाउँपालिकाका सम्पूर्ण भूभाग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका केही भूभागमा विद्युत आपूर्ति बन्द हुुने भएको हो । तोकिएको समयभन्दा अगावै बुस कटिङ कार्य सम्पन्न भए बेलुका ५ बजेभन्दा अगाडि नै पनि विद्युत सुचारु हुन सक्ने नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयो ।...
पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

पत्रकारले पेशागत मर्यादा सधैँ ख्याल गर्नुपर्नेमा जोड

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २८ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नवकिरण सेवा समाजको हलमा बसेको युनियनको तेस्रो विस्तारित बैठकमा प्रेस युनियन आबद्ध जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो । निर्वाचनको समयमा पत्रकार तथा सञ्चारकर्मीले समाचार लेखन, प्रकाशन तथा प्रसारण गर्दा ध्यान दिनुपर्ने विषयमा बैठकमा वृहत छलफल भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दीलिप खत्री र नेपाल प्रस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईंले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा सधैँ ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । पत्रकार आम नागरिकको विश्वासपात्र भएकाले सोही अनुसार काम गर्नुपर्ने उहाँहरूको भनाइ थियो । समाजमा भ्रम सिर्जना गरी...
खोटाङ कोभिडमुक्त

खोटाङ कोभिडमुक्त

Banner News 2, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, चैत २८ । खोटाङ कोरोना भाइरस (कोभिड–१९) मुक्त जिल्ला बनेको छ । पछिल्लोपटक संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका दुई जना आइतबार निको भएसँगै जिल्ला तत्कालका लागि संक्रमणमुक्त बनेको हो । आइतबार २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नेदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । कोरोनमा महामारी सुरु भएयता जिल्लामा ३ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३ हजार ४ सय ५८ जना निको भएका स्वास्थ्य कार्यालयको तथ्यांक छ । पहिलो र दोस्रो लहरमा गरी संक्रमणबाट १५ जनाको ज्यान जाँदा तेस्रो लहरमा भने मृत्यु हुनेको संख्या शून्य रह्यो । जिल्लामा हालसम्म १ लाख ७ हजार ४२ जनाले पूर्ण र १ लाख २१ हजार ४ सय ३० जनाले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै १ ...
प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

प्रदेश १ का १३२ पालिकाको संस्थागत क्षमता स्वमूल्यांकलनमा दिप्रुङ चुइचुम्मा चौथो

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । स्थानीय तहहरूको सुशासनको अवस्था मापन गर्ने संस्थागत क्षमता स्वमूल्यांकलन (लिजा) मा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अब्बल देखिएको छ । संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रदेश १ मा चौथो बनेको छ । १३७ वटा स्थानीय तह रहेको प्रदेश १ का लिजा प्रणालीमा प्रविष्ट १३२ वटा स्थानीय तहमध्ये दिप्रुङ चुुइचुम्मा गाउँपालिका ८०.५ अंक प्राप्त गरेर प्रदेशभर चौथो र जिल्लामा पहिलो भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रदेश १ का स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा इलामका स्थानीय तह अगाडि देखिएका छन् । इलामको इलाम नगरपालिका ८६ अंकसहित पहिलो हुुँदा धनकुटाको पाख्रीबास नगरपालिका ८४ अंकसहहित दोस्रो भएको छ । प्रदेश १ मै अगाडि देखिएको इलामको सूर्योदय नगरपालिका ८१.२५ अंकसहित तेस्रो भएको छ । खोटाङका स्थानीय तहको संस्थागत क्षमत...
बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

बुइपामा बन्यो खोटाङकै पहिलो चिस्यान केन्द्र, भण्डारणको समस्याबाट किसान चिन्तामुक्त

Banner News 3, अर्थ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
-पवन खड्का खोटाङ, चैत २६ । खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आएको छ । हरेक शुक्रबार जिल्लाकै सर्वाधिक ठूलो साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको ५० लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४० लाख गरी कुल ९० लाखको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्रको शुक्रबार प्रतिनिधिभा सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभएको हो । लाखौँ रुपैयाँको कृषि उपज कारोबार हुने हटियामा यसअघि चिस्यान केन्द्रको व्यवस्था नहुँदा किसानलाई भण्डारणको समस्या थियो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै उक्त समस्या अन्त्य भएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका ...
ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

ऐँसेलुखर्कले बनायो सय जना अट्ने सुविधा सम्पन्न सभाहल

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, चैत २५ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा एक सय जना अटाउने क्षमताको सुविधा सम्पन्न सभाहल बनेको छ । गाउँपालिकाले ७६ लाख ८२ हजार ९ सय ८२ रुपैयाँको ठेक्का आह्वान गरेकोमा सक्षम निर्माण सेवा, सुनसरीले ४७ लाख ७६ हजार ८ सय ८ रुपैयाँमा गाउँपालिकाको सभाहल निर्माण गरेको हो । चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएकोमा निर्माण कम्पनीले सम्झौता मिति अगावै निर्माणको काम सकेर सभाहल गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सभाहलको शुक्रबार गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । सभाहलमा दुई वटा स्टोर रूमसमेत निर्माण गरिएको छ भने सभाहलबाहिर तीन वटा हात धुने धारा पनि जडान गरिएको छ । सभाहल उद्घाटनसँगै शुक्रबार नै गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को विशेष गाउँसभासमेत बसेको छ । गाउँसभाले यसअघि कार्यप...
हलेसी तुवाचुङका ८ हजार ६ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

हलेसी तुवाचुङका ८ हजार ६ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

ताजा अपडेट, समाज, स्थानीय
–पवित्रा कार्की खोटाङ, चैत २५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ८ हजार ६ सय जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । त्यसका लागि नगरपालिकामा चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ । खोप लगाउनका लागि नगरपालिकामा ९९ वटा खोप केन्द्र निर्धारण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिनुभयो । नगर खोप समन्वय समितिको शुक्रबार बसेको बैठकले खोप लगाउनका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । उपमेयर विमला राईको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । चाँडै वडा खोप समन्वय समितिको पनि बैठक बसेर थप निर्णय गरेपछि चैत २९ गतेदेखि खोप लगाउन सुरु गरिने घिमिरेले बताउनुभयो । उहाँका अनुसार अब प्रत्येक महिनामा एकपटक १५ महिना पुगेका बालबालिक...