Friday, April 17News That Matters

स्थानीय

कोरोनाका कारण हलेसी मन्दिर बन्द

कोरोनाका कारण हलेसी मन्दिर बन्द

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिर बन्द भएको छ । कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ । यसअघि दोस्रो लहरमा पनि कोरोना नियन्त्रणका लागि बन्द गरिएको करिब ८ महिनापछि मन्दिर खुलेको थियो ।...
छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

छुट्टाछुट्टै जबरजस्ती करणी मुद्दामा खोटाङमा दुई जना पक्राउ

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ५ । छुट्टाछुट्टै जबरजस्ती करणीको मुद्दामा खोटाङमा दुई पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र सोही नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । हिङमाङले पुस २५ गते बेलुका ५ बजे दोर्पा चिउरीडाँडाकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । छिमेकीको घरमा पितृ कार्य (श्राद्ध) को निम्तो मानेर घर फर्कँदै गर्दा एक्लै भएको मौका छोपेर किशोरीलाई डर धम्की देखाई जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा आएको जाहेरीका आधारमा हिङमाङ बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, खोटाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले गोप्य रूपमा खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा दोर्पा चिउरीडाँडाबाटै बुधबार उनलाई पक्राउ गरेको हो । यस्तै राईले पुस ३० गते बिहान ११ बजे पा...
विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

विकास निर्माणमा भएको ढिलासुस्तीप्रति एमाले खोटाङको ध्यानाकर्षण

Banner News 1, ताजा अपडेट, राजनीति, स्थानीय
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत । खोटाङ, माघ ४ । नेकपा एमाले खोटाङले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्लामा सञ्चालित सडक, पुल, भवन, खानेपानी आयोजना र कार्यालयहरूको सेवा प्रवाहमा देखिएको लापरबाही र ढिलासुस्ती अन्त्य गर्न माग गर्दै एमालेले आज प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमालेले खोटाङ र उदयपुरको सिमाना फोक्सिङ्टारमा निर्माणधीन मोटरेबल पुल, महुरे–फोक्सिङ्टार–गाईघाट सडक, दिक्तेल अस्पताल चौक–खानीडाँडा आहाले सडक, हुर्लुङ जाल्पा–ऐँसेलुखर्क– बाक्सिला सडक, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्घ–लप्से मोटरेबल पुल लगायतका पुलहरू, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगतको निर्माणाधीन सेखुवा सडक तत्काल निर्माण सम्पन्न गर्न माग गरेको छ । यस्तै ...
प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

प्रसव व्यथाले गम्भीर दिक्तेलकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ४ । खोटाङमा प्रसव व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाइ उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २५ वर्षीया रोजिना खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो । सामान्यताया गर्भ रहेको ३७ हप्तासम्ममा सुत्केरी व्यथा लाग्नु सामान्य मानिए पनि खड्कालाई गर्भ रहेको ३४ हप्तामै सुत्केरी व्यथा लागेपछि सोमबार उपचारका जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । स्वास्थ्य जाँचमा उनको पाठेघरको पानीको फोका समय अगावै फुटेको पाइएको जिल्ला अस्पतालका डा. मनिष पौडेलले बताउनुभयो । त्यस्तो अवस्थामा गर्भवती र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्य जोखिमपूर्ण हुने र त्यसको जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई उद्धारको पहलका लागि पत्र पठाएको थि...
बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ २ । बलात्कार आरोपमा खोटाङका एक शिक्षक पक्राउ परेका छन । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पाका ३१ बर्षिय किशोर पोखरेल पक्राउ परेका हुन । पोखरेल खार्पा स्थीत भाषा आधारभुत विद्यालयमा अत्यापन गराउदै आएका छन । सोहि गाउँकी १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ ९ गतेबाट पटक पटक बलत्कार गरेको भन्दै बिहिबार परिवारको उजुरी पश्चात पोखरेललाई उदयपुरको रामपुरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित किशोरीको २० हप्ताको गर्भ समेत रहेको बताइएको छ ।...
खार्मीको वडा कार्यालय भवन उद्घाटन

खार्मीको वडा कार्यालय भवन उद्घाटन

Banner News 2, ताजा अपडेट, स्थानीय
खोटाङ, माघ २ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको वडा कार्यालय भवन उद्घाटन गरिएको छ । स्थानीय दाजुभाइ प्रताप र सुदीप श्रेष्ठले निःशुल्क प्रदान गर्नुभएको ५ रोपनी जग्गामा निर्मित आरसीसी वडा कार्यालय भवनको नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले आइतबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । केन्द्र सरकारको ६० र नगरपालिकाको ४० प्रतिशत गरी ४८ लाख ३९ हजार ३ सय (भ्याटबाहेक) लागतमा भवन निर्माण भएको हो । भवन निर्माणको जिम्मा मोहन एण्ड ब्यासीगाउँ निर्माण सेवा दिक्तेलले पाएको थियो । एक तल्ले वडा कार्यालय भवनमा एउटा सभाहल र तीन वटा कोठा रहेका छन् । वडा कार्यालय भवनका लागि जग्गा दान गर्ने श्रेष्ठद्वयलाई आज सम्मानसमेत गरिएको छ । वडा कार्यालय भवन उद्घाटनसँगै नागरिकलाई सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । यसअघि वडा कार्यालय भवन नहुँदा हाल निर्माण भए...
कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई सल्ले वडा कार्यलयको आर्थिक सहयोग

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । कुकुरले टोकेर घाइते बनाएका विद्यार्थीलाई उपचारको लागि हलेसी तवाचुङ नगपालिका–९ सल्ले वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । केही समय अगाडि विद्यालयबाट घर फर्कँदै गर्दा कुकुरले टोकेर घाइते भएका ५ जना विद्यार्थीलाई उपचारको लागि वडाको विपद् व्यवस्थापन कोषबाट ५/५ हजार नगद सहयोग गरिएको हो । गत कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत सल्लेखर्कका अनुराग राई, सञ्जय राई, लुसन श्रेष्ठ, विकास राई र धिरज राईलाई कुकुरले टोकेर घाइते बनाएको थियो । घाइते २ जना विद्यार्थीको जिल्ला अस्पताल दिक्तेल र ३ जना विद्यार्थीको काठमाडौँमा उपचार गराएको परिवारले जनाएको छ । उपचार खर्चस्वरूप विद्यार्थीका अभिभावकलाई आज (आइतबार) सल्लेका वडाध्यक्ष काशीराज राईले वडा कार्यालयमा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको वडा सचिव चित्रबहादुर रानाले जानकारी दिनुभयो ।...
विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

विप्लव नेतृत्वको नेकपाद्वारा खोटाङमा कृषि उत्पादन सुरु

Banner News 3, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, माघ २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले जिल्लामा कृषि उत्पादन सुरु गरेको छ । पार्टीको नीति अनुसार उत्पादनलाई जोड दिने अभियान अन्तरगत आज (आइतबार) पार्टीका नेता कार्यकर्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ मा आलु खेती सुरु गरेका हुन् । पार्टीलाई आत्मनिर्भर बनाउन, जनतालाई कृषिमा श्रम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न र कृषिको सम्भावनाबारे नेपाल सरकारको ध्यान खिच्नको लागि आलु खेती सुरु गरिएको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किराँतीले जानकारी दिनुभयो । दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने उहाँले बताउनुभयो । यस्तै आगामी दिनमा रावाबेसी गा...
खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ २ । खोटाङ र ओखलढुंगा जोड्ने दुधकोशी नदिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका १ तलुवालाई जोड्ने झोलुङ्गे पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले संयुक्त रुपमा शनिबार शिलान्यास गर्नु भएको हो । सल्लेको साविक वडा नम्बर ३ टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुङ्गे पुलको लम्बाई १ सय ९ मिटर रहने मेयर राईले जानकारी दिनुभयो । पुल हलेसी तुवाचुङ नगरपालिकाको १ करोड ४० लाख बजेटबाट निर्माण हुन लागेको सल्लेका वडा सचिव चित्र बहादुर रानाले बताउनु भयो । हाल उक्त क्षेत्रका नागरिकलाई वारीपारी गर्न महादेवबेँसी पुग्नु पर्ने बाध्यता रहेको छ । झोलुङ्गे पुल निर्माण पश्चात ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने सल्लेका वडा सदस्य गणेस पौडेलले बताउनु भयो । ठेक्का प्रक्रियाबाट बन्न लाग...
खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशतले लगाए पहिलो मात्रा खोप

खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशतले लगाए पहिलो मात्रा खोप

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस ३० । खोटाङमा कुल जनसंख्याको ५४ प्रतिशत बढी नागरिकले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । वि.सं. २०६८ को जनगणा अनुसार जिल्लाको जनसंख्या २ लाख ६ हजार ३ सय १२ छ । कोरोना महामारीको दोस्रो लहरयता जिल्लाका १ लाख १२ हजार ८ जनाले पहिलो डोज खोप लगाएका स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । यस आधारमा जिल्लाका ५४ दशमलव २९ प्रतिशत नागरिकले खोपको पहिलो डोज लगाएका हुन् । यस्तै कुल जनसंख्याको ३२ दशमलव २८ प्रतिशत अर्थात् ६६ हजार ६ सय १२ जनाले पूर्ण मात्रा खोप लगाएका कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । जिल्लामा विभिन्न समयमा सञ्चालित भेरोसेल, एस्ट्राजेनिका, कोभिशिल्ड र मोडर्ना खोप अभियानबाट उक्त संख्यामा खोप लगाइएको हो । सक्रिय संक्रमित चार पुगे झण्डै एक महिनासम्म कोरोना संक्रमणमुक्त बनेको खोटाङमा फेरि कोरोना संक्रमित देखिएका छन् । जिल्लामा अहिले कोरोनाका ४...