Friday, August 28News That Matters

स्थानीय

ऐँसेलुखर्कबाट काठमाण्डौ सम्म सिधा बस सेवा सञ्चालन हुने

ऐँसेलुखर्कबाट काठमाण्डौ सम्म सिधा बस सेवा सञ्चालन हुने

Banner News 3, ताजा अपडेट, स्थानीय
खोटाङ, पुस २६ । खोटाङको ऐँसेलुखर्कबाट काठमाण्डौसम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ । ऐँसेलुखर्क गाउँपालिका र खोटाङ यातायात प्रा.लि. बिच आज भएको सहमती अनुसार माघ दुई गतेबाट काठमाण्डौ सम्म सिधा बस सेवा सञ्चालन हुने भएको हो । ऐँसेलुखर्क बजारबाट हरेक दिन बिहान ५ बजे र काठमाण्डौबाट पनि बिहान ५ बजे बस छुट्ने खोटाङ यातायात प्रा.लि.का महासचिव* राम हिङ्माङले जानकारी दिनुभयो । बस ऐँसेलुखर्क बजारबाट रावाबेसी गाउँपालिका ५ दुबेकोल, १ कुभिण्डे हुँदै काठमाण्डौ जनेछ । ऐँसेलुखर्कदेखि काठमाण्डौसम्मको बस भाडा १ हजार ७ सय निर्धारण गरिएको हिङ्माङले बताउनु भयो ।...
स्वास्थ्य चौकी खाल्लेमा शुद्ध पिउने पानी

स्वास्थ्य चौकी खाल्लेमा शुद्ध पिउने पानी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित स्वास्थ्य चौकी खाल्लेमा इलेक्ट्रिक वाटर डिस्पेन्सर जडान गरिएको छ । सवारी दुर्घटनामा परी निधन भएका मालपोत कार्यालय खोटाङका नायव सुब्बा हरिलाल राईको स्मृतिमा उहाँको परिवारले निःशुल्क प्रदान गरेको उपकरण स्वास्थ्य चौकीमा जडान गरिएको हो । स्वर्गीय राईका दाजु प्रकाश राईले आफ्ना भाइको वार्षिक पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकीलाई पुस ८ गते उक्त उपरकरण हस्तान्तरण गर्नुभएको थियो । उपकरण जडानसँगै स्वास्थ्य चौकीका कर्मचारी र उपचारका लागि आउने बिरामीहरूलाई शुद्ध पिउने पानीको सुविधा भएको स्वास्थ्य चौकी खाल्लेका प्रमुख सन्तोष भट्टराईले बताउनुभयो । उक्त उपकरणमा आवश्यकता अनुसार चिसो वा तातो पानी राखेर पिउन सकिने उहाँको भनाइ छ । गत वर्ष पुस ८ गते मालपोतसँग सम्वन्धित गोष्ठीको सिलसिलामा उदयपुरको गाईघाट पुगेर लहान हुँदै फर्कने क्रममा बसको ठ...
भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

भ्रष्टाचार र कालोबजारी विरुद्ध एमाले खोटाङ सशक्त रूपमा प्रस्तुत हुने

Banner News 2, ताजा अपडेट, राजनीति, समाज, स्थानीय
खोटाङ, पुस २५ । नेकपा एमाले खोटाङले भ्रष्टाचार र कालोबजारी विरुद्ध सशक्त आवाज उठाउने भएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी जिल्ला सचिव कुमार आचार्यले पार्टीको नवनिर्वाचित कमिटीले भ्रष्टाचार र कालोबजारी विरुद्ध आवाज बुलन्द पार्ने बताउनुभएको हो । कार्यक्रममा सचिव आचार्यले २३औँ जिल्ला अधिवेशनले सर्वसम्मत पारित गरेका प्रतिवेदनहरू सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नको एमाले केन्द्रीय सदस्य उषाकला राई र जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जवाफ दिनुभएको थियो । दिक्तेल माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हिजो सम्पन्न पार्टीको २३औँ जिल्ला अधिवेशनमा रामप्रसाद दंगालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, कुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन, दीपनारायण रिजालले प्रस्तुत गर्नुभएको ‘खोटाङ जिल्लाका समृद्धिका आधार...
नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

नेकपा एमाले खोटाङको अध्यक्षमा दंगाल र सचिवमा आचर्य

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २४ । नेकपा एमाले जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा राम प्रसाद दंगाल निर्वाचत हुनु भएको छ । शुक्रबारबाट दिक्तेल स्थीत माटिकोरे कर्भडहलमा सुरु भएको सातौँ जिल्ला अअधिवेशनले आज दंगाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै समितिको उपाध्यक्षमा देवबिक्रम राई, सचिवमा कुमार आचर्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र कुमार राई सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ । एमालेको सातौँ जिल्ला अधिवेशनको प्रमुख अतिधिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियलका प्रमुख सचेतक विशाल भट्टराई, बिशेष अतिथिमा केद्रिय सदस्य एवं जनसांस्कृतिक महासंघका इञ्चार्ज खगेन्द्र राई, केन्द्रिय सदस्य एवं खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल र केन्द्रिय सदस्य एवं पुर्व प्रदेश सामाजिक विकास मन्त्री उषाकला राईको उपस्थीती रहेको थियो । अधिवेशनमा जिल्ला भरीका १ हजार प्रतिनिधिसँगै कर...
प्रेस चौतारी खोटाङको अध्यक्षमा राई र सचिवमा रिजाल

प्रेस चौतारी खोटाङको अध्यक्षमा राई र सचिवमा रिजाल

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई निर्विरोध चयन हुनुभएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट राईसहित १५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । कमिटी उपाध्यक्षमा राजन ठटाल र अस्मीता खत्री, सचिवमा दिवस रिजाल, सह–सचिवमा खेम पुरी र प्रेम श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा मनोज आचार्य, मिलन* आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोशन राई र उमेश भुजेल चयन हुुनुभएको छ । यसैगरी दमन राई, हरिबोल आचार्य, लोकमणी रिजाल, बद्री आचार्य टिवन राईलाई सल्लाहकारम ाचयन गरिएको छ ।...
४ लाख बाट सुरु भएको सत्यश्वर कृषि सहकारीको सम्पत्ति पाँचबर्षमा ३ करोड बढी

४ लाख बाट सुरु भएको सत्यश्वर कृषि सहकारीको सम्पत्ति पाँचबर्षमा ३ करोड बढी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक वर्षमा ८ लाख बढी नाफा कमाएको छ । सहकारीले गत आर्थिक वर्ष २०७७\०७८ मा ८ लाख ५७ हजार ७ सय ५ रुपैयाँ नाफा कमाएको हो । मंगलटारस्थित पीपलडाँडा मा.वि.मा आज सम्पन्न छैटौँ वार्षिक साधरणसभामा आम्दानी, खर्च र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीका प्रबन्धक खम्बराज कार्किले सो जानकारी दिनुभएको हो । सहकारीका अध्यक्ष अकिलकुमार राईको अध्यक्षतमा सम्पन्न साधरणसभाले चालु आर्थिक वर्ष २०७८\०७९ को नीति, बजेट र गत आर्थिक वर्षको आम्दानी र खर्च पारित गरेको छ । पाँच वर्ष अगाडि ४ लाख ९१ हजार लगानीबाट सञ्चालनमा ल्याइएको सहकारीको सम्पत्ति अहिले ३ करोड ४६ लाख ४४ हजार पुगेको छ भने ६ सय ३४ जना शेयर सदस्य सहकारीमा आबद्ध छन् । यस्तै, कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै मंगलटारका वडाध्यक्ष रमे...
नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई

Banner News 1, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेकपा एमाले नाङलोमा पसल थापेको पार्टी नभएको एमालेका पोलिटव्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं खोटा जिल्लाका संघीय सांसद विशाल भट्टराईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशन उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो । देशकै ठुलो र वैचारिक पार्टी नेकपा एमाले रहेको कारण केहि ब्यक्ति छुट्टिएर गएपनि एमाले सधै पहिलो पार्टी बनिरहने उहाँको भनाई छ । एमालेलाई हराउने उद्स्यले माधव नेपालले निर्माण गरेको पार्टी राजनितिक पार्टीनै नरहेको उहाँको टिप्पणी छ । यस्तै बिचार बिनाको एमालेको बिरुद्धमा मात्र लाग्न बनाईएको गठबन्धन धेरै नटिक्ने पनि उहाँको दावी छ । देशमा संघीयता ल्याने योजना एमालेको रहेको र संघीयता आएपश्चात जनतालाई ठुलो राहत मिलेको पनि उहाँले बताउनु भयो । केहि ब्यक्तिले सिंह आएको तर सिंहदरबार नआएको भनेर टिप्पणी गरेपनि स्थानीय ...
महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

Banner News 2, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस २३ । नेपालमा अझै पनि महिलालाई घरबाट बाहिर निस्केर हिड्न सक्ने अवस्था नरहेको एमालेको केन्द्रिय सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशनको खुल्लासत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । देशमा धेरै परिर्वतनहरु भएपनि महिलामाथी हुने हिंसा अझै बढ्दै गएको उहाँको टिप्पणी छ । जातीय छुवाछुतको नाममा मान्छेले मान्छे भएर बाच्ने अवस्था नेपालमा अझै पनि सृजना नभएको उहाँको भनाई छ । समाजमा कायम रहेका यस्ता कुसंस्कार, विकृति र विसङगतिलाई जरै देखि उखलेर फाल्न र देशमै रोजगारीको सृजना गर्न नेपालमा एमाले पार्टीले मात्र सक्ने नेतृ राईले बताउनुभयो ।...
रावाबेसी : पालिका कार्यलय देखि विद्यालय सम्म स्वच्छ पिउने पानी

रावाबेसी : पालिका कार्यलय देखि विद्यालय सम्म स्वच्छ पिउने पानी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको रावाबेसी गाउँपालिकामा स्वच्छ पिउने पानीकोलागि फिल्टर प्लान्ट जडान गरिएको छ । गाउँपालिकाको ४ लाख लागतमा गाउँपालिकाको कार्यलयमा र प्रदेश सरकार सामाजिक विकास मन्त्रलायको ५\५ लाख लागतमा दुई वटा विद्यालयमा फिल्टर मेशिन जडान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यलय हरमटारमा पानी शुद्धीकरण गर्ने उपकरण जडान गरेर तीन वटा धारा निर्माण गरिएको छ । उपकरण जडानसँगै गाउँपालिकामा आउने जोकोहिले शुद्द पानी पिउन थालेको उहाँले बताउनु भयो । यस्तै वडा नम्बर ६ हौँचुर स्थीत शारदा माध्यमिक विद्यालय र वडा नम्बर १ कुभिण्डे स्थीत रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा पनि पानी शुद्धीकरण गर्ने उपकरण जडान पश्चात विद्यार्थीले स्वच्छ पानी पिउन पाएको विद्यालयले जनाएका छन । गाउँपालिकामा जडान भएका उक्त उपकरणबाट पानी शुद्धीकरण गरेर जार तथा बोतलमा बिक्रि गर्ने ...
कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती

Banner News 2, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, पुस २२ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले शिक्षकहरूको हिउँदे बिदा ७ दिन कटौती गरेको छ । कोभिड–१९ का कारण चालुु शैक्षिक सत्रमा विद्यालयहरू समयमा खुलाएर पठनपाठन सुचारु गर्न नसकिएकाले उक्त समय पुर्ताल गर्न बिदा कटौती गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिनुभयो । कोभिडका कारण शिक्षा क्षेत्रमा भएको अपूरणीय क्षतिलाई मध्यनजर गरेर शिक्षकहरूले नियामानुसार पाउने १५ दिने हिउँदे पुरै बिदा दिन नसकिएको उहाँको भनाइ छ ।  अत्यधिक चिसो बढेपछि बालबालिकालाई पठनपाठनमा असहजता पैदा भएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेर आजदेखि माघ १ गतेसम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना...